Home / समाचार / मंगलवार घोराहीमा हुने सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन दाङ कांग्रेसको अपील

मंगलवार घोराहीमा हुने सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन दाङ कांग्रेसको अपील

दाङ, १४ साउन

सरकारको कृयाकलाप बिरुद्ध आन्दोलन तय गरेको नेपाली कांग्रेसले दाङमा हुने आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेको छ । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकार संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म बिपरित आफ्ना कृयाकलाप अघि बढाईरहेको भन्दै कांग्रेसले भोली मंगलवार देशब्यापी आन्दोलनको कार्यक्रम तय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आन्दोलनको कार्यक्रम तय गरेको कांग्रेस दाङले पनि आन्दोलनको तयारी भब्य रुपमा भैरहेको जनाएको छ । गाँउ तहका सर्वसाधारणहरुलाई आन्दोलनको मर्मका बारेमा जानकारी दिँदै कांग्रेसले सहभागीताका लागि सर्वसाधारणहरुलाई अनुरोध गरिरहेको छ । कांग्रेस सभापति किर्तिवहादुर खड्काका अनुसार आन्दोलनलाई भव्य बनाउनका लागि पार्टीका हरेक तहहरु सक्रिय रुपमा लागेको जानकारी दिए ।

‘यो आन्दोलन पार्टीको स्वार्थमा मात्रै सिमित आन्दोलन हैन,’ सभापति खड्काले भने–‘हरेक सर्वसाधारण नागरिकको मानव अधिकार हनन् हुने गरि सरकारले गरेको गलत क्रियाकलापका बिरोधमा तय भएको यो आन्दोलन सवै सर्वसाधारण नागरिकको आन्दोलन हो ।’ सरकारलाई गलत क्रियाकलाप नगर्नका लागि दबाब स्वरुप हुन थालेको यो आन्दोलनमा दंगालीहरुको ठूलो साथ रहने समेत उनले वताए ।

मंगलवारको विरोध प्रदर्शनको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । पप्लेट तयार पार्नेदेखी सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।

यसैविच कांग्रेस दाङले भोली मंगलवार हुने आन्दोलनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ । पार्टी सभापति खड्काले पार्टीका हरेक पंक्तीका नेता कार्यकर्ता लगाएत, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आन्दोलन भब्य बनाउनका लागि आग्रह गरेका छन् ।

कांग्रेस दाङले भोली मंगलवार विहान ११ बजे पार्टी कार्यालयबाट सरकार बिरोधी आन्दोलनको सुरुवात गर्ने छ । पार्टी कार्यालयबाट निस्कने र्यालीले बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा सभाको आयोजना गर्ने सभापति खड्काले जानकारी दिए ।

यस्तै मंगलवारको विरोध प्रदर्शनमा सहभागी हुनकालागि नेपाली कांग्रेस दाङ क्ष्ोत्र नम्बर ३ ले पनि सम्पूर्णमा अनुरोध गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सोमवार एक विज्ञप्ती निकालेर सरकार विरुद्ध मंगलवार घोराहीमा हुने विरोध प्रदर्शन कार्यक्रममा सहभागी हुनकालागि यस क्षेत्रमा सम्पुर्ण नेता कार्यकर्ता, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था एवं सुवेच्छुकहरुमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*