Home / Feature Breaking news / एउटै बस्तुको पनि फरक फरक मुल्य

एउटै बस्तुको पनि फरक फरक मुल्य

लमही १३ साउन । लमही नगरपालिका वडा नम्वर २ की सोमकला गिरीले लमहीवाट चाउँचाउँ किनेर घर लगिन । घरमामा पकाएर खाने वेला खान नमिल्ने भएपछि वल्ल थाहा भयो कि च्याउच्याउको म्याद सकिएको छ । त्यसै गरि लमही नपा ३ का अनिता थापाले लमहीमा एक किलो भट्ट किन्दा प्रति किलो १५ रुपैयाको फरक भएको वताइन ।
यो यो उदाहरण मात्र । लमहीमा विभिन्न पसलहरुमा एउटै सामानको मूल्य फरक फरक रहेको छ , भने त्यतिकै मात्रमा म्याद गएका वस्तुहरु पनि छयाप छायप्ती छ । सामान्य लेखपढ मात्र गरेकी गिरीलाई चाउँचाउँको म्याद गए नगएको थाहा भएन । घरमा लगेर पकाउदा मात्र थाहा भयो म्याद नाघेको । उनि जस्तै धेरै उपभोक्ताहरु अनविज्ञ छन कुन सामाग्रीको कति सम्म म्याद छ भन्नेमा । तर व्यापारी भने म्याद गए नगएका सवै सामाग्री खुलम खुला विक्रि गर्दै आएका छन । नत यसको समय समयमा अनुगनम छ नत कुनै कारवाही नै । म्याद गएका सामाग्री त वेच्छनै त्यसका साथ साथै वजारमा एउटै सामाग्रीको मूल्य समेत पसल छिच्चे फरक फरक भएको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । उपभोक्ता विमला गिरीको अनुसार लमहीमा भट्टमासको मुल्य पसल पिच्छे १५ देखि २० रुपैयाको फरक छ ।

अनुगमन गर्दा केही दोषी भेटिएपनि प्रशासनले सचेत भन्दा केही गराउन सकेको छैन । त्यो कारण व्यापारीहरु सर्वधारणको स्वास्थ्य भन्दा पनि पैसाका लागि मात्र व्यापार गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन । उपभोक्ताहरुले खरिद गरेका धेरै उपभोग्य सामाग्रीहरु म्याद गएको हुन्छ ।उनिहरु सामाग्री फाल्छन तर उजुरी भने गर्दैन । उनिहरुलाइ थाहा छैन उजुरी कहाँ गर्ने भन्ने । यसैको आडमा व्यापारी आफनो भए भरको सामाग्री विक्रि वितरण गर्न म्याद भए नभएको सामाग्री वेच्दै आएका छन ।

समय सयममा वजार अनुगमन नहुदा व्यापारीहरु व्यापारीहरु एउटै सामाग्रीहरुको पसल पिच्छे फरक मूल्य विक्रि वितरण गर्दै आएको उपभोक्ताहरु वताउछन । दैनिक आवश्यक रुपमा प्रयोग हुने चिनी ,चिउरा , तेल लगायतका सामाग्रीमा पसल पिच्छे फरक फरक रेटमा विक्रि वितरण हुने गरेको उपभोक्ताहरु वताउछन । उपभोक्ता मिलन वि.क भन्छन ‘एउटै क्वालीटिको चिउरा केही पसलहरुमा ५५ रुपैया , केहीमा ५० र केहीमा ६० रुपैया प्रतिकिलो पर्ने गरेको छ । पसलहरुमा मूल्य सूचि पनि छैनन् । वर्षमा मुस्कीलले २ पटक मात्र विषेश गरेर चाँड पर्वको सयममा मात्र वजार अनुगनम हुने गरेको छ । अनुगमन निकायको संयोजकको जिम्मेवारी पाएको इलाका प्रशासन लमहीका प्रमुख प्रेमवहादुर खवासले वजार अनुगनमका ३ महिनाको अन्तरमा अगुमन गर्दै आएको वताए ।

‘ उपभोक्ताको व्यापक गुनासो आएको छ । स्थानिय तहरुसंग समन्वय गर्दै छौ’ उनले भने ‘ अव बजार अनुगमन हुन्छ र दोषि फेला परेमा कारवाही हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*