Home / समाचार / गुरुपुर्णिमा शिक्षक–विद्यार्थीद्धारा वृक्षारोपण

गुरुपुर्णिमा शिक्षक–विद्यार्थीद्धारा वृक्षारोपण

घोराही,११ साउन ।दाङ घोराही उपमहागरपालिका वडा नं १५ भरतपुर स्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी मिलेर बृक्षरोपण गरेका छन ।

विद्यालयको बार्षिक कार्यक्रम अनुसार शिक्षक र विद्यार्थी मिलेर शुक्रवार तीन सय बढी बिरुवा रोपिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।gg

घोराही उपमहानगरपालिका वडा नं ४ लक्ष्मीपुर स्थित स्यालीपानी सामुदायिक वन क्षेत्रको खाली जग्गामा टीक,चिउरी, सिमल, लाकुरी, मसला लगायतका रुख प्रजातिका बिरुवा रोपिएको छ । बृक्षरोपणकालागि आवश्यक पर्ने बिरुवा जिल्ला वन कार्यालय दाङले उपलब्ध गराएको थियो ।

पढाइसँगै विद्यार्थीहरुलाई अतिरिक्त सामाजिक कार्यमा संलग्न गराउने उद्देश्य अनुसार बृक्षरोपणको योजना बार्षिक कार्यक्रममा राखिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई प्रत्यक्ष संलग्न गराएर बृक्षरोपण गरिदा उनीहरुले वन तथा वातावरणका बारेमा थाह पाउनुका साथै अहिले भइरहेको जलवायु परिवर्तन र त्यसको न्यूनिकरणकालागि विद्यार्थीहरुले खेल्न सक्ने भूमिकाका बारेमा जानकारी हुने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो ।

बृक्षरोपण कार्यक्रममा बोल्दै स्यालापानी वन समूहका अध्यक्ष गुरुप्रसाद शर्माले वन समूहले चरिचरण बन्द गर्ने र वन हेरालु परिचालन गरी संरक्षण गरिने बताउनुभयो । वन समूहका सचिव नारायण रेग्मीले विद्यालयले बृक्षरोपण गर्ने काम सह्रायिन भएको भन्दै रोपिएका बिरुवा संरक्षण गर्ने विश्वास दिलाउनुभयो ।

बृक्षरोपण कार्यक्रममा विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थी र सामुदायिक वन समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । दुइ बर्ष अघीदेखि विद्यालय नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा रहेको छ । मल्टिमिडियाको प्रयोग गरी पूर्ण रुपमा बालमैत्री वातावरणमा पढाई हुने विद्यालय ज्योतिपुञ्ज पछिल्लो समयमा घोराहीकै एक लोकप्रिय विद्यालय भनी बिष्लेषण गर्न थालिएको छ ।
बि.सं २०५७ सालमा स्थापना भएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्याालय जिल्लाका पुराना मध्ये एक विद्यालय मानिन्छ । द्यिालयमा आयोजित गुरु पूर्णिमा बिशेष कार्यक्रमपछि शिक्षक विद्यार्थी बृक्षरोपण कार्यमा सरिक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*