Home / Feature Breaking news / ४५ प्रतिशत दंगालीले पिउछन् अशुद्ध पानी

४५ प्रतिशत दंगालीले पिउछन् अशुद्ध पानी

बिमला घर्ती
घोराही, ११ साउन
दाङमा खानेपानीको समस्या समाधान हुन सकेको छैन् । पहिले जति नागरिकको पहुँचमा शुद्ध खानेपानी थियो त्यो दर झनै घटेको छ । खानेपानीमा सबै नागरिकको सहज पहुँच पु¥याउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएपनि समस्या समाधान हुन नसकेको जिल्ला खानेपानी डिभिजन कार्यालयको लथ्याङ्कले देखाउँछ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्याङ्कमा ७५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा भएको भन्ने थियो । तर सो तथ्याङ्क घढेर अहिले ५५मा झरेको छ । ५छ प्रतिशत नागरिकहरुलेमात्र शुद्ध खानेपानीको पहुँचमा रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख चोकप्रसाद धितालले जानकारी दिनुभएको छ ।

पहिले धारा, इनार, ह्याण्ड पाइपका माध्यमवाट पानी आपूर्ति गरिएकोमा पछिल्लो समयमा ह्याण्ड पाइप प्राणली विस्थापित भएका कारण खानेपानीमा नागरिकको पहुँच प्रतिशत घटेको हो ।

पहिले बिभिन्न माध्यमवाट आपूर्ति पानीको पहुँच प्रतिशत गणना गरिएको भएपनि अहिले धेरै जसो नागरिकहरु पाइप प्रणालीको खानेपानीको पहुँचमा आएका छन् । यो संगै पुरानो परम्पराका रुपमा रहेका कुवा, इनार, ह््याण्ड पाइप प्रणाली विस्थापित हुँदै गएका छन् ।

डिभिजन प्रमुख धितालले दाङमा खानेपानीको समस्या झन जटिल बन्दै गएको बताउनुभयो । पहिले पानीको मुहानहरु प्रशस्त भएका कारणले समस्या नहुने भएपनि अहिले जलवायू परिवर्तन जस्ता कुराले खानेपानीमा समस्या बढ्दै जान थालेको छ ।

‘पानी नपर्ने तथा लामो समय सम्मको खडेरीका कारण पानीका मुहानहरु सुक्दै गएका छन्’ उहाँले भन्नुभयो । पानीको माग बढ्दै गएको र स्रोत मासिँदै गएका कारणले पानीको समस्या बढेको पाइएको छ । जिल्लामा पानीको समस्या समाधानका लागि केन्द्रिय र प्रदेश अन्तरर्गतका खानेपानीका क्रमागत योजनाहरु संचालन भैरहेका छन् ।

केन्द्रिय कार्यक्रम अन्तर्रगतका केही समय अगाडी संचालित योजना केन्द्रिय, प्रदेश तथा स्थानीय तहमा बिभाजन भैसकेपछि अहिले खानेपानीका योजनाहरु केन्द्रिय, प्रदेश अन्तर्रगत चलिरहेको धितालले बताउनुभयो ।

दाङमा क्रमागत योजना अन्तरर्गत केही बर्ष अगाडीबाट तराई–मधेस सुधार खानेपानी आयोजना अन्तर्रगतका ५२ वटा आयोजनाका कामहरु चलिरहेका छन् । यि आयोजना तीन चार बर्ष अगाडीवाट चल्दै आएको योजनाहरु हुन । जसअनुसार गत बर्ष यो आयोजनाका लागि १५ करोड ९६ लाख बजेट भएकोमा १३ करोड ५४ लाख ४२ हजार रुपैँया बजेट खर्च भएको छ ।

उच्च प्रबिधियुक्त खानेपानी आयोजनाका अन्तरर्गतका ४३ वटा आयोजनाहरु संचालन भैरहेका छन् । गत बर्ष सात करोड ६० लाख सात हजार बजेट बिनियोजन गरिएकोमा ६ करोड ७९ लाख ६५ हजार रुपैँया खर्च भएको डिभिजन प्रमुख धितालले जानकारी दिनुभयो ।

जिल्लामा सह–लगानी खानेपानी आयोजना अन्तर्रगतका तीन वटा योजना संचालन भएका छन् । दाङको नारायणपुर क्षेत्रमा १५ करोड १४ लाख, सर्रामा १६ करोड ५० लाख तथा भरतपुरमा करिव १८ करोडको स्टिमेट तयार भएका छन् । यी मध्य नारायणपुर र सर्रामा आयोजनाका काम भइरहेको छ । भने घोराहीको भरतपुरमा डिपिआर तयार गरी फाइल बिभागमा पेश गरिएको छ ।

सो आयोजना यो बर्षबाट संचालन हुने डिभिजन प्रमुख धितालले बताउनुभयो । सह लगानी आयोजना अन्तरर्गतका योजनाहरु सरकारको ७० प्रतिशत बजेट र उपभोक्तको ३० प्रतिशत बजेटमा सम्पन्न हुने भएका छन् ।

उपभोक्ताको ३० प्रशितशत लगानीमा २० प्रतिशत जनश्रमदान भएपनि १० प्रतिशत भने नगद रकम उठाउनुपर्ने छ । सह–लगानी अन्तर्रगत आयोजनाका लागि आर्थिक बर्ष २०७४÷०७५ मा सात करोड २० लाख ५० हजार बजेट बिनियोजन भएकोमा पाँच करोड ३१ लाख तीन हजार रुपैँया बजेट खर्च भएको छ ।

दाङमा खानेपानी गुणस्तर सुधारका लागि चार वटा आयोजना संचालनमा रहेका छन् । जसमा पञ्चकुले खानेपानी गुणस्तर सुधार आयोजना यो बर्षवाट, हापुरे पुरन्धारा खानेपानी गुणस्तर सुधार आयोजना गत बर्ष, तुलसीपुर खानेपानी गुणस्तर सुधार आयोजना यो बर्ष र जुरपनिया मैनतारा आयोजना संचालन भएको जानकारी दिनुभयो ।

जिल्लामा खानेपानीका बिभिन्न आयोजनाका लागि गत बर्ष ३६ करोड, ६७ लाख, २७ हजार रकम बिनियोजन भएकोमा ३० करोड, ७४ लाख, खर्च भएको डिभिजन कार्यालयले जानकारी दिएको छ । गत बर्ष ८८ प्रतिशत भौतिक प्रगती भएको जानकारी दिइएको छ । यी संचालित क्रमागत आयोजनाहरु एकैपटक सम्पन्न हुने अवस्था नभएको र विस्तारै पुरा हुने डिभिजन प्रमुख धितालले बताउनुभयो । संचालन भैरहेका सबै आयोजना पुरा भएमा भने ८० प्रतिशत नागरिकहरु व्यवस्थित आनेपानीको पहुँचमा पुग्ने र बाँकी २० प्रतिशत नागरिकका लागि खानेपानी पु¥याउनका लागि थप बिभिन्न आयोजना संचालन गर्नुपर्नेछ ।

धितालले खानेपानीका समस्या समाधानका लागि तराई क्षेत्रका नदीहरुवाट जिल्लामा पानीको अभाव पूर्ति गरिने बताउनुभयो । यसवर्ष जिल्ला खानेपानी तथा सरसफाई डिभिजनमा ३६ वटा खानेपानी आयोजनाका लागि माग भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*