Home / Feature Breaking news / ट्राफिक व्यवस्थापनमा आक्रामक बन्दै इंस्पेक्टर कुँवर

ट्राफिक व्यवस्थापनमा आक्रामक बन्दै इंस्पेक्टर कुँवर

राप्ती सन्देश समाचारदाता
दाङ, १० साउन

दाङ धेरै सवारी दुर्घटना हुने जिल्ला मध्य एक हो । वार्षीक सवारी दुर्घटनाको तथ्यांक हेर्ने हो भने मध्यपश्चीममा सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लाको रुपमा दाङ रहेको छ । सवारी दुर्घटना हुनुका धेरै कारणहरु होलान् । त्यसमध्य एक कारण होः ट्रफिक व्यवस्थापन । पछिल्लो समय दाङमा ट्राफिक व्यवस्थापन बलियो बन्दै गएको छ ।

विशेष गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्रमुख भएर प्रहरी निरिक्षक मदनबहादुर कुँवर आईसकेपछि जिल्लामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बन्दै गएको छ । उनी जिल्लामा आएपछि ट्राफिक व्यवस्थापनमा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

जिम्मेवारीलाई विशेष ध्यानमा राखेर काम गर्ने कुँवरको विशेषता अनुसार उनी सफल हुदैँ गएका छन् । उनी दाङ आएको डेढ महिना बढि भयो । उनी जिल्लामा आएसँगै यहाँको वस्तुस्थिति अनुसार योजना बनाएर अगाडी बढेका छन् । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकारलाई सदुपयोग गर्दै उनी ट्राफिक व्यवस्थापनमा लागेका छन । उनी जिल्लमा ट्राफिक प्रहरी प्रमुख भएर आएसँगै महत्वपूर्ण कामहरु गरेका छन् ।

पाँच स्थानमा प्रहरी थप

दाङको पाँच स्थानमा ट्राफिक प्रहरी थप गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका ५ स्थानमा ट्राफिक प्रहरी थप गरेको जनाएको छ । जिल्लाको घोराही क्षेत्रमा २ स्थान, तुलसीपुर क्षेत्रमा २ र देउखुरीको १ स्थानमा ट्राफिक प्रहरी राख्न सुरु गरिएको छ ।

जिल्लाको घोराहीको बसपार्क, तुलसीपुरको बसपार्क, तुलसीपुर सल्यान सडकखण्डको गोट्टीखोला र पूर्व पश्चीम राजमार्ग अन्तरगत देउखुरीको लमही­भालुवाङको विच भाग नर्तिमा ट्राफिक प्रहरीको डिउटी व्यवस्थापन गरिएको छ ।

घोराही­तुलसीपुर सडकखण्डको सर्रामा एक जना ट्राफिक प्रहरी रहेकोमा एक जना थप गरिएको प्रहरी निरिक्षक कुँवरले राप्ती सन्देशलाई जानकारी दिनुभयो । लामो दुरीमा ट्राफिक प्रहरी नहुदाँ ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले पाँच स्थानमा ट्राफिक प्रहरी थप गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मुख्य पोष्टहरुमा अफिसर

जिल्लामा रहेका मुख्य ट्राफिक पोष्टमा अफिसरहरुलाई ईञ्चार्जको रुपमा खटाईएको छ । जस अनुसार अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङमा प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसी, नारायणपुरमा प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल, तुलसीपुरमा प्रहरी नायव निरिक्षक चन्द्रबहादुर केसी, अमेलियामा प्रहरी नायव निरिक्षक विवेक महरा, लमहीमा प्रहरी सहायक निरिक्षक विष्णु केसी, प्रहरी सहायक निरिक्षक जसपुरमा मोहनकुमार चन्दलाई ईञ्चार्ज खटाईएको छ ।

मुख्य ट्राफिक पोष्टका अफिसरहरुे वरिपरीका अन्य पोष्टहरुमा पनि जिम्मेवारी वहन गर्नेगरि अफिसरहरु खटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रिफ्रेस सेन्टर सञ्चालन

विभिन्न कारणले बन्द रहेका रिफ्रेस सेन्टरहरु सञ्चालनमा आएका छन् । सुरु भएर पनि विभिन्न कारणले बन्द भएकाले भालुवाङ, लमही र तुलसीपुरका रिफ्रेस सेन्टरहरु सञ्चालनमा आएका छन् । लमहीमा नयाँ व्यवस्थापनका साथ रिफ्रेस सेन्टर सञ्चालन गर्ने उद्धेश्यकासाथ नगर विकास समितिसँगको सहकार्यमा ४ कठ्ठा जग्गा लिएर नयाँ रिफ्रेस सेन्टर निर्माणको काम भईरहेको प्रहरी निरिक्षक कुँवरले जानकारी दिए ।

टिप्परको ओभरलोड नियन्त्रण

यहाँका सिमेन्ट उद्योगका टिप्परहरुले नियम विपरित ओभरलोड सामान ढुवानी गरिरहेकोमा त्यसलाई रोक्न पछिल्लो समय ट्राफिक प्रहरी सफल भएको छ । टिप्परहरुले नियमविपरित बढि सामान बोल्नकालागि जोडिएका ढालाहरुमा ट्राफिक प्रहरीले निगरानी र कारवाही बढाएपछी टिप्परले जोडिएका ढाला काट्न सुरु गरेका छन् । जिल्लामा चल्ने करिब ७० प्रतिशत टिप्परहरुले जोडिएका ढाला हटाएको र टिप्परको ओभरस्पीडलाई पनि न्यूनिकरण गर्नतर्फ आँफूहरु लागिपरेको ट्राफिक प्रहरीको भनाई छ ।

IMG_5937

खचाखच विद्यार्थी बोक्ने स्कूल बसमा निगरानी

बजार क्षेत्रमा रहेका विद्यालयका बसहरुले अत्यधिक मात्रामा विद्यार्थीहरु कोचाकोच गरेर राख्ने भएकाले त्यसको नियन्त्रणमा ट्राफिक प्रहरी लागिपरेको छ । सानासाना बालबालिकहरुलाई विद्यालयका बसहरुले सीट क्षमताको तेब्बर मात्रामा भेडाबाख्रा कोचे जसरी खचाखच भरेर ल्याउने भएकाले त्यसको नियन्त्रणकालागी ट्राफिक प्रहरीले निगरानी र चेकजाच गर्ने गरेको छ । आजभोली दैनिकजसो २ वटा स्कूल बसहरु कारबाहीमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको भनाई छ ।

सार्वजनिक यातायातमा सुधार

सार्वजनिक यातायातका साधनहरुमा देखीएका समस्याहरुमा ट्राफिक प्रहरीले नजर बढाएको छ । सीट क्षमताभन्दा बढि यात्रुहरु बोक्ने सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ । तुलसीपुरेखी पश्चीम क्षेत्रमा चल्ने सार्वजनिक सवारीका साधनले मोडिफाई गरेर साधनहरु चलाउने गरेको पाईएकाले त्यसमा नियन्त्रण आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अव्यवस्थित पार्कीङमा न्यूनिकरण

बजार क्षेत्रमा हुने अव्यवस्थित पार्कीङलाई नियन्त्रण गर्नकालागि ट्राफिक प्रहरीले गस्ती बढाएको छ । बजार क्षेत्रमा मुख्य चोकका वरिपरी जथाभावी पार्किङ हुने सार्वजनिक सवारी साधनहरु पछिल्लो समय बसपार्कमा मात्र पार्किङ हुने गरेका छन् । हरेक पार्किङ निषेधीत क्षेत्रमा पार्किङ गरेका सवारी साधनलाई कारबाही गर्ने गरिएको छ । यद्यपी यसलाई पूर्ण रुपमा नियन्त्रण भने गर्न नसकीएको ट्राफिक प्रहरीको भनाई छ ।

यसकासाथै अब लमहीदेखी तुलसीपुर सडकखण्डमा बस पकेट (बस बिसौनी) क्षेत्र निर्धारण गर्ने योजनामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनकुमार कुँवरले जानकारी दिए । उनले स्थानीय तहहरुसँगको समन्यवमा यो कामलाई अगाडी बढाउने बताए । यसका साथै बजार क्षेत्रमा रहेको ठेलागडा, फुटपाथ पसल व्यवस्थान गरेर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप बलियो बनाउने योजनामा रहेको उनको भनाई छ ।

कानुन विषय विशेष जानकार प्रहरी निरिक्षक कुँवरले नियम कानुनभन्दा कोही पनि माथी हुन नसक्ने भन्दै कानुनमा टेकेर काम गर्ने बताउछन् । ‘कानुनममा टेकेर काम गर्ने हो । कानुनभन्दा कोही माथी हुनै सक्दैन । कानुनमा जे छ त्यसैलाई हामीले पालता गर्ने मात्र हो ।’ राप्ती सन्देश अनलाईसँग कुरा गर्दैँ पहरी निरिक्षक कुँवरले भने–­ ‘हाम्रो जिम्मेवारी जे छ त्यही गर्छौ । सबैले सरोकारवालाहरुले साथ दिनुप¥यो । दाङमा ट्राफिक व्यवस्थापनमा धेरै चेञ्ज ल्याउन सकिन्छ ।’

कार्यहरुको प्राथमीकताका विषयमा कुरा गर्दा उनी भन्छन्­ ‘सर हाम्रो लागी त सबै काम बराबर हो । दिएको काम कर्तव्य पुरा गर्ने हो । हाम्रो लागि सबै प्राथमीकताका विषय हुन् ।’ यातायात व्यवस्थापन समिति क्रियाशील भएर सबैले आफ्नो अर्तव्य र जिम्मेवारी बोध गरेर काम गर्ने हो भने जिल्लाका समस्या समाधान गर्नकालागि कुनै गाह्रो विषय नभएको उनी बताउछन् । ‘

यातायात व्यवस्थापन समिति क्रियाशील भएर सबै सरोकारवाला निकाय सक्रिय हुने हो भने आफ्नो जिम्मेवारी बहन गर्ने हो भने यहाँका समस्या ठाँउको ठाँउ समाधान हुन्छन् ।’ कँुवरले भने । प्रहरी निरिक्षक कुँवरले सरोकारवाला संघसंस्थाहरुसँग भेटघाट एवं छलफल गरिरहेका छन् ।

जनशक्तीको अभावमा काम गर्न केही समस्या भएको उनी बताउछन् । न्यून जनशक्तीमा काम गर्दा सोचे अनुरुपको नतिजा निकाल्न नसकीने उनको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*