Home / Feature Breaking news / सरकारको अराजकता धेरै दिन टिक्दैनः कोइराला

सरकारको अराजकता धेरै दिन टिक्दैनः कोइराला

दाङ, १० साउन
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारमा दुई तिहाईको दम्ब भएकाले त्यो दम्बले उब्जीएको अराजकता धेरै दिन नटिक्ने बताएका छन् ।

नेपाली कांग्रेस दाङले विहीवार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दम्बले गर्दा मैले जे गरेपनि हुन्छ भन्ने सोचका साथ प्रधानमन्त्री अगाडी बढिरहेको बताए । लोकतन्त्रमा विरोधीका स्वर पनि सुन्नु पर्ने भन्दै उनले विरोधका स्वर सुन्न नसक्ने सरकार लोकतान्त्रिक सरकार नहुने पनि बताए ।

जनतासंँग सहकार्यका साथ अगाडी बढ्न जिल्ला स्तरका नेताहरुलाई निर्देशन दिएका । उनले जनताको मन जित्न सकिएमा मात्र पार्टीलाई अगाडि वढाउन सकिने भएकाले यस तर्फ लाग्न अनुरोध पनि गरे । ‘राजनिती सेवाको रुपमा अगाडि वढाउनु पर्दछ यसलाई व्यवसायको रुपमा अगाडि वढाउनु हुदैन ।’ कोइरालाले भने ।

पूर्वमन्त्री सञ्जय गौतमले नेपाली काँग्रेसमा देखिएको केही समस्यासमाधान गर्नकालागि नेतृत्वले पहल गर्नुपर्ने बताए । नेपाली काँग्रेस अहिले नै आतिनु पर्ने अवस्थामा नरहेको भन्दै उनले एकआपसको मनमुटाव त्यागेर अगाडी बढ्नुपर्ने बताए ।

‘हामीबीचको इंगोलाई त्यागेर अगाडि वढेमा कांग्रेसभित्र कुनै समस्या नै छैन नि’ गौतमले भने । काँग्रे्रेसका पूर्व सांसद शोभाकर पराजुलीले पार्टीलाई समय सापेक्ष रुपमा अगाडि बढाउनुपर्ने बताए । कार्यक्रम काँगे्रस जिल्ला सभापति किर्तीवहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

जिल्ला सचिव टेकवहादुर वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शंकरप्रसाद डाँगीले गरेका थिए । कार्यत्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*