Home / समाचार / सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अनुरोध

सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अनुरोध

दाङ, ९ साउन
नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशनमा वर्तमान सरकारको विरुद्धमा यही साउन १५ गते देशभरका ७७ जिल्लाहरुमा गर्ने विरोध प्रदर्शन अन्तरगत दाङमा हुने विरोध प्रदर्शन कार्यक्रममा उपस्थितिकालागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले सम्पूर्णमा अनुरोध गरेको छ ।

क्षेत्रीय समितिको वुधवार बसेको नियमीत बैठकले वर्तमान सरकारले जनताहरुलाई मार पर्ने गरि बढाएको मुल्यवृद्धि, कर, अघिल्ला सरकारले गरेको लोकप्रीय निर्णयहरु उल्टाउने, मनत्रीहरुको अराजक गतिविधी लगायतको विरोधमा यही साउन १५ गते जिल्ला कार्यसमितिको आयोजनामा हुने विरोध प्रदर्शन कार्यक्रममा उपस्थित हुनकालागि यस क्षेत्रका महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला समिति, क्षेत्रीय समिति, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था एव सम्पूर्ण सुवेच्छुकहरुमा अनुरोध गरेको छ ।

बैठकले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको मागहरु तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । साथै डा. केसीको जिवनरक्षाको माग पनि बैठकले गरेको सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले भोली विहीवार कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य शेखर कोईरालासँग जिल्ला कार्यसमितिको आयोजनामा विहान साढे ११ बजे पार्टि कार्यालयमा हुने कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गरेको छ । बैठकको सहजिकरण सचिव कमल गौतमले गर्नुभएको थियो ।

यसैगरि कांग्रेस क्षेत्र नम्बर २ ले पनि साउन १५ गते नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा हुने हुने विरोध प्रदर्शनमा उपस्थितिकालागि सम्पूर्ण कांग्रेसका नेता कार्यकर्ता, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्थाहरुमा अनुरोध गरेको छ ।

क्षेत्रीय समितिको बैठकले भोली विहीवार कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य शेखर कोईरालासँग जिल्ला कार्यसमितिको आयोजनामा विहान साढे ११ बजे पार्टि कार्यालयमा हुने कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गरेको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षताम बसेको बैठकले डा. गोविन्द केसीले स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखी अनशनमा रहनुभएकाले ती मागहरु सम्वोधन गर्न सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले २०७५ साल असार १८ गते बंगलाचुली गाँउपालिकाको रिभानबाट दाङवाङतर्फ टेकबहादुर डाँगी र केषबादुर खत्री सँगै फर्कदै गर्दा टेकबहादुर डाँगीको स्थानीय जाईखोलामा मृत्यु भएको भनी उनीसँगै फर्कदै गरेका केषबहादुर खत्रीले करिब ६ घण्टापछीमात्र गाउलेहरुलाई जानकारी गराएका र उक्त घटना संकास्पद भएकाले पिडीत परिवारले किटानी जाहेरी दिदा पनि प्रहरीले घटनाप्रति वेवास्ता गरेको निस्कर्ष निकाल्दै यस घटनाके बारेमा उचित छानवीन गरि अपराधीलाई कारबाही र पिडीतलाई न्याय दिन जिल्ल प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको क्ष्ोत्रीय सचिव चुडामणी आचार्यले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*