Home / मनोरञ्जन / गायिका सीर्जु अधिकारी तीजमा ठुम्का मारेर नाच्ने (हेर्नुस् भिडियो)

गायिका सीर्जु अधिकारी तीजमा ठुम्का मारेर नाच्ने (हेर्नुस् भिडियो)

दाङ, ७ साउन
महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा गीत सार्वजनिक हुने क्रम सुरु भएको छ । दंगाली गायिका सिर्जु अधिकारीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ ।

लोक तथा दोहोरी गायिका सिर्जुले हरेक वर्ष झै यसवर्ष पनि तीज गीत ‘रातो सारी’ बोलको गीत यूट्यूवमार्फत सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका सिर्जुको यो गीत सार्वजनिक भएसँगै लोकप्रीय बनेको छ ।

1

धेरैको रोजाई बनेको यो गीतमा सीर्जुलाई खुमले साथ दिएका छन् । यसपालीको तीजमा रातो सारी र कानमा झुम्का लगाएर मादलुको तालमा ठुम्का मारेर पुतली झै नाच्ने धोको गीतमार्फन व्यक्त गरेकी छीन्ः

रातो सारी रातो चुरा कानमा लाउछु झुम्का
को बजाउछ घिन्ताङ मादल मै मार्दिन्छु ठुम्का
पुतली झै नाच्छु म हल्का, यो तीजमा मच्चाउछु तहल्का

मोडलको रुपमा पनि आफूलाई नेपाली रंगमञ्चमा स्थापीत गरिसकेकी गायीका सीर्जुको यो गीत धेरेको रोजाई बनिसकेको छ । यसवर्षका उत्कृष्ट गीतमध्य यो पनि एक हो । सीर्जु अधिकारीको शब्द र लय रहेको यो गीतको झलक संगीतम्ले एरेञ्ज गरेका छन् भने आलाप रेकडिङ स्टुडीयोले बजार ल्याएको हो ।

जीवन रसाईलीे छायांकन, सम्पादन र निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई गोल्डेन कंगारु फिल्मस्ले बजारमा ल्याएको हो । सीर्जु अधिकारीका हरेक वर्षका तीज गीत एवं अन्य गीतहरु पनि चर्चामा रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*