Home / समाचार / विपी स्मृति दिवशमा दलित संघको रक्तदान

विपी स्मृति दिवशमा दलित संघको रक्तदान

दाङ, ६ साउन
३६ औँ विपी स्मृति दिवशको अवसरमा दलित संघ दाङले रक्तदान गरेको छ । महामानव विपी कोईरालाको स्मृति दिवशको अवसरमा दलित संघ दाङले कार्यक्रमको आयोजना गरेर रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रममा बद्रिकुमार खड्का, प्रकाश नेपाली, लोका विक, धुव्र विश्वकर्मा, गणेश नेपाली, सुरेश नेपाली, छविलाल सुनारले रक्तदान गर्नुभएको थियो ।

जिल्ला अध्यक्ष बाबुराम बिकको अध्यक्षता एवं कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व सांसद कृष्णकिशोर घिमीरे, क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का, कांग्रेस त्रिपुर सभापति दिपक पाण्डे, दलित महिला नेतृ लोका बिक लगायतले मन्तव्य राख्नुभएको थियो ।

जिल्ला उपाध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्का उपाध्यक्ष देवकुमार नेपालीले धन्यवाद ज्ञापन गनुृभएको थियो । कार्यक्रमको सहजिकरण सचिव खेमराज बि.क(सेञ्चुरी)ले गर्नुभएको थियो ।

विपी स्मृति दिवशको अवसरमा नेपाली कांंग्रेस दाङले जिल्लाका विभिन्न स्थानमा वृषरोपण कार्यक्रम गरेको छ भने विपी चिन्तन केन्द्रंंले पनि विभिन्न कार्यक्रम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*