Home / Feature Breaking news / दाङमा तरुण दलको विरोध प्रदर्शन (तस्वीरहरु)

दाङमा तरुण दलको विरोध प्रदर्शन (तस्वीरहरु)

दाङ, ६ साउन

डा.गोविन्द केसीको मागहरुप्रति एक्यवद्धता जनाउदै तरुण दलको शनिवार काठमाडौमा आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको विरोधमा तरुण दलले आईतवार देशैभर ७७ जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ । तरुण दलको केन्द्रिय निर्देशन अनुसार हरेक जिल्लाहरुमा आईतवार दिउसो विरोध पर्दशन भएको हो ।

1

सोही अनुरुप दाङमा पनि विरोध प्रदर्शन भएको छ । तरुण दल दाङका अध्यक्ष टिका घर्ति मगरको नेतृत्वमा भएको विरोध प्रदर्शनमा काग्रेसका नेता कार्यकर्ता, तरुण दल, ने.विसंघ, दलित संघ लगायतको सहभागिता रहेको थियो ।

3

पार्टिका कार्यालयबाट सुरु भएको विरोध ¥याली सरकारको दमनको विरुद्धमा र डा. गोविन्द केसीको मागहरुको समर्थन गर्दै नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा पनि चर्को नाराबाजी गरिएको थियो । उनीहरुले ‘नेपालीको स्वास्थ्यमा खेलवाड नगर, प्रहरी दमन बन्द गर, दुई तिहाई दम्ब बन्द गर, तानाशाही सरकार मुर्दावाद, सामन्ती सरकार मुर्दावाद, केपी तेरो पाराले दुःख पाए साराले, वी आर वीथ डा.केसी’ जस्ता चर्का नाराहरु लगाएका थिए ।

4

सभामा बोल्दै तरुण दल दाङका उपाध्यक्ष मुक्तीप्रसाद न्यौपानेले सरकारले डा. गोविन्द केसीको मागहरुप्रति ध्यान नदिएर सम्पूर्ण नेपालीहरुको स्वास्थ्यप्रति खेलवाड गरेको बताउनुभयो ।

सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर दुई तिहाईको दम्ब देखाएको उनको आरोप छ । साथै तरुण दल सांकेतिक आन्दोदनमा मात्र रहेको र यदी आफुहरुको आन्दोलनमा फेरी पनि दमन भयो भने कडा आन्दोलनमा उत्रने बताउनुभयो ।

5

नेविसंघका जिल्ला कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले सरकारको ज्यादती, प्रहरी प्रशासनको ज्यादतीले युवा नेताहरुमाथी आक्रमण गरेर युवाहरुको आन्दोलनलाई कमजोर बनाउने सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिनुभयो । कार्यक्रमको सहजिकरण तरुण दलका जिल्ला सचिव धुर्व आचार्यले गर्नुभएको थियो ।

कार्यक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा नेपाल प्रहरस् र सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*