Home / समाचार / ‘दुई तिहाइको ओली सरकार इतिहासकै बदनाम’

‘दुई तिहाइको ओली सरकार इतिहासकै बदनाम’

दाङ, ५ साउन

मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाएका छन्।

डाक्टर केसीको समर्थनमा शनिबार बानेश्वरमा भएको कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि जनताको रूपबाट हेर्दा ओली सरकार सबैभन्दा बदनाम सरकार भएको आरोप लगाए।

सरकार लोकतन्त्र विरोधी भएको उनले बताए। संविधान विपरीत सभामुख र उपसभामुख नेकपा एक्लैले ओगटेको उनको भनाइ छ। सरकारले इन्टरनेटमा १३ प्रतिशत कर बढाएर सूचना प्रविधि विरोधी सरकारको रूपमा आफूलाई चिनाएको बताए।

सर्वोच्च अदालतले दोषी ठहर गरेका अपराधीलाई कानूनविपरीत छाडेर सरकारले विधिको शासनविपरीत हुने गरी काम गरेको उनले बताए। सरकारले संस्था दर्ता गर्दिनँ भन्दै पत्राचार गरेको उल्लेख गर्दै उनले संस्था दर्ता गर्दिनँ भन्ने अधिकार सरकारलाई नहुने बताए।

समावेशीता ओली र प्रचण्डको नारा नभएको जनआन्दोलनको उपलब्धि भएको उनले बताए। पार्टी एकीकरण गर्दा ३३ प्रतिशत महिला नराखिएकोबाट ओली र प्रचण्ड समावेशी नरहेको देखिने उनले बताए ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*