Home / मनोरञ्जन / म्यूजिक भिडियो निर्माणको रोजाई बन्दै दाङ

म्यूजिक भिडियो निर्माणको रोजाई बन्दै दाङ

दाङ, ५ साउन

गत सोमवार घोराही उपमहानगरपालिकाको वडा नम्बर १७ को गलरिया पार्कमा तीज गीतले गुञ्जयमान भयो । हरेक वर्षको तीजमा भव्य नाचगान हुने यो स्थानमा सोमवारको तीज गीतको गुञ्जन भने म्यूजिक भिडियो निर्माणको थियो । दंगाली श्रष्टा केशव रावतको तीज गीतको छायांकन भईरहेको थियो । तीज गीत ‘जापानीज साडीले मलाई सुहाउने बनायो’ बोलको गीतले दिनभर गुलरिया पार्क गुञ्जायमान भयो । जुन गीतको म्यूजिक भिडियो छायांकनकालागि जिल्लाका धेरैजसो कलाकारहरुको उपस्थित रहेको थियो ।

IMG_8724

लामो समयसम्म कला क्षेत्रमा लागिपरेका श्रष्टा केशव रावतले यस वर्ष २ वटा तीज गीत बजारमा ल्याएका छन् । दुईवटा गीतमध्य एउटा गीतको म्यूजिक भिडियो काठमाडौँमा नै छायांकन गरेर यूट्यूवमार्फत सार्वजनिक भईसकेको छ । ‘स्याउली सोत्तर बगाई लग्यो सलल’ बोलको गीतको म्यूजिक भिडियो काठमाडौमा तयार गरेका छन् । आफ्ना २ गीतमध्य एउटा गीतको म्यूजिक भिडियो भने दाङमा नै निर्माण गर्ने उद्धेश्यकासाथ फर्किए । उनले म्यूजिक भिडियो बनाउने धेरै कम्पनीमध्य रंगभूमी फिल्म प्रालिसँग सहकार्यको निधो गरे । सोही अनुसार गीतको म्यूजिक भिडियो निर्माण गर्नकालागि गुलरिया पार्क छनोट गरियो । सोमवार र शुक्रवार गरेर २ दिनमा म्युजिक भिडियोके छायांकन सम्पन्न भएको छ । यस्तै गायक ओम विष्टको तीज गीतको दुई हप्ता अगाडी तुलसीपुरको टरिगाँउमा छायांकन भयो । ‘भैसी पाल्न ठिक छ’ बोलको तीज गीतको छायांकन गरिरहदा ग्रामीण क्षेत्रको धेरैजसो महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

उपस्थित सबैमा म्यूजिक भिडियोमा देखिने रहर र हौसला देखिन्थ्यो । सबै खुसी थिए । त्यतिमात्र होईन । दाङमै सुटिङ हुने भएकाले पनि कलाकार र निर्देशकहरुमा चुनौति पनि थियो । अवसर पनि । यस गीतको म्यूजिक भिडियोको छायांकन एओन मुभी मकर्सले गरेको थियो । जुन गीत यूट्यूवमार्फत सार्वजनिक भईसकेको छ । दाङमा पछिल्लो समय म्यूजिक भिडियो निर्माण तीव्र रुपमा भईरहेको छ । म्यूजिक भिडियो निर्माणमा दाङ हव बन्दै गएको छ । दाङमा छिमेकी जिल्लाहरु रोल्पा, सल्यान, रुकुम, कपिलवस्तु, बर्दियाबाट पनि म्यूजिक भिडियो निर्माणकालागि कलाकारहरु आउने गरेको भिडियो निर्माण टिमले बताउछन् ।

दाङमा पनि भिडियो छायांकनकालागि धेरै विकास भईसकेको छ । पछिल्लो समयमा धेरैजसो दंगाली कलाकारहरुले जिल्लामै म्यूजिक भिडियो निर्माण गर्ने गरेका छन् । काठमाडौँको जत्तिकै क्वालिटी प्रविधी अनुसार दाङमा पनि छ भन्ने उदाहरण दिनकालागि एउटा गीतको म्यूजिक भिडियो काठमाडौँ र एउटा गीतको दाङमा छायांकन गरेको कलाकार केशव रावत बताउछन् । ‘दाङमा पनि भिडियो निर्माणको काम राम्रो छ । भिडियो निर्माणमा जिल्लामा रहेका केही टीमहरु उत्कृष्ट हुनुहुन्छ । निर्देशन गर्ने साथीहरुमा विशेष क्षमता छ ।

ख्यातिप्राप्त हुनुहुन्छ । काठमाडौँमा जत्तिकै सजिलो त नहोला तर क्वालिटी भने प्रविधी अनुसार दिनसक्ने हुनुहुन्छ ।’ रावत भन्छन्­ ‘जति मेहनत ग¥यो जति समय दियो त्यति नै परिणाम राम्रो देखिने हो । मेहनत र समय खर्चिने हो भने दाङमा एकदमै राम्रो छ म्यूजिक भिडियो निर्माणमा ।’ म्यूजिक भिडियो निर्माण भएजस्तै जिल्लामा रेकडिङ स्टुडियोको स्थापन गर्न आवश्यक रहेको बताए । ‘कलाकारितामा दाङको पहिचान छुट्टै छ तर अहिलेसम्म दिगो रुपमा सञ्चालन हुन सकेको छैन । एउटा रेकडिङ स्टुडियो अत्यावश्यक भईसकेको छ ।’ उनले भने ।

म्यूजिक भिडियो निर्माणकालागि धेरै समस्या एवं चुनौतिहरु रहेको निर्देशकहरु बताउछन् । जिल्लामा म्यूजिक भिडियो निर्माण गर्दा धेरै नै गाह्रो हुने, धेरै नै मेहनत गर्नुपर्ने बाध्यता रहेको निर्देशकहरुको भनाई छ । जिल्लामा म्यूजिक भिडियो छायांकन गर्दा क्यामरासँग कहिले पनि नखेलेका नयाँ कलाकार हुने र उनीहरुलाई निर्देशन गर्दा धेरै नै समय लाग्ने र गाह्रो हुने गरेको लामो समयदेखी चलचित्र एवं म्यूजिक भिडियो निर्देशन एवं छायांकन गर्दै आएका अमृतमान वली बताउछन् । ‘कलाकारितामा धेर अनुभव नभएका कलाकारहरु नाच्नकालागि आउनुहुन्छ । उहाँहरु कहिलेपनि क्यामरामा नाच्नुभएको हुन्न ।

अनि उहाँहरुलाई सिकाउनमै दिन बित्छ । कहिलेकाही त एउटा म्यूजिक भिडियोको छायांकन गर्नमात्र पनि हप्ता दिन लाग्छ ।’ उनले भने । यसका साथै जिल्लामा रहेर म्यूजिक भिडियो निर्माण गर्नकालागि प्रर्याप्त प्रविधी नहुनुपनि एक हो । प्रविधीका कारण पनि सोचोअनुरुपको म्यूजिक भिडियो निर्माण गर्न नसकिएको निर्देशक वली बताउछन् । ‘दाङमा रहेर म्यूजिक भिडियो निर्माण गर्दा पर्याप्त प्रविधी नहुनु पनि एक समस्या हो ।’ उनी भन्छन्­ ‘आवश्यकता अनुसार प्रविधी हुने हो भने राजधानीमा निर्माण हुने जत्तिकै म्यूजिक भिडियो दाङमै तयार गर्न सकिन्छ ।’

एद्यपी जिल्लामा पछिल्लो समय ड्रोन, ट्रली, जिबाम जस्ता प्रविधीहरुको प्रयोग हुने गरेको छ । माग अनुसार यी प्रविधीको प्रयोग हुने गरेको निर्देशक वली बताउछन् । जिल्लामा हरेक वर्ष ५०÷६० को हाराहारीमा तीजको म्यूजिक भिडियो निर्माण हुने गर्दछन् । यसका साथै अन्य गीतहरुको पनि म्यूजिक भिडियो जिल्लामा निर्माण हुने गरेका छन् भने दर्जन बढि चलचित्र दाङमा नै छायांकन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*