Home / Feature Breaking news / दाङमा २६ प्रतिशत खेत बाँझै

दाङमा २६ प्रतिशत खेत बाँझै

लिलाधर वली
दाङ,५ साउन । साउनको पहिलो साता वित्दै गर्दासम्म पनि जिल्लामा २६ प्रतिशत धान खेत बाँझै छन् । लामो समयदेखि जिल्लाा पानी पर्न सकेको छैन । चैत बैशाखको जस्तै प्रचण्ड गर्मी छ । फाट फुट पानी परेपनि खेती गर्ने गरेर पानी परेको छैन ।

आकाशे भरमा खेतीहुने ठाउँमा धान खेती भएको छैन । राखेको व्याड पनि सुक्न लागेको छ भने व्याड समेत छिप्पिदै गएको छ । यो अवस्था केही दिनसम्म रहेमा जिल्लामा धान उत्पादनमा ह्रास आउने जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । जिल्लाको ३९ हजार हेक्टरमा धान खेती हुने गरेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा हालसम्म ७४ प्रतिशत धान रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार सिचाई र आकाशे पानी गरि असारको अन्त्यसम्म जिल्लाका दश वटै स्थानीय तहमा गरेर ७४.५ प्रतिशत अर्थात जिल्लाको ३९ हजार खेती योग्य जमिन मध्य २९ हजार ५५ हेक्टर जमिनमा रोपाई भएको छ ।

सिचाईको सुविधा नभएको र धान रोपाईका लागि पछिल्लो समय पानी नपरेका कारण अझै २६ प्रतिशत जमिन रोपाइ हुन सकेको छैन । किसानले खेत जोतेर तयार पारेका छन् । ‘खेत जोतेर तयार छ । तर पानी परेको छैन’ घोराही उपमहानगरपालिका–५ का कृषक सिता केसीले भने ‘रोप्नको लागि तयार पारेको व्याड त्यसै सुक्न लागेको छ ।’ उनका अनुसार आकाशे पानीमा खेती हुने २२ कठ्ठामा धान रोप्न सकेका छैनन् । डिब बोडिङवाट पानी चल्ने खेतमा खेती गरेपनि आकाशेपानीमा भर पर्नु पर्ने खेतमा भने खेती नभएको उनले बताए ।

सिचाइ सुबिधा नभएका किसानहरु आकाश हेरेर रात काट्ने गरेका छन् । जोतेका खेतमा समेत झार जागेको छ । गत बर्ष दाङमा ३८ हजार १ सय हेक्टरमा धान खेती भएको थियो भने ९ सय हेक्टर जमिन भने बाझो थियो । कार्यालयका अुनसार सवै क्षेत्रका रोप्नको लागि कृषकले व्याड तयार पारेका छन । रोप्नको लागि कृषकले व्याड तयार छ । तर पानी नपरेकोले कृषक नै बेकामे भएर घरमा बसेका छन’ जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तिकल केसीले भने ।

उनका अनुसार अझैपनि धान खेतीको लागि समय भएकोले आतिहाल्ने अवस्था भने अझै भएको छैन । साउनको दोस्रो सातासम्म रोप्पेका धानले पनि पछिसम्म पानी पाएमा राम्रो उत्पादन दिने गरेको छ । योजना अधिकृत केसीको अनुसार जिल्लामा अहिलेसम्म राप्ती गाउपालिकाको सम्पुर्ण खेती योग्य जमिनमा रोपाई सम्पन्न भएको छ । गाउपालिकाको खेती योग्य जमिन १ हजार ९ सय ७३ हेक्टर मध्य सम्पुर्ण जमिनमा रोपाई सकिएको छ । सवै भन्दाकम दंगीशरण गाउपालिकामा कुल खेती योग्य जमिनको २८ प्रतिशत क्षेत्रमा मात्र रोपाई भएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाको खेती योग्य जमिन ६ हजार ९ सय ४७ मध्य ५५ प्रतिशत, तुलसीपुर उपमहानगरपालिकाको ८ हजार ७ सय ४६ हेक्टर मध्य ३५ प्रतिशत, लमही नगरपालिकाको ३ हजार १ सय २ हेक्टर मध्य असारको अन्त्यसम्म ९५ प्रतिशत क्षेत्रमा धान रोपाई भएको कार्यालयका योजना अधिकृत केसीलेले बताए । त्यस्तै गढवा गापालिकामा ४ हजार ५ सय ३० हेक्टर मध्य ९० प्रतिशत,राजपुर गाउँपालिकाको १ हजार ७५ हेक्टर मध्य ४६.५१ प्रतिशत,बंगलाचुली गाउपालिकामा ४ सय ७४ हेक्टर मध्य ७० प्रतिशत, दंगीशरण गाउँपालिकामा ४ हजार १ सय ५ हेक्टर मध्य २८ प्रतिशत, शान्तिनगर गाउपालिकामा ४ हजार ५ सय ८० हेक्टर मध्य ४० प्रतिशत र बबई गाउपालिकाको २ हजार ९ सय ७३ हेक्टर क्षेत्र मध्य ४० प्रतिशत क्षेत्रमा रोपाईं सकिएको जिल्ला कृषि विकास कार्यालय दाङ जनाएको छ ।

‘देउखुरी क्षेत्रमा सिचाईसँगै असारमा परेको आकाशे पानीवाट धेरै रोपाई भईसकेको छ’,केसीले भने,‘तर सिचाईको सुविधा नभएको स्थानमा धान रोपाइ हुन सकेको छैन ।’ दाङमा रामधान, सुख्खा, हर्दिनाथ,सावित्री,राधा–४,सुवर्णा,विन्देश्वरीलगाएतका विभिन्न जातका धान किसानहरुले रोप्ने गरेका छन् । जिल्लामा करिव ५० प्रतिशत भन्दा धेरै जमिन आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

मौषम फिल्ड कार्यालय दाङका अनुसार पुर्वीय वायु सक्रिय नभएकाले पानी पर्ने संभावना कम छ । तर अत्यधिक गर्मी र आकाशमा बादल देखा परेकोले पानी पर्ने संभावना पनि भएको मौषम फिल्ड कार्यालयका प्राविधिक शरद शर्माले बताए ।गर्मी धेरै छ । आकाशमा पनि बादल देखा परेको छ । तर यो कायमै भएमा पानी पर्ने संभावना पनि त्यतिकै छ’ उनले भने । शुक्रवार जिल्लाका अधिकतम तापक्रम ३४.५ डिग्री र न्युनत्तम तापक्रम २४.० मापन गरिएको छ ।

खेती योग्य जग्गाको संरक्षण

घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले अम्वापुर जग्गा एकीकरण आयोजना क्षेत्र भित्र बन्ने पूर्वाधारहरुको सबै रेखदेख गर्ने गरि जिम्मेवारी लिने निर्णय गरेको छ । वडा कार्यालयको शुक्रबार बसेको बैठकले आयोजना क्षेत्र भित्र जग्गा अतिक्रमण गरि घर टहरा बन्ने क्रम जारी रहेको भन्दै त्यसलाई रोक्ने गरी रेखदेखको जिम्मेवारी लिने निर्णय गरेको हो ।

साथै अम्बापुर जग्गा एकीकरण आयोजना क्षेत्र भित्र हाल सम्म सुकुम्बासी बस्दै आएकाहरुको लगत संकलन वडाले गर्ने निर्णय गरेको छ । बैठकले रझेना, मसिना, फुर्सेखाली, गिठेपानी लगाएत सिचाई सुबिधा भएका खेती योग्य जमिनलाई भुउपयोग निति बिपरित प्लटिङ गर्ने कामलाई पूर्णरुपमा रोक लगाउने र जग्गा धनी तथा व्यवसायी विच ६०÷४० को मापदण्ड बनाई आफुखुसी व्यवसाय गर्न वडाको स्विकृती विना कुनै कार्य अगाडी बढाउन नदिने निर्णय समेत गरेको छ ।

साथै वडाको सालघारी क्षेत्रमा निर्माणाधिन पार्कलाई पूर्णता दिन नगर क्षेत्रका संघसंस्थाहरु सँग सहकार्य गरि निर्माण कार्य सम्पन्न गराउने गरी अनुरोध गर्ने निर्णय भएको वडा अध्यक्ष भरत अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*