Home / मनोरञ्जन / ज्योति मगरसँगै भूमीका गिरीको विकृति (हेर्नुस् भिडियो)

ज्योति मगरसँगै भूमीका गिरीको विकृति (हेर्नुस् भिडियो)

दाङ, ४ साउन

गायिकाहरु ज्योति मगर र भूमिका गिरीले यसवर्षको तीज गीत ‘बिकृति’ ल्याएका छन् । उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत तीज गीत रिलिज गरेका छन् ।

गायिका भूमिका गिरीको नाममा रहेको युट्युब च्यानलमार्फत तीज गीत सार्वजनिक गरेका छन् । गीतमा भूमिका र ज्योतिको स्वर छ । भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन् । संगीत खेम सेञ्चुरीको हो ।

म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैले पनि अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् । मोडलहरूलाई जना लुङ्गेलीले मेकअप गराएकी हुन् ।

म्युजिक भिडियोलाई प्रकाश भट्टको निर्देशन गरेका छन् । राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् । दंगाली गायिका भूमीका गिरी र रोल्पाली गायिका ज्योति मगरको यो गीतमा ज्योति मगरको पहिरनको बारेमा उठेका जिज्ञासालाई भूमीका गिरीले सोधेकी छिन् भने आफ्नो नराम्रो मात्र होईन राम्रो पाटोलाई पनि हेर्न ज्योति मगरले सबैमा अनुरोध गरेकी छिन् । यो गीत शुक्रवार यूट्यूवको ३६ नम्बरमा पर्न सफल भएको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*