Home / मनोरञ्जन / यसपाली तीजमा गायिका ईन्दिरा गैरेले कोरियन साडीमा नाचेर माईतिको आँगन थर्काउने (भिडियो सहित)

यसपाली तीजमा गायिका ईन्दिरा गैरेले कोरियन साडीमा नाचेर माईतिको आँगन थर्काउने (भिडियो सहित)

दाङ, ४ साउन
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको रौनक गीतमा पनि हुन्छ । तीज गीतको आफ्नै महत्व छ । आफ्नै फरक पहिचान छ । तीजमा धेरै कलाकारहरुले गीत बजारमा ल्याउछन् । ती मध्य एक गायिका हुन्ः ईन्दीरा गैरे ।

उनले तीजलाइ लक्षित गरि तीज गित कोरियन सारी बजारमा ल्याएकी छिन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नम्वर २ सितापुरमा जन्मिएकी सुमधुर स्वरकी धनी गायिका गैरेले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तीज गित बजारमा लउन सफल हुनु भएको होे ।

Indira 3

मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा गायिका इन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ को गीत बजारम आएसँगै लोकप्रीय बनेको छ । यस गीतमा ईन्दिरालाई गायक खुमन अधिकारीले साथ दिएका छन् । गीतकार शरद पाण्डेको उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन् ।

निर्देशक तथा मोडल काजिश श्रेष्ठले निर्देशन गरेको तीज गित यसवर्षका हालसम्म सार्वजनिक भएका उत्कृष्ट गीतमध्य एक हो । यस गीतमा अञ्जली अधिकारी र सुमन परियारको अभिनय रहेको छ । यस गीतमा बालापनको झल्कोलाई तीज गीतमा प्रस्तुत गरिएको छ ।

Indira 2

गैरेको गत बर्षको तीजमा मायाले खान दिन्न बरिलै तीज गित बजारमा आएको थियो । लोक गायीक गैरेका लोक गितहरु रात्री बस, परदेशीको कहानी, लगायत गितहरु चर्चित छन् । करिब एक दर्जन गीतमा आवाज दिएकी कलाकार गैरेको यसवर्षको दोस्रो तिज गित जुल्फी लर्काउदै पनि बजारमा ल्याउने तयारी अवश्यामा रहेको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*