Home / Feature Breaking news / डाक्टर केसी टिचिङ अस्पतालको आइसियूमा

डाक्टर केसी टिचिङ अस्पतालको आइसियूमा

काठमाडौं, ३ साउन । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई बिहिबार साँझ त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरी डा केसीलाई सेनाकै एम्बुलेन्समा राखेर टिचिङ अस्पताल पुर्‍याइएको हो।

टिचिङ अस्पतालमा डा केसीलार्इ आइसियुको एक र दुर्इ नम्बरमा केसीलार्इ राखिएको छ ।

केसीले आफना मागहरु पुरा नभएसम्म अनसन नतोड्ने बताएका छन । डा. गोविन्द केसीले राखेका मागहरु यस प्रकारका छन ।
यी माग राख्दै डा.केसी २० दिनदेखि आमरण अनसनमा थिए

१० चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगायत कामहरु सुचारु गरियोस् ।

२० कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातकोतर तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।

३० माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।

४०चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

५० विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।

६० कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्िवधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संःथाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।

७० पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*