Home / Feature Breaking news / कम्युनिस्ट सरकार कमाउ धन्दामा लाग्योः पौडेल
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

कम्युनिस्ट सरकार कमाउ धन्दामा लाग्योः पौडेल

मकवानपुर, ३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस, मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिस्ट सरकार कमाउ धन्दा गर्नेलाई मात्रै पोस्दै छ । यो कुराको पुष्टि सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेययकबाट हुन्छ ।’

गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको भन्दै पौडेलले कम्युनिस्ट सरकार माफिया पोस्न लागेको आरोप लगाए । उनले डा। गोविन्द केसीका माग जायज भएकाले त्यसको रक्षामा लाग्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

कम्युनिष्ट सरकारले समाजवाद नभएर नयाँ शोषक वर्ग जन्माउन खोजेको भन्दै उनले कम्युनिस्ट सरकारको वेथिती र विकृतिकविरुद्ध कांग्रेसले सांकेतिक आन्दोलन थालेको बताए ।

‘हाम्रो त सिद्धान्त भनेको निमुखालाई न्याय र विपन्नलाई आय नै हो’, पौडेलले भने ।

पौडेलले आफ्नो आचरणलाई सुधारेर कांग्रेसलाई बचाउन र जगाउन कार्यकर्ताहरुलाई निर्देशन दिए । कर्मशील कांग्रेस बनेर जनताको बीचमा जानुपर्ने उनको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*