Home / Feature Breaking news / वार्षीक सयभन्दा बढिको दरले सम्बन्धविच्छेदमा वृद्धि

वार्षीक सयभन्दा बढिको दरले सम्बन्धविच्छेदमा वृद्धि

दाङ, २ साउन
दाङमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनाहरु बढेका छन् । जिल्लामा सम्बन्ध विच्छेदका घटनाहरुमा वृद्धि भएको दाङ देउखुरी जिल्ला अदालतको तथ्यांकले देखाउछ ।

पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको देखिन्छ । हरेक वर्ष १ सयका बन्दा बढि मात्रामा सम्बन्ध विच्छेदको घटना बढेको दाङ देउखुरी जिल्ला अदालतले जानकारी दिएको छ । जसमा आर्थिक वर्ष २०७२÷०७३ मा ३ सय ९३ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् भने आर्थिक वर्ष २०७३÷०७४ मा ५ सय २७ र आर्थिक वर्ष २०७४÷०७५ मा ६ सय ४० मुद्धा दर्ता भएका छन् ।

यसरी हेर्दा हरेक आर्थिक वर्षमा सयभन्दा बढिको दरमा सम्बन्धविच्छेद हुने गरेको छ । दर्ता भएका मुद्धाहरुमा आर्थिक वर्ष २०७२÷०७३ मा ३ सय ९ मुद्धा फर्छयौट भएका छन् भने ८४ मुद्धा बाकी छन् । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ४ सय १८ फर्छयौट, १ सय ९ बाँकी र आर्थिक वर्ष २०७४÷०७५ मा ४ सय ९५ फर्छयौट, १ सय ४५ बाँकी रहेको जिल्ला अदालतका न्यायधिस हेमन्त रावलले जानकारी दिनुभयो ।

अदालतमा आएका धेरै मुद्धाहरुमा श्रीमानले खानलाउन नदिएको, कुटपीट गरेको, हेरविचार नगरेको भनेर आउने गरेका छन् । तर सम्वन्ध विच्छेद हुनुका कारणहरुमा वैदेशीक रोजगार, श्रीमान वा श्रीमतिले दोस्रो विवाह गर्नु, पारिवारिक विवाद, सानो उमेर विवाह हुनु जस्ता विविध कारणहरु भएको जिल्ला न्यायधिस रावलले जानकारी दिनुभयो । सम्वन्ध विच्छेदको मुख्य कारणमा त पछिल्लो समय विवाहलाई सामान्य सम्वन्धको रुपमा लिनु नै भएको अदालतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*