Home / मनोरञ्जन / लोकदोहोरीका उदयमान प्रतिभा रामसिंह

लोकदोहोरीका उदयमान प्रतिभा रामसिंह

आर.के.शीतल
नेपाली सांगितिक क्षेत्रमा उदायमान एक प्रतिभा हुन्ः रामसिंह विश्वकर्मा । सांगितिक दुनियामा आफूलाई अगाडी बढाउदै गरेका विश्वकर्का दंगाली प्रतिभा हुन् । करिब दशकदेखी नेपाली संगीत क्षेत्रमा उनी निरन्तर लागिपरेका छन् । सांगितिक क्षेत्रमा पनि उनी विशेष लोकदोहोरी गीत गाउछन् । रोल्पाको रुन्टिगढि गाँउपालिका वडा नम्बर ५ जसपुरमा जन्मीएका रामसिहं दाङमा रहेर सांगितिक क्षेत्रमा लागिपरेका छन् । उनी गायकमात्र होईनन् सञ्चारकर्मी पनि हुन् । रडियो स्वर्गद्धारी एफएममा पनि उनी आवद्ध छन् । एफएममा पनि लोकदोहोरी गीतको कार्यक्रम सञ्चालन गर्छन् उनी । सानैदेखी गीतसंगीत मन पराउने विश्वकर्मा सानो छदाँ गीत रेडियोमा गीत सुन्थे र त्यसैको नक्कल गर्थे । उनले त्यही नक्कल गरेर गीत गाउदै गर्दा उनका साथीभाई, शिक्षकहरुले राम्रो गीत गाउछन् भनेर हौसला दिन्थे । त्यही हौशला अहिलेसम्म गीत संगीतमा लागिरहने प्रेरणा बनेको छ उनका लागि ।

रामसिंंहले २०६६ सालबाट गीतहरु रेकर्ड गरेर बजारमा ल्याउन सुरु गरे । उनले आफ्नो प्रतिभालाई क्यासेटको माध्यमबाट सबैको माझमा पस्के । उनले पहिलो गीत ‘रोल्पा होलेरी’ बोलको गीत हो । उनले यो गीत आफू जन्मेको ठाँउलाई शब्दमा समेटेर रेकर्ड गरेका थिए । जुन गीतले रोल्पा र त्यसमा पनि होलेरी क्षेत्रको पहिचानलाई समेटेको थियो । उनको यो गीत त्यो बेलाको चर्चीत गीत हो । पहिलो गीत बजारमा आएपछि उनको चर्चा सुरु भयो । जुन चर्चा र हौसलाले उनलाई अगाडी बढेनकालागि प्रोत्साहन थप्यो । सोही वर्ष उनले अर्को गीत ‘सागरपनि सुक्ने रैछ’ बोलको गीत आफ्नो दोस्रो गीतको रुपमा रेकर्ड गरे । यो गीत पनि लोकप्रीय बन्यो । उनी त्यसपछि निरन्तर गीतसंगीतको बाटोमा अगाडी बढिरहे । रामसिंहले हरेक वर्षजसो गीतहरु बजारमा ल्याए । उनले लोकदोहोरीका साथै आधुनिक गीतमा पनि स्वर दिएका छन् । २०६७ सालमा आफ्नो तेस्रो गीतको रुपमा उनले ‘तिमीलाई हेरिरहनु मेरो भूल थियो’ बोलको गीत सार्वजनिक हुँदा धेरैलाई थाहा भयोः आधुनिक गीत पनि रामसिंहले गाउदो रहेछ भन्ने ।

त्यसपछि उनले ‘अचेल फोन गर्नै छोड्यौ नि’ बोलका् गीत २०६९ मा र २०७२ सालमा ‘तिजको रमझम पानीको झमझम’ बोलको तीज गीत आफ्नो सिर्जनाको रुपमा सार्वजनिक गरे । उनको स्वरमा रहेका धेरै जसो गीतमा शब्द एवं लय आफ्नै छ । शब्द रचना गर्नमा पनि उनी खप्पीस् छन् । रामसिंहको नयाँ गीत हालैमात्र सार्वजनिक भएको छ । ‘जागीर पाको छु’ बोलको उनको गीत हालैमात्र सार्वजनिक भएको छ । म्यूजिक नेपालबाट हालैमात्र सार्वजनिक भएको यो गीतमा रामसिंह विश्वकर्मा र तेजा विश्वकर्माको स्वर रहेको छ । मायाका शब्द समेटिएको यो गीतमा आफूलाई मन परेको व्यक्तीलाई सम्झने र माया गर्ने कामलाई जागीरसँग तुलना गरेर जागीर पाको भनिएको छ । मायालुको मायामा पागल हुने र दिनरात सम्झने भाव गीतमा प्रस्तुत गरिएको छः

केटाः परि आए ज्यानपनि दिने
चौविस घण्टा तिमीलाई सम्झीने
जागीर पाको छु
तिम्रो चोखो मायामा म सानु पागल भाको छु

केटीः पैले लाग्थ्यो पाम्ला के जागीर
अब छैन मायामा बेरोजगार
जागीर पाको छु
तिम्रो चोखो मायामा म सानु पागल भाको छु

यस्ता मायामा पागल हुने र मायामा रोजगार हुने भावलाई गीतमा समेटिएको छ । जुन गीतले मायामा रोजगारी पाएको । आफ्नो मायालुलाई सम्झदा फुसैद नै नभएको भन्ने मनको बहलाई पोखेको छ । जुन गीत अहिलेको रोजाईको गीत बनेको छ । यूट्यूवमा पनि यो गीतले दर्शकहरुको माया र साथ पाएको छ ।

R 2
रामसिंहले गीतमात्र गाउने होईन । साहित्यीक रचना पनि गर्छन् । उनले ‘नदेखिने चोटहरु’ गजल संग्रह प्रकाशित गरेका छन् । उनले यो गजल संग्रहमा पनि धेरैजसो मायाको भावनालाई व्यक्त गरेका छन् । वुवा आमा, श्रीमति नीमा विश्वकर्मा लगायत मिडिया, साथीहरु संगी एवं अग्रजहरुको सहयोग र प्रेरणाले सांगितिक क्षेत्रमा अगाडी बढ्न सहज भएको उनको भनाई छ । गीत गाउनुकासाथै वाद्यवादनमा पनि उनी अगाडी छन् । उनी मादल, बासुरी, ढोलक, हार्मोनियम, किवोर्ड बजाउछन् । उनमा सांगितिक क्षेत्रको विशेष कला पनि छ । रामसिहले घोराहीमा रहेको देउराली दोहोरी साँझमा दैनिक गीत गाउने काम पनि गर्छान् । यसका साथै उनी न्यू नेशनल ट्रान्सपोर्ट घोराहीसँगपनि आवद्ध छन् ।

रामसिंह विभिन्न पुरस्कारबाट पनि सम्मानित भएका छन् । विभिन्न समयमा भएका प्रतियोगितामा उनी उत्कृष्ट पनि भएका छन् । जनजागरण अशल शासन क्लबको आयोजनामा रोलपाके मसिनामा भएको लोकगीत प्रतियोगिता प्रथम, विभिन्न समयमा उत्कृष्ट बासुरीवादनमा प्रथम, धाराबाहिक रेडियो नाटक नयाँ बाटो नयाँ पाईलाको राष्ट्रिय नाटक लेखन प्रतियोगितामा तेस्रो, एन्टेना फाउण्डेशन नेपालको बासुरी वादन प्रतियोगितामा तेस्रो एवं रेडियो स्वर्गद्धारी वार्षिक एत्सवको अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गरेको अनुभव उनीसँग छ । विश्वकर्माले नयाँ गीत बजारमा ल्याउने तयारी गरेका छन् । उनको आफ्नो सिर्जनाको रुपमा ‘यो मायाले छल ग¥यो मलाई’ बोलको लोकदोहोरी गीत रेकडिङको तयारीमा रहेको छ ।

सांगितिक क्षेत्रमा विशेष क्षमता र दक्षता राख्ने रामसिंह निरन्तर सांगितिक क्षेत्रमा अगाडी बढिरहेका छन् । उनको प्रतिभाहरु दर्शक एवं स्रोताको माझमा अहिलेसम्म रुचाईएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*