Home / Feature Breaking news / कटुवा खोलाको पुल निर्माण अन्तिम चरणमा, रातभर ढलाई हुँदै

कटुवा खोलाको पुल निर्माण अन्तिम चरणमा, रातभर ढलाई हुँदै

घोराही, १ साउन

घोराही – लमही सडकखण्डको कटुवा खोला पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखी पुल नबनेको भनेर गुनासो आएको यस पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पूलको अन्तिम ढलाईको काम सोमवार मंगलवार सुरु भएको छ । मंगलवार राति पनि ढलाईको काम भईरहेको छ । तयार पारेको मसला राखेर अन्तिम ढलाईको काम भईरहेको शंकरमाली निर्माण सेवाको डाईरेक्टर पदमराज शर्माले जानकारी दिनुभयो । जसमा २८ जना ज्यामीहरु ख्टिएका छन् । मंगलवार रातभरमा ढलाईको काम पुरा गरिने निर्माण कम्पनीको भनाई छ ।

 2
२०७१ सालको अन्त्यतिरबाट निर्माण सुरु भएको यो पुल फाईनल हुनकालागि भने १ महिना लाग्ने निर्माण निर्माण कम्पनीको भनाई छ । ढलाईको काम सकिएपछि प्राविधीक पाटोको काममा १ महिना लाग्ने छ ।

4वायर सिस्टमबाट पुलको प्राविधीक पाटो पुरा गरिने निर्माण कम्पनीका डाईरेक्टर शर्माको भनाई छ । सडक डिभिजनसँगको सहकार्यमा पा्रविधीक काम पुरा गरिने उहाँले जानकारी दिनुभयो । पुलहरुको पा्रविधीक पाटोमा वायर सिस्टम हुन लागेको यो पहिलो पुल भएको पनि उहाँले बताउनुभयो ।

3
४ करोड ३५ लाखको लगानीमा निर्माण भईरहेको यो पुल जिल्लाका निर्माणका काममध्य सबैभन्दा धेरै चर्चामा आएको पुल हो । २०७४ सालमा भएका हरेक निर्वाचनमा यो पुल चुनावी एजेण्डाको महत्वपूर्ण एजेण्डा पनि बनेको थियो । घोराही–लमही सडकखण्डको कटुवा खोलामा पूल नहुना हरेब वर्ष सवारी साधनमा समस्या हुने गरेको छ । तर यो समस्या अबको एक महिनामा समाधान हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*