Home / Feature Breaking news / असारमा मात्र ३ अर्व बढि विकास वजेट खर्च

असारमा मात्र ३ अर्व बढि विकास वजेट खर्च

अमरराज आचार्य
दङ, १ साउन । जिल्लामा एक महिनामा ३ अर्व वढी विकास वजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०७४÷७५को असार महिनामा मात्र ३ अर्व वजेट खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ ।

कार्यालयका सुचना अधिकृत उदय भण्डारीका अनुसार असार महिनामा ३२ गतेसम्म ३ अर्व ३ करोड ८३ लाख विकास वजेट खर्च भएको हो । आर्थिक वर्षको अन्यको २ महिनामा वढी विकासको रकम खर्च हुने गरेको छ । भने अन्य महिनामा न्युन मात्रामा विकास वजेट खर्च हुने गरेको पाइन्छ । जसले गर्दा असारे विकासको विकास नै हुदै गएको पाइन्छ । जिल्लामा चालु आर्थिक वर्षका लागि विकास वजेट ११ अर्व १२ करोड २३ लाख ७९ हजारको अख्तियारी आएको थियो ।

सोमवार दिउसो सम्म ९ अर्व ८५ करोड ५३ लाख ६४ हजार खर्च भएको सुचना अधिकृत भण्डारीले जानकारी दिए । जुन विकास वजेटको ८८.६० प्रतिशत खर्च भएको छ । मंगलवार कोष तथा लेखा नियन्त्रण कार्यालयले रातीसम्म कार्यालयमा काम गरेको थियो । सुचना अधिकृत भण्डारीका अनुसार काम गरेपनि रकम लिन समयमा नआउदा विकास वजेट आर्थिक वर्षको अन्त्यमा वढी खर्च भएको देखिने गरेको बताए । काम भइ रहेको हुने र अन्यमा रकम लिने गर्दा पनि यस वढी देखिने गरेको उनको भनाइ रहेको छ । ‘काम सम्पन्न भए पनि विभिन्न कारणले आर्थिक वर्षको अन्तयमा रकम लिन आउने गर्दा अन्तयमा वढी खर्च भएको देखिएको हो’ सुचना अधिकृत भण्डारीले भने ।

त्यसैगरेर जिल्लामा आएको चालु तथाको वजेट मध्ये ९३.६८ प्रतिशत रकम खर्च भएको लेखा तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । चालु तर्फ जिल्लामा ८ अर्व ४४ करोड ६ लाख ५९ हजार अख्तियारी आएको थियो । चालु शिर्षक अन्र्तगत नै स्थानिय तह हरुमा विकास वजेट जाने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । चालु शिर्षक अन्र्तगत जाने रकम वाट स्थानिय तहमा विकास, कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्तामा खर्च हुने कार्यालयले जनाएको छ ।

जिल्लामा १० स्थानिय तहहरु रहेका छन् । जिल्लामा २ उप महानगरपालिका १ नगरपालिका र ७ गाऊपालिका रहेका छन् । विकासका काम आर्थिक वर्षको अन्तयमा आएर काम हुने भएकाले अन्तीम महिनामा विकास वजेट वढी खर्चहुने गरेको छ । यसरी आर्थिक वर्षको अन्तयमा काम हुदा काम समेत गुणस्तरीय नहुने यसका जानकार बताउछन् । हरारमा काम गर्दा काम गरेको केही समयमा नै भत्कीने तथा क्षेत्ति पुग्ने गरेको छ । जिल्लामा यस प्रकारको समस्या विगत देखि नै रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*