Home / Feature Breaking news / ‘जिल्लाको खेल क्षेत्रको बिकासमा ध्यान दिनेछु’ देवकोटा

‘जिल्लाको खेल क्षेत्रको बिकासमा ध्यान दिनेछु’ देवकोटा

दाङ,३२ असार । राष्ट्रिय सभासभा सदस्य अनिता देवकोटाले क्रिकेट क्षेत्रसँगै समग्र खेल क्षेत्रको विकासमा ध्यान दिने बताएकी छिन । सोमवार घोराहीमा भएको महिला क्रिकेट खेलाडीहरुलाई क्रिकेट सामाग्री सहयोग कार्यक्रमलाई सम्वोधन गर्दै देवकोटाले विगत देखी आफुले जिल्लाको खेल क्षेत्र र खेलाडी उत्पादनकालागि सहयोग गरेको भन्दै आगमी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताएकी हुन ।

क्रिकेट खेलमा महिला खेलाडीहरुको हौसल्लाका लागि राष्ट्रिय सभा सदस्य देवकाटाले खेलाडीहरुलाई व्याड,क्रिकेट बल,पन्जालगाएत दुई टिमका लागि आवश्यक करिव ५० हजार रुपैया मुल्य बराबरको क्रिकेट सामाग्री सहयोग गरेकी थिइन । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य देवकाटाले खेलकुदका सामाग्री संघका अध्यक्ष, दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका, महिला क्रिकेट संघकी संयोजकलगाएतका महिला खेलाडीहरुलाई सामाग्री हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य देवकोटाले दाङको क्रिकेट खेलको विकाससगै समग्र खेल क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताइन । ‘अहिले म विकास निर्माण गर्ने ठाउँमा भन्दापनि देशका लागि आवश्यक कानून निर्माण गर्ने भुमिकामा छु’, देवकोटाले भनिन्,‘फरक भुमिकामा रहेपनि खेलकुदको विकाससँगै समग्र जिल्लाको विकासमा ध्यान दिनेछु ।’

त्यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाले राष्ट्रिय सभासदस्य देवकोटाको सानो सहयोगले खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्ने बताए । क्रिकेट खेल क्षेत्रको विकासका लागि बर्तमान तीनै तहका सरकारवाट बजेट नछुट्याईको अवस्थामा यो सहयोगले खेलाडीहरुलाई ठुलो राहत पुग्ने बताएका थिए ।
कार्यक्रममा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले क्रिकेट सामाग्री सहयोग गरेको ध्यानवाद ज्ञापन गर्दै जिल्लामा महिला क्रिकेट क्षेत्रको विकासका लागि बर्षमा एक पटक प्रतियोगिता सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गरेका थिए । पहिलेको भन्दा अहिले फरक भुमिकामा रहेपनि दाङको क्रिकेट क्षेत्रको विकास र खेलाडीहरुको उर्जाका लागि घोराहीको गुलरियामा रहेको क्रिकेट मैदानको विकासमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आर।के। शीतल,पत्रकारहरु लिलाधर वली, गिरिराज नेपाली,क्रिकेट खेलाडीहरुको सहभागितगा रहेको थिगो । कार्यक्रमको सहजीकरण पत्रकार सुदिप गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*