Home / Feature Breaking news / सांसदले रोके सिंचाइ कुलो

सांसदले रोके सिंचाइ कुलो

खेमराज रिजाल
घोराही,३१ असार । तत्कालिन सिंचाइमन्त्री दिपक गिरीले जिल्लामा बृहत्तर सिंचाई योजनाको अवधारणा ल्याएर जिल्लाका हरेक क्षेत्रमा सिंचाई सुविधा उपलव्ध गराउने अभियानमा पश्चिम दाङमा उनकै क्षेत्रका प्रदेश सभाषदले भने जनताको सिंचाई सुविधा व्लक गर्ने गरी आफ्ना क्षेत्रमा सिंचाई सुविधा लिन थालेको आरोप स्थानियबासीहरुले लगाएका छन् । चल्तीका सिंचाइ कुला व्लक गरी आफ्नो घर क्षेत्रको लेटार बस्तीमा लिफ्ट सिंचाइका नाममा तलका सिंचाइ कुलाहरु व्लक गर्ने गरी योजना सुरुआत गरेका छन् । त्यसमा सर्वत्र विरोध भएको छ ।

दंगीशरणको चिरकोटी, बुटनिया, वागरको पश्चिम वेल्ट, पर्शदुवाको पुरै वेल्टलाई सिंचाइ विहिन बनाउने गरी लेटारलाई मात्रै मध्यनगर गर्दै सिंचाई सुविधाका लागी कुलो थुनेर हाइड्याम बाधेको आरोप किसानहरुले लगाएका छन् । सामुदायीक वनको समेत स्वीकृति नलिएर लेटरमा हाइट्याम बनाइएको छ । सांसदको आदेशमा बनाइएको हाइड्यामको विरोध गर्ने कुनैपनि स्थानियहरुको हैसियत छैन । जिल्ला वन कार्यालयका अधिकारी सो क्षेत्रमा अनुगमन गर्न समेत गएका थिए । तर उनले पनि आधिकारीक अभिव्यक्ति दिएका छैनन । ‘तल्लो बस्तीका सिंचाइ कुला रोकेर उपल्लो बस्तीमा लिफ्टिङ योजनामा सांसद ज्यू लाग्नु भएको छ, जसले सयौं विगाहा जमिन सिंचाई विहिन हुने अवस्था देखिएको छ’—स्थानियबासी ओपवहादुर घर्तिले भने, बाढिको पानी मात्रै हामीलाइ चाहिएन ।

सांसद उत्तरकुमार वलीको निर्देशनमा उनकै दाजुलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर हाइड्यामको आयोजनाको सुरुआत गरिएको छ । जुन योजनाले चल्तीको मुहान समेत अर्को बर्ष रहने अवस्थामा छैन । स्थानिय उपभोक्ताहरुले भने कुनैपनि जानकारी नदिलई मान्यज्यूले सिंचाइ कुलो व्लक गरेकोमा आपत्ति जनाएका छन् । सिंचाइकुलो अवरुद्ध गरी हाइड्याम बनाउंदा स्वयम मान्यज्यूको घर समेत धरापमा परेको छ । सामुदायिक वनको धेरै सुकेका रुखहरु समेत धरापमा परेका छन् । तर राज्य यो विषयमा वेखवर छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले जिल्ला वन कार्यालयमा उजुरी गरेपनि निरिह रहेको छ, जिल्ला वन कार्यालय । धमाधम डोजर लगाउंदा पनि वन कार्यालयले केही गर्न सकेको छैन । स्थानियबासीहरुले विना जानकारी बांध बांधिएकोमा विरोध जनाएका छन्, तर सांसद उत्तर कुमार वलीले भने वैज्ञानिक सिंचाइ प्रणालीका विषयमा आफु लागीपरेको बताएका छन् ।

स्थानिय किसान रोशन जंघ शाहले पटक पटक बांध बांध्दा समस्या हुने भएको भन्दै सुझाएपनि मान्यज्यूले आफ्नै नातागोतालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर सरकारी बजेट दुरुपयोग गरिरहेको बताए । साथै सोही कार्यक्रममा अध्यक्षका उम्मेदवारका प्रत्यासी दोर्ण देवकोटाले सांसद उत्तरकुमार वलीलाई समन्वयमा बांध बाध्न अनुरोध गरेको भन्दै लेटारलाइ मात्रै सिंचाइ सेवा उपलव्ध हुने गरी एकलौटी रुपमा बांध बाध्नु दुर्भाग्यपुर्ण भएको बताए । उत्तरकुमार वलीको घरछेउमा बांधिएको ड्यामले लेटारलाई मात्रै सिंचाइ सुविधा हुने भन्दै देवकोटाले त्यसभन्दा पश्चिमका करीव तीन सय विगाहा जग्गालाइ सिंचाइसुविधा विहिन बनाउन नहुने बताए ।

उक्त स्थानमा बांध बांध्दा धेरै किसानहरुको तोरीवालीलाई सिंचाइ सुविधा विमुख हुने बताए । पूर्व सिंचाइमन्त्री गिरीले तत्कालन अवस्थामा पश्चिम दाङमा विशेष लक्षित गरी बृहत सिंचाइ योजना ल्याएको अवस्थामा वर्तमान सांसदले आफ्नो पक्षमा परियोजनालाई ल्याउन खोजेको अर्का स्थानीय गोविन्दनाथ योगीले बताए ।

तोरी चाहर्ने पानी नआए म जिम्मेवारः सांसद वली

यसैबीच प्रदेश सभा संसद उत्तरकुमार वलीले हिउंदमा खेतमा सिंचाइ सेवा पुगेन भने त्यसको जिम्मेवार आफु हुने बताएका छन् । बर्षातको पानी सञ्चय गरी हिउंदमा पानी दिनकालागी ड्याम बनाइएको पनि उनले अभिव्यक्ति दिए । श्रीगाउंमा भएको भेलामा बोल्दै सांसद वलीले किसानलाई मार पर्नेगरी ड्याम नबांधिएको भन्दै जनताले आवश्यक छैन भने र बांधले उचित प्रतिफल नभए जनताको म्यान्डेटमा बांध भत्काउन समेत आफु तयार रहेको बताए । उनलाइ लेटार क्षेत्रका सिमित क्षेत्रमा सिंचाइ सेवा उपलव्ध गराउने सषयन्त्र गरीरहेको स्थानिय किसानहरुले आरोप लगाइरहेका थिए ।

‘मैले दिर्घकालिन योजना सोंचेको थिए, तर अहिल्यै विरोध भयो, हिउंदमा यो पोखरीबाट तोरीवालीमा सिंचाइ हुन सकेन भने बांध भत्काउन म तयार छु, तर अहिल्यै बांध भत्काउने तर्फ हामीहरु नजाउं’—वलीले भने, दिर्घकालिन विकाश हाम्रो योजना हो ।

साथै यहां बांधिएको बांधले आफ्नो घर समेत धरापमा पर्ने भएपनि आफुले जनताको सिंचाइसुविधामा लागीपरेको बताए । वैज्ञानिक सिंचाइ प्रणालिमा आफु विश्वस्त भएको बताए । यस क्षेत्रमा ४६ हेक्टर जमिन सिंचाइ योग्य भएको भन्दै कृषि पकेट क्षेत्र बनाउन आफु लागीपरेको दावी गरे।
गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*