Home / मनोरञ्जन / गायक विजय परियारको ‘माया गर्छु’ सार्वजनिक

गायक विजय परियारको ‘माया गर्छु’ सार्वजनिक

दाङ, २८ जेठ
दंगाली गायक विजय परियारको नयाँ गीत सार्वजनिक भएको छ । सुमधुर स्वरका धनी गायक विजयको नयाँ गीत ‘माया गर्छु भन्ने यहाँ धेरै धेरै पाईदो रहेछ’ बोलको गीत हालै मात्र यूट्यूब मार्फत सार्वजनिक भएको हो ।

विजय परियार र अञ्जु पन्तको स्वरमा रहेको गीत ‘माया गर्छु भन्ने यहाँ धेरै धेरै पाईदो रहेछ, आखिर जुनी काट्नलाई त साँचो माया चाँहिदोरहेछ ।’

म्यूनिक नेपालमार्फत सार्वजनिक भएको यो गीतको अर्जुन पोख्रेलको संगीत र सञ्जय दाहालको शब्द रहको छ । जसमा दंगाली मोडल विक्रम बुढाथोकी र सायाको अभिनय रहेको छ ।

यस गीतको म्यूजिक भिडियोमा शिशीर श्रेष्ठको निर्देशन, मुकेश हुमागाईको क्यामरा, अमृत चापागाईको सम्पादन रहेको छ । जुन गीतको भिडियो जनता फिल्मस् प्रालिले तयार पारेको हो ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*