Home / Feature Breaking news / ‘भोल्टेज नपुग्दा विद्युतमा समस्या, दुई महिनापछि समस्या हट्छ’

‘भोल्टेज नपुग्दा विद्युतमा समस्या, दुई महिनापछि समस्या हट्छ’

राप्ती सन्देश समाचारदाता
दाङ,२८ जेठ । विद्युत सेवा ‘विचरो’ बनेको छ । न नोलाइटले रेस्पोन्स दिने, नत गेटपालेले जवाफ दिने ? हाकीमसाप सर्प जस्तै सिजनमा मात्रै भेटिने, यस्तै अवस्थाले उपभोक्ता हुक्क मात्र होइन दिक्क भएका छन् । स्मार्ट विकासको अवधारणालाई विद्युत सेवाले गिज्याइरहंदा पनि सहज विद्युतसेवाकालागी जनप्रतिनिधिहरु कानमा तेल हालेर बसिरहेका छन् । स्मार्ट सिटिकालागी चर्को नारा दिने नेताहरुले सहज विद्युतसेवाकालागी एक पटक पनि पहल नगरेकोमा नागरीकहरु भने खिन्न छन् । विद्युतसेवा अनियमित हुंदा कतिका टिभि सर्ट भए, कतिका कम्पयुटरका सफ्टवेयर खत्तम त कतिले उद्योगमा ताला समेत लगाए, तर राज्यका निकायहरु वेखवर छन् । नहप्काउंदा काम नगर्ने हो वा, अटेरी हो ? कसैले बुझैन सकेका छैनन् ।

विद्युत कार्यालयले अहिले आफु प्रसव पिंडामा रहेको अनौपचारिक अभिव्यक्ति सञ्चारकर्मीहरुलाई दिएको छ । सहज सेवाकालागी थालिएको अभियानकालागी उसले अझै दुई महिना समय मागेको छ । त्यसकालागी पञ्चकुले सवस्टेसनको गर्भमा रहेको विद्युतलाइ तुलसीपुर ल्याउनुपर्ने छ, अनि घोराहीको झिंगनीको को सवस्टेशन पनि चालु हुनुपर्ने छ । यस वाहेकका कुनै उपयुक्त विकल्प छैन । उद्योगगलाई दिइएको हुकिङसेवा कटौति गर्ने हैसियत विद्युत कार्यालयसंग छैन, नत पावर ब्रेकर राख्ने बजेट माग्ने हैसियत राख्छन् विद्युतका अधिकारीहरु । विद्युतका कर्मचारी अधिकारीहरुजस्तै स्थानिय तहका जनप्रतिनिधिहरुलाइ पनि सहज विद्युत सेवाका विषयमा कुनै चिन्ता छैन । उनीहरुलाइ आफ्नै आन्तरीक श्रोत जुटाउन खोला बेच्न भ्याइनभ्याइ छ, तर सहज विद्युतसेवाकालागी एकदिन पनि जनप्रतिनिधिका पाइला विद्युत कार्यालयमा सोझिएका छैनन् । तैंचुप, मैचुपको अवस्थामा चलिरहेको छ विद्युत सेवा ।

दुई महिनाको भाखा माग
यसैबीच सहज विद्युत सेवाकालागी विद्युत कार्यालय घोराहीले दुइ महिनाको भाखा मागेको छ । यसपछि प्रसव पिंडाबाट मुक्त हुने पनि विद्युत कार्यालयले अपेक्षा गरेको छ । झिंग्नी र पन्चकुलेमा डम्पिङ भएको विद्युत अन्यत्र लग्न सकेमात्रै विद्युत समस्याको समाधान हुने कार्यालयले बताएको छ । सरकारले लोडसेडिङ मुक्त गरेको अवस्थामा विद्युत कार्यालयले केन्द्रकै वफादारीतामा लागीरहेको छ । यद्धपी अघोषित लोडसेडिङको सिमानै नभएको उपभोक्ताहरुले आरोप लगाउंदै आएका छन् ।

प्रयाप्त विद्युत भोल्टेज नहुदा दाङमा विद्युत समस्या हुने गरेको विद्युत कार्यालय घोराही शाखाले जनाएको छ । अहिले जिल्लामा आईरहेको विद्युत १५ देखि १७ मेघावाट क्षमता हो तर अहिले जिल्लामा २० मेघावाटभन्दा बढिको विद्युत आवश्यकता छ,यस्तो अवस्थामा हामीले नचाहदा नचाहदै पनि विद्युत आफै कट्ने गरेको छ विद्युत कार्यालय घोराही शाखा प्रमुख मधुसुदन यादवले भने ।

केही दिन अघि देश लोड सेडिङमक्त घोषणा गरेपनि भोल्टेज पुरा नहुदा विद्युतमा समस्या देखिएको विद्युत कार्यालयले जनाएको छ । ‘कहिले स्टिममा खरावी आएर विद्युत जान्छ,कहिले लो भोल्टेजका कारण लमहीवाट आफै विद्युत कट्छ’,विद्युत कार्यालय घोराहीका प्रमुख यादव भन्छन,‘ जिल्लाका लागि पयाप्त विद्युत छैन तर विद्यत गए जनताको आक्रोस हामीमाथि हुन्छ ।’ उनका अनुसार जिल्लामा लो भोल्टेजका कारण कहिले काही जिल्लामा ट्रान्सफर्मर पड्कने वा तार चुड्ने भएका कारण कार्यालयले दिनमा एउटा र रातमा कहिले काही दुई वटा फिडर काट्ने गरेको उनी बताउछन । उनका अनुसार कार्यालयले एम्पेरको सेटिङमा समस्या देखिदा तुलसीपुर केन्द्रमा विद्युतको क्षमता घटाउदै विद्युत दिने प्रयास गरेका हुन्छौँ तर भोल्टेज धान्नै नसक्ने भएपछि लमही प्रशासन केन्द्रवाट आफै जाने गरेको छ ।

प्रयाप्त भोल्टेज नहुदा जिल्लामा आफै विद्युत कट्ने समस्या रहेको छ । विद्युत कार्यालय घोराहीका प्रमुख भन्छन कुसुम—हापुरे १३२ केभी बिद्युत् लाइन तुलसीपुर नजोडिदासम्म जिल्लामा विद्युत समस्याको अन्त्य हुदैन । ‘लमहीवाट घोराही आएको ३३ केभी आईनले अहिले दाङ जिल्लासँगै सल्यान र रोल्पासम्म विद्युत पु¥याउनु पर्ने बाध्यता छ’,कार्यालय प्रमुख यादवले भने,‘जसका कारण पटक विद्युट जाने,लो भोल्टेज लगाएको समस्या हुने गरेको छ,यो समस्या अन्त्यका लागि कुसुम–हापुरे १३२ केभीलाईन तुलसीपुर जोडिनुपर्छ ।’ यो तुलसीपुर जोडिएसँगै जिल्लामा प्रयाप्त विद्युत हुने र लोडसेडिङ,लो भोल्टेजलगाएतका समस्याहरु अन्त्य हुने समेत उनले बताए ।

जसले गर्दा उक्त लाईनले भार थेग्न सक्दैन र अघोषित रुपमा लोड सेडिङ भइरहेको छ । हापुरेको लाइनलाई प्रयोगमा ल्याउन सकिएमा दाङमा यस्तो समस्या भोग्न नपर्ने यादवको भनाई छ ।
हापुरे स्टेसनबाट २४ हजार मेगावाट बिद्युत् तुलसीपुरसम्म आउने छ । अहिले उद्योग र नागरिकहरुलाई एउटै लाईनवाट विद्युत दिनुपर्दा समस्या भएको छ । हापुरेको बिद्युतलाई तुलसीपुरसँगै दुधरासमा रहेको सिमेन्ट उद्योगसम्म ल्याउन सकिए जिल्लामा बिद्युत्को धेरै सहज हुने यादव बताउछन ।

‘स्थानीयवासीहरुको विरोधका कारण उक्त लाईनलाई तुलसीपुरसम्म ल्याउन समस्या भएको थियो’,प्रमुख यादवले भने,‘स्थानीयवासी, जनप्रतिनिधि र विद्युत कार्यालयको टोली बसेर विवाद समाधान गरेका छौँ, अवको २÷३ महिनामा काम सकिने छ ।’ उक्त लाईन तुलसीपुरसम्म तान्न ढिलाई हुदा अहिले जिल्लामा विद्युतको समस्या बढ्ेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*