Home / Feature Breaking news / पुर्नजन्म पाउने आशामा कोइलावासवासी

पुर्नजन्म पाउने आशामा कोइलावासवासी

अमरराज आचार्य
दाङ, २५ जेठ । कोइलावासकावासीन्दाहरु पुर्नजन्म पाउने आशामा रहेका छन् । कोइलावाका स्थानीयहरु विगत ४० वर्षदेखि सडक शास्ती भोग्दै आएका छन् । उनीहरु नेपालमा वसेपनि सवै भार भारतमा पर्नु पर्ने वाध्यता रहेको छ । पछिल्लो समयमा लमही–कोइलावास सडक निर्माण हुन थालेपछि उनीहरुले आशा पलाएको बताउछन ।

गढवा गाऊपालिका वडा नं ८ कोइलावास निवासी अदुलअलीम सिद्धिकीले वाटो निर्माण हुन थालेपछि कोइलावासले पुर्नजन्म पाउने आशा पलाएको बताए । ‘हामीले विगत ४० वर्षदेखि दुख पाउदै आएका छौ बाटो निर्माण भएपछि सहजता ल्याउने छ’ सिद्धिकीले भने । वाटो निर्माण सुरुसंगै उनीहरुमा उत्साह समेत थपिएको छ । ‘वाटो निर्माण सुरु भएदेखि यहाका स्थानियवासीन्दाहरु खुशी थपिएको छ’ सिद्धिकीले भने । वाटो सहज भएपछि यातायात सञ्चालन हुने उनको आशा छ ।

3

यातायात सञ्चालन भएपछि चहल पहल समेत वढने र व्यापार व्यवसायसंगै रोजगारी समेत सृजना हुने बताए । यसले गर्दा नै स्थानियवासीन्दाहरुमा उत्साह थपिएको हो । जिल्लामा भारतवाट ल्याउने सामान तथा जिल्लावाट भारत पठाउनका लागि समेत छोटो वाटो रहेको उनको भनाइ रहेको छ । यसले गर्दा जिल्लावासीलाइ समेत सहजता हुने सिद्धिकीले बताए ।
वाटो नहुदा नै यस क्षेत्र पछाडि परेको उनको भनाइ रहेको छ । वाटो नहुदा नेपालमा आउनु पर्दा कोइलावसवासीहरु भारतको वाटो भएर आउनु पर्ने वाध्यता रहेको छ । वाटो निर्माण भएपछि उनीहरु सहज रुपमा नेपाल कै वाटो भएर जिल्ला सदरमुकाम तथा गाउपालिका सम्म आउन सक्ने छन् ।

जसले गर्दा आफुहरुको समय तथा आर्थिक रुपमा समेत वढी खर्चहुने गरेको सिद्धिकीले बताए । ‘वाटो नहुदा हामी जिल्ला सदरमुकाम घोराही जानु पर्दा भारतको वाटो भएर जानु पर्दा दिनभरी नै लाग्ने गरेको छ तर यो वाटो निर्माण भएपछि करिव २÷३ घण्टामै पुग्ने छौ’ सिद्धिकीले भने । कोइलावासवाट जिल्ला सदरमुकाम घोराहीसम्म करिव ६५ किलो मिटर दुरी मात्र रहेको छ । तर वाटो नहुदा २ सय किलो मिटर भएर आउनु पर्ने वाध्यता रहेको छ । सहज वाटो भएपछि विहान गएर आफनो काम गरेर साझ घर फर्कन सकिने उनी बताउछन् ।

अर्का स्थानियवासीन्दा आरिफ सिद्धिकीले वाटो निर्माण सुरुसंगै कोइलावासको चहल पहल समेत वढन थालेको बताए । वाटो वन्न थालेपछि अहिले कोइलावासमा दैनिक जग्गा खोज्न जानेहरुको वढन थालेको आरिफ बताउछन । ‘वाटो निर्माण हुन थालेपछि अहिले जग्गा खोज्न दैनिक जसो मानिसहरु आउने गरेका छन’आरिफले भने । यसले स्थानियवासीन्दाहरुलाइ कोइलावास पहिले कै अवस्थामा फर्केने आशा पलाएको छ । ‘वाटोले पछाडि परेका कोइलावास वाटो वनेपछि पहिले कै अवस्थामा फर्कने अपेक्षा लिएका छौ’ आरिफले भने । वाटो निर्माण सुरु संगै उत्साह थपिएको बताए । अहिले कोइलावास वासीहरु पानीदेखि खानासम्म सवै भारतको भर पर्नु पर्ने वाध्यता रहेको छ । नेपालमा वसेपनि हामी सवै चिजका लागि भारतमा भरपर्नु पर्ने वाध्यक्षता रहेको उनले बताए । ‘नेपालमा वसेर पनि नेपाली भएको अनुभव गर्ने पाएका छैनौँ’ आरिफले भने । वाटो वनेपछि अन्य विकास पनि अगाडि वढने उनी बताउछन् ।

कोइलावास वाटो निर्माण भएपछि जिल्लाको आर्थिक विकासमा समेत सहयोग पुग्ने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । ‘यो वाटो सञ्चालनमा आएपछि छोटो दुरी गर्ने भएकाले सामानको मुल्यमा केही रुपैया भए पनि सस्तो हुने छ’ अध्यक्ष भुसालले भने । त्यसैगरेर भारत जान आउनका लागि सहजता हुनेउनको भनाइ छ । छोटो दुरी पर्ने भएकाले भारतवाट जिल्लामा आउने पर्यटकहरुको सङख्यामा समेत वृद्धि हुने बताए । यसले गर्दा भारतवाट पर्यटकहरुको सङख्यामा समेत वढने उनी बताउछन् । जिल्लाका व्यवसायीहरुले कोइलावाससम्म वाटो निर्माण गरी नाका सञ्चालनगर्ने समेत पटक पटक राज्य संग माग गदै आएको अध्यक्ष भुसालले बताए । वाटो निर्माणका लागि स्थानिय वासीन्दाहरुले माग गरेपनि राज्यले नसुनेको उनीहरुको भनाइ रहेको छ ।

चुनावको समयमा हरेक पाटीका नेताहरुले आफना चुनावी घोषणपत्रमा वाटो वनाउने र यस नाकालाइ सञ्चालनमा ल्याउने उल्लेख गदै आएका छन् । लमही कोइलावास हुलाकी सडक आयोजना मार्फत निर्माण हुन थालेको हो । सडक भारत सरकारले निर्माण गरीदिन थालेको हो । वजार क्षेत्रमा वाटो विस्तार तथा जङगल क्षेत्रमा ट¥याक खोल्ने तथा नाला वनाउने काम भइ रहेको छ । कुनै समयमा राप्ती तथा छिमिकी जिल्लाहरुवाट नुनदेखि सुनसम्म ल्याउनका लागि कोइलावास पुग्ने गर्दथे ।

देशभरमा धेरै राजस्व उठाउने नाकाको रुपमा कोइलावास चिनीने गरेको थियो । तर राजमार्ग खुले संगै यो नाका पछि ओझेलमा पदै आएको छ । अहिले कोइलावासमा ३ वटा किराना पसल, २ वटा होटेल र केही ढयाव्लीहरु सञ्चालन छन् । होटेलहरु पनि वाटो निर्माण सुरु भए देखि खोलिएका हुन । नाका सञ्चालन नभए पछि राजस्व समेत नगर्ने मात्रामा सङकलन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*