Home / Feature Breaking news / जरिवानवाट २८ लाख ५० हजार राजश्व संकलन

जरिवानवाट २८ लाख ५० हजार राजश्व संकलन

अमरराज आचार्य

दाङ, २३ जेठ । जिल्ला समन्वय समिति दाङले नदी जन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी गर्नेलाइ कारवाही गरेर २८ लाख ५० हजार रुपैया राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन तथा निकासीमा प्रयोग गरीएका ३ सय ९९ वटा सवारी साधनलाइ कारवाही गरेर २८ लाख ५० हजार रुपैयाँ राजस्व जम्मा गरेका जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

‘संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन, समन्वयको काम गदै आएको छ’ जिल्ला समन्वय समितिले सम्पादन गरेको कामको सार्वजनिक गर्दै प्रमुख नेपालीले भने ‘ पारदर्शि, दिगोपन र नागरिकलाई विकासको अपनत्वको महशुस गराउने कामलाई नै हाम्रो प्राथमिकतामा छ ।’ उनले अनुगमनको क्रममा नदी जन्य पदार्थको अवैध उत्खनन फेला परेकालाई कारवाही थालेको समेत वताए । अवैध उत्खनन चोरी निकासी गर्नेलाइ कारवाही गर्दा धेरै दवाव समेत आउने गरेको तर त्यो दवावलाइ वेवास्ता गदै आफुहरु अगाडि वढेको समेत उनले दावि गरे । नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी हुदा विगतमा राज्यलाइ धेरै राजस्व घाटा भएको भन्दै आफुहरु त्यसलाइ रोक्ने अभियानमा लागेको उनले बताए ।

‘ विगतमा व्यक्ति मोटाउने राज्य दुव्लाउने थियो, अहिले व्यक्ति दुव्लाउने राज्य मोटाउने वातावरण निर्माणमा हामी लागेको छौ’ प्रमुख नेपालीले भने । समन्व समितीका उप प्रमुख श्रीधर शर्मापौडेलले नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन तथा चोरी निकासीमा सलग्न भएका २६ वटा जेसीवी, टिप्पर २४ वटा र ३ सय ४९ वटा ट्याक्टर गरेर ३ सय ९९ वटा सवारी साधनलाइ कारवाही गरेको बताए । चालु वर्षसम्म इआए र आइए भएका जिल्लाका २२ ठाउँमा ठेक्का सम्झौैता भएर काम जिल्ला समन्वय समितिले जनाएको छ । त्यसैगरेर गढवा १ जेठानगाउँमा २० हजार घनमिटर, लमही भटेनीया २० हजार , लमही गढवा तकीयापुर २० हजार, लमही पुल तल १ लाख ८० हजार, मध्यनगर क्षेत्र १ लाख र ग्वारखोलाको इट्टा भट्टा पश्चिम ३६ हजार २ सय घनमिटरको राजश्व लिएर विपतको काम भैराखेको छ ।

विपतबाट मात्र अहिलेसम्म १ करोड ९६ लाख २२ हजार ४० रुपैयाँ राजश्व जम्मा भएको छ । विपतको क्षेत्रमा भएको कामले यो वर्षमा जिल्लाभर १ हजार विगाह जमीनलाई सुरक्षित गराउन सकिएको पत्रकार सम्मेलनमा उपप्रमुख शर्मा पौडेलले वताए । त्यसैगरेर पत्रकार सम्मेलनमा जिल्लामा भैराखेको नदीजन्य पदाथको उत्खनन्को काम असार १ गतेदेखि पूर्णरुपमा बन्द गरिने समेत जानकारी दिएको छ । ‘नदीजन्य पदार्थको अवैध उत्खनन, चोरी निकासीलाई रोक्नको लागि अनुगमनको कामलाई प्रभावकारी समेत बनाएका छौ’ उपप्रमुख पौडेलले भने ‘नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकसी कार्यलाई पुर्णरुपमा निरुत्साहित गर्नको अवैध उत्खननमा प्रयोग भएका सवारी साधनको जरिवान रकम बढाउने काम भएको छ ।’ जिल्ला समन्वय समितिले जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको पनि नियमन थालेका पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

जिल्लामा सञ्चालन भएका २७ वटा क्रसर उद्योगको अनुगमन गर्ने काम भएको छ’ पत्रकार समेलनमा प्रमुख नेपालीले भने ‘ क्रसर उद्योगमा खरिद रसिदको परिमाण भन्दा बढि परिमाणको कच्चा पदार्थ स्टोर गरेर राखिएको पाइएकोले करको दायारामा ल्याउनको लागि सवै क्रसर उद्योगलाई पत्रचारको काम भएको छ ।’ पत्रकार सम्मेलनमा प्रमुख नेपालीले करको दायरामा ल्याउने काममा कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने समेत प्रष्ट पारे । पत्रकार सम्मेलन जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा भएको थियो । उपप्रमुख पौडेलले विषय प्रवेश गराएको पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले गरेका थिए । पत्रकार सम्मेलनका सहजिकरण जिल्ला समन्वय समितिका प्रेस संयोजक इन्द्र डिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*