Home / Feature Breaking news / सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर, १७ जेठ

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*