Home / Feature Breaking news / प्रदेश पाँचमा गणतन्त्र दिवसमा सार्वजनिक विदा

प्रदेश पाँचमा गणतन्त्र दिवसमा सार्वजनिक विदा

बुटवल,१३ जेठ । प्रदेश नम्बर ५ को सरकारले जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णण गरेको छ ।

प्रदेश सरकारले गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते प्रदेशका १२ वटै जिल्लामा सार्बजनिक बिदा दिने निणर्य गरेको आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना प्रकाशित गरी जानकारी गराएको हो ।

प्रदेश सरकारले यस बर्ष सोमबारदेखि ३ दिनसम्म बिभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश भब्य रुपमा मनाउने निर्णण गरेको छ ।
प्रदेश सरकारले बिभिन्न संघ सस्था र स्थानिय तहको समन्वयमा रक्तदान, स्वास्थ्य शिविर, बिरामी तथा असहायहरुलाई फलफुल तथा खाद्य सामग्री बितरण, बृक्षरोपण, सरसफाई तथा मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*