Home / मनोरञ्जन / कलाकारिता र पत्रकारितामा दौडिएका खड्ग

कलाकारिता र पत्रकारितामा दौडिएका खड्ग

आर.के.शीतल
सानो छदा गाँउमा कथा, लाखबत्ति पूजामा टुप्लुक्कै पुग्थे । त्यहा पुगेर मादल बजाउनेदेखी दोहोरी गीत गाउनमा खप्पीस् । दोहोरी पनि रातभर गाएको सम्झना छ । १४÷१५ वर्षको हुँदादेखी नै उनी नाचगानमा अगाडी थिए । गाँउमा उनको खोजी हुन्थ्योः तीज, पूजाआजामा । गाँउघरमा सबैमाझ गीत गाउने मादल बजाउने गरेपनि विद्यालयमा भने उनले कहिले पनि गीत गाएनन् । १० कक्षासम्म पढ्दा उनीले विद्यालयमा कहिल्यै गीत गाएनन् । कारण शिक्षकहरुको डर र लाज । हुन त उनी अझै पनि हल्का लजालु स्वभावका नै छन् ।

मावि नारायणपुरबाट एसएलसी पास गरेपछि क्याम्पस पढ्नकालागि महेन्द्र बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भएका खड्ग शर्माले पहिलो पटक स्टेचमा गीत गाए । आफूहरु अर्थात कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा खड्गले पहिलो प्रस्तुति दिदा नै साथीभाईहरुको मन जिते ।

उनले­ ‘एकान्तमा रुदारुदा भिज्यो सिरानी’ बोलको गीत गाएका खड्गले क्याम्पसमा कुनै सांस्कृतिक कार्यक्रम हुदाँ खोजी गर्ने प्रतिभाको रुपमा आफूलाई परिचित बनाए । त्यसपछि संगीतमा झनै चासो बढेर गयो । क्याम्पसमा शिक्षक एवं साथीहरुको हौशलाले उनमा अझै उर्जा थप्यो । त्यो बेलामा उनीसँग एउटा समूह नै थियो । गीत गाउने सांस्कृतिक पक्षलाई सम्हाल्ने । साथीहरु भेषराज डाँगी, एलिशा शर्मा, सरु श्र्मा पाण्डे जस्ता साथीहरुको एक समूह बनाएर खड्गले गीत गाउदा नेतृत्व गर्थे ।

सानै देखी संगीतप्रतिको रुची उनका थियो । रेडियोको फ्यान हुन् उनी । विद्यालय क्याम्पस पढ्नेबेला खुबै रेडियो सुन्थे । रेडियो स्वर्गद्धारी एफएम घोराहीमा स्थापना हुनुभन्दा पहिले पनि रेडियो नेपाल खुबै सुन्थे । रेडियो नेपालमा पत्र पठाउने मन परेको गीतको अफर गर्दै पत्र पठाएको सम्झना छ उनलाई । रेडियो स्वर्गद्धारी एफएम स्थापना भएपछि उनको ध्यान झनै रेडियोमा केन्द्रित भयो । त्यो बेलामा रेडियोमा आफ्नो नाम मात्र बज्यो भने पनि खुशीले गद्गद् हुन्थे । पढ्दै गर्दा केही वर्ष उनी विदेश पनि पुगे । पैसा कमाउनकालागि उनी २०६१ सालमा मलेसिया पुगेका खड्गले २ वर्षसम्म मलेशियामै विताए । पैसा पनि कमाए । २०६३ सालमा नेपाल फर्के । जहाँ गएपछि उनमा भएको संगीतप्रतिको मोह मरेन ।

विदेश छदा उनले सोच्ने गर्थेः यहाँ कमाएको केही पैसाले नेपाल गएर एउटा गीत रेकर्ड गर्छु र गायकको रुपमा परिचित हुन्छु । रेडियोमा नाम आउदा नै खुसी हुने खड्ग अहिले रेडियो मै काम गर्छन् । आर.जे हुला भन्ने सोचेका पनि थिएनन् उनले । तर रेडियोमा पत्र पठाउने र फोन गर्ने उनको कुनै बेलाको दैनिकी नै थियो । दिनमा कति कार्यक्रममा फोन गरियो । खड्गका कति पटक नाम बज्यो भनेर साथीहरुसँग गन्ती गर्ने कुनै दिन पनि थिए । अहिले त्यहि रेडियोबाट नाम बज्दा खुसी हुने रेडियो स्वर्गद्धारीम काम गर्छन् । रेडियोमा समाचार वाचक, प्राविधीक एवं कार्यक्रम सञ्चालकको भूमीकामा उनी छन् । उनको अन्ताक्षेरी कार्यक्रम अहिलेको लोकप्रीय कार्यक्रम हो । रेडियोको यात्रामा उनी सम्झन्छन् । विदेशबाट आएर काठमाडौँमा भाञ्जा श्रीधर सुवेदीसँग बसे । भाञ्जासँगको संगतले उनी उद्घोषण तालिम लिन पुगे ।

पछि उनको भाञ्जाको सहयोगमा उनी रेडियो स्वर्गद्धारीमा आवद्ध भए । स्वर्गद्धारी एफएममा काम गदै गर्दा रेडियोले वार्षीक उत्सवको अवसरमा दोहोरी प्रतियोगिता आयोजना ग¥यो । जसमा उनले गाँउले भाई विक्रम थापालाई प्रतियोगितामा सामेल बनाए । जसमा थापा प्रथम भए । पछि उनी संगितकै लागि काठमाडौँ तिर लागे । काठमाडौँमा रहेका विक्रमसँग खड्गको सहकार्य गर्ने कुरा भयो । पहिलो सिर्जनाको रुपमा दुबैले २०७० सालमा एउटा गीत बजारमा ल्याए । ‘लव परेको धेरै भयो भागौ सानु हामी’ बोलको गीत बजारमा आयो । जसमा खड्ग शर्माको शब्द, राजेश क्षेत्रीको संगीत एवं विक्रम थापा र विन्दु परियारको स्वरमा रहेको यो गीत चर्चीत पनि भयो ।

पहिलो गीत नै चर्चामा रहेपछि उनीप्रति झनै उत्साह जागेर आयो । त्यसको २ वर्षपछि २०७२ सालमा उनले अर्को गीत आफ्नै स्वरमा रेकर्ड गर्ने सोच बनाए । ‘संसारैको ठुलो त्रिशुल दाङको धारापानी’ बोलको गीतमा आफै स्वर भरे । जसमा भूमीका गिरीको पनि स्वर रहेको छ । यो गीतले अलि बढि नै चर्चा पायो । दाङको शानलाई गीतमा समावेश भएको र छिमेकी जिल्लाहरुको वस्तुस्थितिलाई पनि समेटेएको यो गीत अहिलेसम्म पनि चर्चा मै छ । जसमा उनकै शब्द र यादवनाथ योगीको संगित रहेको छ । उनी गायक सँगै सर्जक हुन् । उनमा सिर्जना गर्ने र गाउन सक्ने क्षमता छ । गत वर्षको तीजमा उनले सिर्जना गरेको तीज गीत पनि चर्चीत बन्यो ।

जुन गीत लोकप्रीय गायीका कोमल वली र सचेत विरही भण्डारीले गाएका छन् भने यादवनाथ योगीको संगीत रहेको छ । खड्गको पछिल्लो टप्पा गीत अहिलेको लोकप्रय गीत हो । ०७४ सालको अन्तिमतिर बजारमा आएको यो गीतमा ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको स्वर रहेको छ । पछिल्लो समय उनलाई गीत सिर्जना गरिदिनुप¥यो भन्ने फोन खुबै आउछन् । उनी समय भएसम्म गीत सिर्जना गर्ने पनि गर्छन् । यस वर्ष झ्याउरे गीत बजारमा ल्याउने योजनामा रहेको छन् ।

खड्गले पत्रकारिता र कलाकारितालाई सँगसँगै अगाडी बढाईरहेका छन् पत्रकारिताासँगै कलाकारितामा आफूलाई चिनाउनकालागि उनी लागिपरेका छन् । पत्रकारितामा व्यस्त खड्ग संगीतलाई रुचीको विषयमा लिन्छन् । खाली समयको सदुपयोग गर्दै रुची अनुसार गीतसंगीतमा रमाईरहेको उनको भनाई छ । पछिल्लो समयमा संगीतको विषयमा कुरा गर्दा उनी समय अनुसार आएको परिवर्तन अर्थात गल्यामरलाई सामान्य रुपमा लिन्छन् । आवश्यकता भन्दा बढि हुनु सकारात्मक नभएको भएपनि सामान्य गल्यामर त समयको माग पनि भएको उनको बुझाई छ ।

उनी संगीतका केही समस्या र चुनौतिको कुरा गर्दा अस्वस्थ प्रतिस्पर्धा अहिलेको समस्या भएको बताउछन् । पैसाको भरमा कला र क्षमता विना यो क्षेत्रमा लागेका केही व्यक्तीका कारण संगीतप्रतिको बुझाईमा केही समस्या रहेको उनको अनुभव छ । प्रतिस्पर्धामा आएर आफूलाई उत्कृष्ट कलाकारको रुपमा स्थापीत गर्न सकेमात्र यो क्षेत्रमा सहज हुने भन्दै चर्चीत कलाकारहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु समस्या र चुनौतिको रुपमा रहेको यनी बताउछन् । यस्तै आर्थिक रुपमा यो क्षेत्रमा गाह्रो भएको भन्दै लगानी लगाउने तर लगानी नउठ्ने गर्दा केही समस्या भएको उनको भनाई छ । संगीत र कलाकारितामा सँगै दौडिएका खड्गलाई सफलताको शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*