Home / समाज / दुई दिने लेखा व्यवस्थापन तालिम सुरु

दुई दिने लेखा व्यवस्थापन तालिम सुरु

दाङ,११ जेठ । समुदायमा रहेका विपन्न वर्गहरुको आर्थिक जीवनस्तरमा सुधार ल्याउने उद्देयश्का साथ घोराहीमा दुई दिने लेखा व्यवस्थापन सम्वन्धी तालिम सुरुभएको छ ।
गरिवसँग विश्वेश्वर कार्यक्रम घोराहीको आयोजनामा भएको तालिमको शुक्रवार घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानेले एक कार्यक्रमका विच उद्घाटन गरेकी थिईन । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानले तालिमले सस्थाको आर्थिक हिसावकिताव राख्न सहयोग पु¥याउने बताएकी थिइन ।
घोराही उपमहानगरपालका वडा नं.१८ का वडा अध्यक्ष भरत अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास कोषका मुक्तिराम सुवेदीलगाएतले तालिमको सफलताको सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गरिवसँग विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक सुदिप गौतमको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण ज्योति सुवेदीले गरेकी थिइन । तालिममा ३५ जनाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा मुक्तिराम सुवेदीलगाएतका रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*