Home / Feature Breaking news / गीतबाट सचेतना फैलाउदै ट्राफिक प्रहरी

गीतबाट सचेतना फैलाउदै ट्राफिक प्रहरी

आर.के.शीतल

विस्तारै गए पक्कै पुगिन्छ हतारमा गए भन्न सकिदैन
अरुलाई ठक्कर लाग्न नि सक्छ आफू नि सुरक्षीत बन्न सकिदैन

ट्राफिक नियमको पहिलो प्राथमिकताको लाईन हो यो । सवारी चालकलाई सचेत बनाउने माध्यममध्य यो श्लोक पहिलो हो । सवारी साधन चलाउदा विस्तारै हाकौँ अर्थात सिमित गतिमा सवारी साधन हाकौँ भन्ने सन्देश दिदा यो श्लोक धेरै मात्रामा प्रयोग हुन्छ । विस्तारै गए गन्तव्यमा पुग्न सकिन्छ तर तीव्र गतिमा सवारी साधन चलाउदा दुर्घटना भएर पुग्न सकिदैन भन्ने वास्तविकताको श्लोक हो यो । टा«फिक नियमाको पालना गराउनकालागि सचेतना फैलाउने उद्धेश्यकासाथ हालैमात्र बजार आएको गीत अहिले चर्चामा रहेको छ ।

Trafic 4

ट्राफिक नियमको पालना गराउनकालागि गितको माध्यमबाट सचेतना फैलाउन ‘ट्राफिक सचेतनाकालागि’ क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङको प्रस्तुतिमा यो गीत हालैमात्र बजारमा आएको छ ।

Trafic 8

दंगाली गायक सरद समीप र गायीका माया रावतको स्वरमा रहेको यो गीतले सवारी साधन चलाउदा होस् वा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले ध्यान दिनुपर्ने विषय एवं पैदल यात्रुले पालना गर्नुपर्ने नियमको बारेमा स्पष्ट पारेको छः

हेल्मेट लगाउ बाईक चलाउदा दुईभन्दा बढि कहिल्यै नचढौँ
ट्राफिकले सोधे कागजपत्र देखाउ जबरजस्ती अघी नबढौँ
सिटबेल्ड लगाउ गाडी चलाउदा फोनमा कुरा नगरौँ
ट्राफिक नियमको पालना गरि कानुनको फन्दामा नपरौ

मोटरसाईकल चलाउदा अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने, २ भन्दा बढि मानिस कहिल्यै पनि मोटरसाईकलमा नचढ्ने, ट्राफिक प्रहरीले सोधे कागजपत्र देखाउने, सिटबेल्ड लगाएरमात्र गाडी चलाउने, सवारी साधन चलाउदा फोनको प्रयोग नगर्ने, ट्राफिक नियमको पालना गरि कानुनको फन्दामा नपर्न सम्पूर्णलाई यस गीतको माध्यमबाट सचेत बनाईएको छ ।

Trafic 5यसैगरि जथाभावी बाटो काट्दा दुर्घटना हुन सक्ने भएकाले पैदल यात्रुले जेब्राक्रसको प्रयोग गरेरमात्र बाटो काट्नुपर्ने, मापसे गरि सवारी साधन नचलाउन समेत यस गीतले सबैलाई सचेत बनाएको छः

जेब्राक्रस प्रयोग गरौ बाटो काट्दा होस पु¥याउ सधैभरी
जथाभाबी बाटो काट्दा ज्यानै जान सक्छ दुर्घटना परि
मापसे गरि गाडी चलाउदा दुर्घटना हुन सक्छ
आफ्नोसँगै अरुको नि ज्यानै खतरामा पर्न सक्छ

Trafic 6

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा झुण्डीएर यात्रा नगर्न एवं सवारी साधनले पनि तोकीएको ठाँउबाट मात्र यात्रु चढाउनु एवं उतार्नुपर्ने, सिट क्षमताभन्दा बढि यात्रु कहिलेपनि नचढाउन र महिला सिट, जेष्ठ नागरिक÷अशक्त आरक्षण अगायत सिटको अनिवार्य लागु गर्न यो गीतले अनुरोध गरेको छः

Trafic 7

सार्वजनिक सवारीमा झुण्डीएर यात्रा कहिले नगरौँ
तोकीएको ठाँउमा मात्र यात्रुहरु चढाउ अनि झराउ
सिट क्षमता भन्दा बढि यात्रु कहिले नचढाउ
आरक्षण सिटको कार्यान्वयन गरि सभ्य यात्रु बनेर देखाउ

‘ट्राफिक सचेतनाकालागि’ क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङको प्रस्तुतिमा यो गीत बजारमा आएको हो । यस गीतको म्यूजिक भिडियो दाङका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

Trafic 9

जिल्लामा हुने सवारी दुर्घटनादेखी ट्राफिक नियमको उल्लंघन हुने विषयलाई अभिनयमा उतारिएको छ । गीतको म्यूजिक भिडियोमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा प्रमुख प्रहरी उपरिक्षक कमलप्रसाद खरेल, जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्ले सहित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीहरुको नै अभिनय रहेको छ ।

Trafic 2

यस गीतको शब्द प्रवल विष्ट, संगीत गोविन्द मधुर आचार्यको छ भने स्वर सरद समीप र माया रावतको रहेको छ । यस गीतको म्यूजिक भिडियोको छायांकन देवराज आचार्य, सम्पादन शिलन लम्साल, निर्देशन प्रवल विष्ट र सरोज रेग्मीको रहेको छ । न्यू पोखरा सुनचाँदी गहना उद्योग नारायणपुरको प्रयोजनामा तयार पारेको म्यूजिक भिडियो निर्माणमा लालबहादुर चौधरीको विशेष सहयोग रहेको छ । यो गीत केही दिन अगाडीमात्र यूट्यूवमा सार्वजनिक भएको छ । जसले दर्शकहरुको राम्रो साथ पनि पाएको छ ।

Trafic 1

ट्राफिक सचेतनालाई गीतको माध्मबाट सबैलाई सचेत बनाउनकालािग यो गीत तयार पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए । ट्राफिम नाराहरु जे छन् त्यसलाई गीतको माध्यमबाट उतारिएको उनले बताए । ‘ट्राफिक सचेतनालाई गीतको माध्यमबाट उतारौ भनेर यो गीत तयार पारिएको हो’ वाग्लेले भने­ ‘ट्राफिक स्लोगनहरु गीतबाट भन्दा अलि प्रभावकारी होला भन्ने उद्धेश्यले यो गीतमा धेरै नाराहरु समेटेका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*