Home / समाचार / संगीत अभ्यास केन्द्रको उद्घाटन

संगीत अभ्यास केन्द्रको उद्घाटन

दाङ ५ जेठ । मान्छेको जिबन नै संगीतबाट शुरु हुने र संगीतमै अन्त्य हुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । ॐ संगीत कला केन्द्रद्धारा संञ्चालीत संगीत अभ्यास केन्द्र घोराही दाङको उद्धघाटन सत्रमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

ॐ संगीत कला केन्द्रका अध्यक्ष राजेश क्षेत्रीका अध्यक्षता तथा बरिष्ठ संगीतकार गोबिन्दराज श्रेष्ठको प्रमुख आतिथ्य एंव दाङ निर्माण व्यवसायी समितिका अध्यक्ष बलिभद्र राना र बरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठको बिशिष्ट आथिथ्यमा घोराहीमा ॐ संगीत कला केन्द्रको उद्धघाटन गरिएको हो । गायिका कमला लम्साल भारतिको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा बरिष्ठ संगीतकार गोबिन्दराज श्रेष्ठले मानिस जन्मेदेखी मृत्यु हुदासम्म पनि संगीतमै रहने हुदा कुनैपनि ब्यक्ति संगीतबाट टाढा नहुने बताए ।

ddg

श्रेष्ठले संगीतले मानिसमा एकता सिर्जना गर्ने हुदापनि संगीतलाई सबैले माया गर्नुपर्ने वताए । बरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठ, निर्माण व्यवसायी सघका अध्यक्ष राना, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठानका सल्लाहाकार गिरिराज सुबेदी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठानका अध्यक्ष प्रेम शर्मा,पत्रकार तथा गायक देबेन्द्र बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । ॐ संगीत कला केन्द्रले बिभिन्न किसीमका बाजाहरु सिकाउनुका साथै भोकल सम्बन्धी पनि क्लास दिने ब्यवस्था रहेको बछ ।

यसैगरी कला केन्द्रमा गित रेर्कर्डिङका साथै म्युजिक भिडियो, डकुमेन्ट्री तथा जिंगलपनि तयार गरिने ॐ संगीत कला केन्द्रका पवन रिजालले वताए । कला केन्द्र खोल्नुको उद्धेश्यबारेमा ॐ संगीत कला केन्द्रका पवन रिजालले प्रकाश पारेका थिए ।उक्त कार्यक्रमको सहजीकराण कला केन्द्रका राजेन्द्र दाहालले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*