Home / Feature Breaking news / लमही— कोइलाबास सडक आवासीय क्षेत्रमा रोकियो स्तरोन्नतीको काम
uN5L–/;'jfu9L ;8s lgdf{0f /fli6«o uf}/jsf] cfof]hgfcGtu{t wflbªsf] uN5L–lqz'nL–d}n'ª–:ofk|m'a];L /;'jfu9L ;8s cfof]hgfsf] lgdf{0f sfo{ g'jfsf]6sf] a'wl;+x3f6df ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

लमही— कोइलाबास सडक आवासीय क्षेत्रमा रोकियो स्तरोन्नतीको काम

चुमा आचार्य
दाङ, ४ जेठ । लमही कोइलावास हुलाकी सडकको स्तरोन्नतीको काम बजार क्षेत्रमा आएर रोकिएको छ । लमहीबाट सडक स्तरोन्नतीको काम सुरु गर्ने भनिएपनि निर्माण कम्पनीले यस अघि मुआव्जा संबन्धि विवाद मिलाउने समयसम्मकालागी कोइलाबास क्षेत्रबाट स्तरोन्नतीको काम थालेको थियो । तर चालु आर्थिक बर्षको अन्तसम्म पनि राज्यले स्थानियलाइ मुआव्जा नदिएपछि सडकको क्षेत्र कायम हुन नसक्दा काम रोकिएको हो ।

अहिले कोइलाबास देखि गढवासम्म सडक स्तरोन्नती अन्तर्गत चौडा गर्ने र नाला बनाउने काम गढवासम्म करीव सकिएको छ । तर गढवादेखि लमही सम्मको काम भने ठप्प रहेको निर्माण कम्पनीले जनाएको छ । गत वर्ष दोस्रो पटक टेण्डर स्कृती भै निर्माण कार्य सन्चालन भएको थियो । ठेक्का प्राप्त कम्पनीले धमाधम रुपमा विना विवाद स्थानहरु जंगल क्षेत्रहरुमा सडक निर्माण गरे पनि वजार तथा आवसिय क्षेत्रमा काम गर्न सकेको छैन । सरकारले सडक प्रभावितलाइ समयमै मुआव्जा दिन नसक्दा सडक निर्माण अन्यौलनमा परेको हो ।

यस अघिनै स्थानिय प्रशासनले सडकको क्षेत्रमा पर्ने जग्गाको मुल्यांकन गरी क्षतिपुर्तिकालागी नेपाल सरकार हुलाकी सडक परीयोजनामा पठाएको थियो । करीव ९८ करोड मुआव्जा माग गरिएपनि केन्द्रबाट न्युन मात्र पैसा आएपछि मुआव्जा वितरणको काम सुरुनै हुन नसकेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गोरक्षलाइ बताए । ‘पुरा पैसा आएको छैन, आधा पैसा कसरी वितरण गर्ने?, निमित्त प्रजिअ आचार्यले भने, पुरापैसा आएपछि मात्रै मुआव्जा वितरण गरीने छ ।’

सरकारले मुआव्जा पनि नदिने, रोक्का जग्गा फुकुवा समेत नगरेकाले सडक आसपासका स्थानियबासीहरु भने आक्रोशित भएका छन् । उनीहरुले सामुहिक रुपमा पटक पटक स्थानिय प्रशासनमा यो विषयमा ध्यानाकर्षण गराएपनि स्थानिय प्रशासनले यसको सुनुवाइ गरेको छैन ।
मुआव्जाका विषयमा टुंगो नलाग्दा तिव्र रुपमा काम थालनी भए पनि वजार क्षेत्रमा काम गर्न अप्ठारो भएको निर्माण कम्पनीका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए । हुलाकी सडक परीयोजना अन्तर्गत स्तरोन्नती हुन थालेको उक्त सडकमा मुआव्जा वितरण र पुलपुलेसा निर्माण नेपाल सरकारले गर्ने र कालोपत्रे भारत सरकारको सहयोगमा हुने संझौता भैसकेको छ ।

नेपाल सरकारका तर्फबाट करीव तीन बर्ष अघिनै सो सडकखण्डका सवै खोलाहरुमा पक्कि पुल निर्माण संपन्न भैसकेपनि मुआव्जा वितरण भने हुन नसक्दा समस्या देखिएको हो ।

‘गढवा र लमही वजार वाहेक अन्य स्थानहरुमा सडकको निर्माण कार्य सकिन थालेको छ, तर वजार क्षेत्रका जग्गा धनीले पाउनु पर्ने मुआव्जा पाउन सकेका छैनन्, अर्कोतर्फ सडकको दुवै तर्फ विद्युतका पोल, खानेपानीका पाइप समेत हटाउने काम भएको छैन’ उनले भने, ‘त्यो कारण बजार क्षेत्रमा काम हुन सकेको छैन ।’ उनका अनुसार त्यो कार्यमा सघाउन लमही नगरपालिका र गढवा गाँउपालिकामा अुनरोध गर्ने काम भएको छ ।
यो विषयमा स्थानिय तहपनि गम्भीर भएको जनाइएको छ । लमही नगरपालिकाका प्रमुख कुल वहादुर केसी भन्छन्, स्थानिय तहबाट यति धेरै रकम मुआव्दा दिने अवस्था रहंदैन, केन्द्र सरकारलाइ यो विषयमा पटक पटक गम्भीर ध्यानाकर्षण गराइसकेका छौं ।’ सो सडक अन्र्तगत लमही देखि कोइलावास गरि झण्डै २ सय भन्दा वढी व्यक्तीहरुका घर जग्गाहरु पर्दछन । लमही नगरपालिकाका प्रवक्ता विम वहादुर केसीका अनुसार सडक प्रभावितहरु सवैका लागि ९८ करोड बराबरको मुआव्दा रकम आवश्यक पर्छ । तर हाल सम्म सरकारले २ करोड रकम पठाएकोले वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।
वजार क्षेत्रमा लमही नगर विकाश समितिको मापदण्ड अनुसार हाल १२ मिटर कायम भएको सडकको स्तरवृद्धीसंगै ३० मिटर कायम गरिने गरि सर्वे भएको छ । उनका अनुसार हाललाइ वजार क्षेत्र भित्र १२ मिटर कायम गरिदै ७ मिटर कालोपत्रे र आवश्यक स्थानमा मात्र नाली बनाउने गरि सडक निर्माण हुन लागेको वताए । लमही देखि कोइलवास ३३ किलोमिटर लम्बाई रहेको दाङको सवै भन्दा नजिक सिमा जोडिएको सो सडकलाइ राप्तीको मुख्य द्धारको रुपमा लिइएको छ ।
खानेपानीका पाइपलाइन पनि समस्यामा

लमही खानेपानी संस्थाले सकडमा पर्ने खानेपानीका पाइप सम्वन्धीत निकायले व्यवस्थापन गर्न आग्रह गरेको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष काँसीराम डाँगीले लमही नगरपालिकामा पत्रचार गर्दै लमही कोइलवास सडक अन्र्तगत पर्ने खानेपानीका पाइप व्यवस्थापन गर्न सम्वन्धीत निकायमा पहल गरिदिन आग्रह गरेका छन । पटक पटक लमही नगरपालिकाको गुरु योजना अन्र्गगत सडक चौडाइसंगै खानेपानी संस्थाका समरचना ध्वस्त पार्दै जान थालेको वताउदै सयममै खानेपानीका संरचना व्यवस्थापन गरिदिन आग्रह गरेको सचिव ठाकुर भण्डारीले वताए ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*