Home / समाचार / नारायणपुरमा केसीमाथि सांघातिक आक्रमण

नारायणपुरमा केसीमाथि सांघातिक आक्रमण

दाङ,४ जेठ । गएराती दाङमा एक युवामाथि सांघातिक आक्रमण भएको छ । घोराही उपमहानगरपालिका वडा नम्ब १० नारायणपुरमा सुदन केसीको समूहले स्थानीय चिरण केसीमाथि सांघातिक आक्रमण गरेका हुन् । आक्रमणमा परि चिरण केसी घाइते भएका छन ।

aa

आक्रमण गर्ने सुदन केसी तत्कालिन नेकपा एमाले घोराही उपमहानगरपालिका कमिटिका सचिव थिए । सुदन समुहले सुनियोजित रूपमा चिरणमाथि आक्रमण गरेका थिए । आक्रमण गर्नेमा सुदन केसीसहित सुशील निउरे, धनु पौडेललगायतले ज्यान मार्ने उद्धेश्यले आक्रमण गरेको परिवारको भनाई छ ।

आफन्तको घरबाट फर्कने क्रममा केसीमाथि ज्यान मार्ने उद्धेश्यले एक्कासी आक्रमण गरेको परिवारको भनाई छ । ईलाका प्रहरी कार्यालय नारायणपुरले भने चिरण सवारी दुर्घटनामा परेको र सोही क्रममा भनाभन हुदाँ हात हालाहाल भएको बताएको छ । तर प्रहरीले भने घट्नामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*