Home / Feature Breaking news / रोकिएन ‘ह्वाइट गोल्ड’को अबैध उत्खनन्

रोकिएन ‘ह्वाइट गोल्ड’को अबैध उत्खनन्

खेमराज रिजाल
दाङ, १ जेठ । जिल्ला समन्वय समितिले पटक पटक लिखित तथा मौखिक जानकारी गराएर उत्खनन् नगर्न भनेपछि स्थानिय अधिकारको प्रयोग गरेको भन्दै ववई गाउंपालिका स्वयमले आफ्नो कार्यक्षेत्रका नदि, खोला तथा वन क्षेत्रबाट महिना दिन भन्दा बढि नदिजन्य पदार्थ ढुंगा, वालुवा र गिट्टी उत्खनन् र संकलन गर्यो, कतिपय संकलन गरी राखिएका छन्, कतिपय अन्यत्र निकासी भएको पनि अभियोग लगाइयो त कतिपय दाङ—सुर्खेत सडक स्तरबृद्धिकालागी उपलव्ध गराइयो । अन्ततः जिल्ला समन्वय समितिको अन्तिम निर्देशन पनि गाउंपालिकाले अबैध उत्खनन् रोक्न बाध्य भयो ।

दिनमा उत्खनन् त रोकियो, तर सांझपरेपछि रातीसम्म पनि कलम कापी बोकेका गाउंपालिकाका कर्मचारी बताउनेले उत्खनन्लाइ निरन्तरता दिंदै बोक्ने टेक्टरको टिपोट राख्न थालेका छन्, तर त्यसको रसिद भने टेक्टर धनीलाई उपलव्ध गराइंदैन । ववई गाउंपालिकाको च्यांटी खोला, ट्वाङखोला बन क्षेत्र रहेको वयरबट्टी(जुन क्षेत्रमा पर्दछ) र जलुके लगायतका क्षेत्रबाट वातावरणीय प्रभाव मुल्यांकननै नगराई खुलेआम उत्खनन् गरियो, तर यसलाई कुनैपनि निकायले कारवाही गर्न सकेनन् । बहुलाहा खोलामा पनि कहिकतै यसरी उत्खनन् भैरहेको स्थानियबासीहरुले उजुरी गरेपनि रोकिएको छैन ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको राईखल्यान नजिकै पातुखोलाबाट दर्जन बढि टिप्परले दिनहुं जेसीभीले उठाएको ढुंगा गिट्टी वालुवा उत्खनन् गरी क्रसर उद्योगहरुमा पु¥याउने गरिएको छ, जुन क्षेत्र स्पष्ट रुपमा सामुदायिक वनको क्षेत्र पर्दछ, तर उत्खनन रोक्न एक पटक पनि जिल्ला वन कार्यालयले कुनै पहल गरेको छैन । ‘कानुनमा नमिल्ने कुरा कसरी भयो ? यो त बुझौंला है’—जिल्ला वन अधिकृत जगदिशप्रसाद गुप्ता भन्छन्, वन क्षेत्रमा इआइए÷आइइइ गरेपनि कुनैपनि प्रकारको उत्खनन् गर्न मिल्दैन । तर यसको रोकावट राज्यका कुनैपनि निकायबाट हुन सकेको छैन ।’

ग्वारखोलामा पनि महेन्द्र हाइस्कुल पूर्वको क्षेत्रबाट दर्जनौं टिप्परमा जेसीभी लगाएर रातभर नदिजन्य पदार्थहरुको उत्खनन् भैरहेको छ, तर अनुगमन टोली बेल्चा लगाउने टेक्टरलाई पक्राउ गर्न पुग्छ । ‘रातभरी जेसीभीले ढुंगा वालुवा उठाउंछन्, जिल्ला समन्वय समितिको टोलीले दिउँसो ओसार्ने टेक्टरलाई समाउंछ’—स्थानियबासी जगतागाउं मज्गाउंका रोहित चौधरी सुनाउंछन्, गाउंलेले प्रतिवाद गर्न खोजे झडपको संभावना हुन्छ । यसरी उत्खनन् गरिएका सयौं टिप्पर नदिजन्य पदार्थहरु विभिन्न क्रसर उद्योगहरुमा खन्याइन्छन् । राजमार्ग नजिकैका क्रसर उद्योगमा ढुंगा गिट्टीका पहाड जोसुकै सर्वसाधारणले पनि देख्न सक्छन् ।
देउखुरीका नदिजन्य पदार्थहरुको नजिकैका क्रसर उद्योग लगाएत सिमा नाकाबाट भारतसम्म पनि तस्करी हुंदै आएको स्थानियबासी बताउंछन् । खोलाको ओभर डिपोजिट हटाउने भन्दै स्थानिय तहका पदाधिकरीहरुनै अबैध उत्खनन्मा लागेका छन् । राप्ती नदिको अमिलिया क्षेत्र होस वा गढवा आसपासका क्षेत्रबाट यसरी स्काभेटर लगाएर अबैध रुपले नदिजन्य पदार्थ उत्खनन् भैरहेको छ । केहि स्काभेटरसहित पक्राउ पनि पर्दै आएका छन्, तर सामान्य जरिमाना नै उनीहरुको अन्तिम कारवाही हो । यसो गरेका कारण कुनै मुद्धामामिला झेल्नुनपर्नेमा अबैध उत्खनन् गर्ने र ओसारपसार गर्नेहरु ढुक्क छन् ।

अझ पछिल्लो समयमा जनप्रतिनिधिकै संरक्षणमा त्यस्ता अबैध कामहरु ह्ुनथालेपछि प्राकृतिक विनासप्रति स्थानियहरुको चिन्ता बढ्न थालेको छ । पक्राउ गरी जरिमाना तिराउंदैमा अबैध उत्खनन् नरोकिने पनि स्थानिय नागरीकहरुले बताउंदै आएका छन्, तर यसले नदिजन्य पदार्थ कारोवारीहरुलाइ भने अबैध उत्खनन्मा कुनै समस्या देखिएको छैन । वेल्चा लगाएर उत्खनन् र संकलन संभव नभएको भन्दै तोकिएको मापदण्डमा रहेर मेसिन प्रयोग गर्न दिनुपर्नेपनि व्यवसायीहरुले बताउंदै आएका छन् ।

पछिल्लो समयमा दाङ जिल्लामा ढुंगा गिट्टी र वालुवालाइ ‘ह्वाइट गोल्ड’का रुपमा लिन थालिएको छ । जिल्लामा सवैभन्दा आर्थिक चलखेल यहि क्षेत्रमै हुने भएको तथा आम्दानीको दर पनि अत्यधिक हुने भएकाले यो व्यापारलाइ ह्वाइट गोल्डको व्यापारका रुपमा लिइंदै आएको छ । दाङमा प्रसस्तै चुन ढुंगा खानी लगायत नदिजन्य पदार्थ ढुंगा गिट्टी र वालुवाको पनि प्रयाप्त उपलव्धता भएसंगै बर्षेनी अबैध उत्खनन् बढिरहेको छ । यसको प्रत्यक्ष असर जैविक विविधता र प्राकृतिक श्रोतको उपयोगमा पर्दै आएको छ । अबैध उत्खनन्का कारण खोला भासिंदै जांदा सयौं विगाहा खेतीयोग्य जमिनहरु सिंचाइ सुविधाको अभावमा बांझै रहंदै आएका छन् भने प्राकृतिक विनासको समेत संभावना बढेर गएको सरोकारवालाहरुले बताएका छन् ।
‘नियम विपरीत चलेका क्रसर उद्योग बन्द’

यसैबीच जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिका वडा न ७ को कालितारा र ओदालेमा भएको अवैध ढुंगा उत्खननको लागि छानविन गर्नको लागि समिति गठन गरेको छ । जिल्ला समन्वय समिति दाङको सोमवार बसेको बैठकले छानविनको लागि उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी र इञ्जिनियर बासुदेव भण्डारी छन् । समितिले एक साताभित्र आफनो प्रतिवेदन बुझाउने त्यसको आधारमा थप कारवाही प्रक्रिया थाल्ने जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए । बैकठले जिल्ला समन्वय समितिले ठेक्का लगाएका स्थानदेखि अन्यत्र ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ ( ढुँ्गा, गिट्टी र बालुवा) उत्खनन गरि जिल्ला समन्वय समितिको रसिदबाट बैधानिकता दिई राजश्व असुल गरिएकोमा उक्त अवैधानिक कार्यलाई पुर्ण रुपमा बन्द गर्न सम्बन्धित निर्माण व्यवासयी ठेकदारलाई सचेत गराएको छ ।

बैठकले पटक पटक निर्देशन दिदा समेत पुर्ण रुपमा बन्द नभएकोले कानून बमोजिम कारवाही र ठेक्का समेत रद्ध गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरेर बैकठले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरिने र नियमविपरित सञ्चालन भएको क्रसर उद्योगलाई बन्द गरिने त्यो कार्यमा सघाउन सम्पुर्ण जनप्रतिनिधि र नागरिकमा अनुरोध गरेको छ । बैठकले जिल्ला समन्वय समितिका कार्यरत केही कर्मचारीलाई काजमा स्थानीयतहमा पठाउने लगायतका निर्णयहरु गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले वताए । यस अघि पनि जिल्ला समन्वय समितिले कर्मचारीलाई स्थानीयतहमा पठाएको थियो ।

जिल्ला समन्वय समितिमा अझैपनि दरबन्दी भन्दा धेरै कर्मचारी कार्यरत छन् । ति कर्मचारीलाई पनि छिटटै पठाउने जिल्ला समन्वय समितिले जनाएको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो ।

गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*