Home / Feature Breaking news / पश्चिम दाङमा तोरीे जोन

पश्चिम दाङमा तोरीे जोन

लिलाधर वली

दाङ,१ जेठ । जिल्लामा तोरीको उत्पादनलाई बढाउदै किसानहरुलाई तोरिवालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पश्चिम दाङलाई तोरी जोनका रुपमा विकास गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत पश्चिम दाङका बबई गाउपालिका, दंगीशरण गाउपालिका, शान्तिनगरगाउपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १ र २ लाई समेटेर ‘तोरी जोन’का रुपमा विकास गर्ने भएको हो ।

परियोजना अन्तर्गत आगामी बर्षदेखि उक्त क्षेत्रको करिव १ हजार २ सय हेक्टर जमिनलाई समेटेर तोरी जोन बनाउन थालिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना काठमाडौका अनुगमण तथा मुल्याङक अधिकृत गोविन्द शर्माले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र जिल्ला कृषि विकास कार्यालय दाङले सोमवार घोराहीमा तोरी जोन कार्यक्षेत्र निर्धारण सम्वन्धी सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो ।

‘उक्त क्षेत्रमा तोरी उत्पादनलाई बढाउदै किसानहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक तोरी जोन लागु गरिदै छ’,परियोजनाका अनुगमण तथा मुल्याकङकन प्रमुक शर्माले भने,‘तोरी जोन लागुभएपछि तोरी उत्पादनसँगै प्रशोधनको काम समेत हुने भएको छ ।’ जोन अन्तर्गत कृषि व्यवसाय प्रवद्र्धनका लागि कृषि बजार केन्द्र स्थापना, श्रोतकेन्द्र सहयोगका लागि मुलबिउ,नर्सरी,प्राविधि तथा प्राविधिकतर्फ प्राविधिक सहायक,कृषि स्तानक विषय विशेषज्ञ,माटो,बिउ,बालि,संरक्षण तथा खाद्य प्रविधिमोवाईल प्रयोगशाला सेवा किसानहरुलाई उपलव्ध गराइने भएको छ ।

क्mृषि व्यवसाय प्रवद्र्धनका लागि कृषि औजार,साना सिचाई सहयोगतर्फ स्याले ्रडिप टयूवबेल,पानी पोखरी,थोपा सिचाईलगाएत्का अन्य आधुनिक सिचाई,पोष्ट हार्वैष्ट सेन्टरतर्फ तोरी प्रशोधन केन्द्र, ग्रेडिङ,प्याकेजिङ तथा संकलन केन्द, गोदाम घर निर्माण गरिने भएको अनुगमण तथा मुल्याङकन प्रमुख शर्माले वताए ।

दश बर्षसम्म सञ्चालन हुने परियोजनाका लागि एक अर्व ३० खर्व बजेट बिनियोजन गरिएको छ । अहिलेसम्म विभिन्न बाली तथा माछाकालागि देशभर ३९ वटा जोनहरु बनाईएको भन्दै शर्माले आगामी बर्षमा देशभरमा थप ३४ वटा विभिन्न बालीहरुका जोनहरु क्षेत्रहरु ीनर्माण गरिने बताएका थिए ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तोरीको उत्पादन वृद्धिसँगै किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तोरी जोन क्षेत्र निर्धारण गरिनु अत्यन्त राम्रो भएको भन्दै यसले तोरी उत्पादनमा वृद्धिसँगै बजारीकरणमा पनि सहयोग पु¥याउनुपर्ने बताएका थिए । कार्यक्रममा शान्तिनगर गाउपालिका अध्यक्ष कमानसिंङ डाँगीले पश्चिम दाङलाई तोरी जोनको रुपमा विकास गर्ने कार्यक्रमलाई स्वागत गर्दै परियोजनाले तोरी उत्पादनलाई वृद्धि गर्दै कृषको आयस्तरमा वृद्धि गर्न सक्नुपर्ने बताए । ‘कृषिको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुने तर अन्त्यमा खास्सै प्रतिफल नदेखिने अवस्था रहेको छ’,अध्यक्ष डागीले भने,‘तोरी जोन त्यस्तो नबनोस,परियोजनाले कृषिको आधुनिकरणसँगै जीवनस्तरमा सुधार ल्याओस ।’

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले तोरी उत्पादनसँगै भण्डारीमा किसानहरुलाई सहयोग आवश्यक रहेको बताए । परियोजनाले विशेष स्थान छनोट गरेर उक्त क्षेत्रमा तोरी उत्पादनसँगै बजारीकरणमा मद्धत पु¥याउने भएकाले किसानहरुलाई आत्मनिर्भर बनाउन परियोजनाको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

त्यस्तै दंगीशरण गाउपालिका अध्यक्ष भागीराम चौधरीले परियोजनाले कृषिको आधुनिकरण गर्दै तोरी बाली उत्पादनलाई बढाउन विशेष भुमिका खेल्ने बताए । पश्चिम दाङ तोरीकालागि विशेष क्षेत्र रहेकाले पनि परियोजनाले किसानहरुलाई ठुलो सहयोग पु¥याउने गाउपालिका अध्यक्ष चौधरीको भनाई थियो ।

कार्यक्रममा किसानहरुले तोरीवालीको उत्पादनसँगै भण्डारण र बजारीकरणमा राज्यले सहयोग आफुहरुले तोरी उत्पादनमा कुनै प्रकारको कमी हुन नदिने बताएका थिए । सरकारले शान्तिनगर,दंगीशरण,बबईसँगै साविक पवनगरगाविसमा रहेका करिव १२ सयदेखि १५सयसम्म जमिनलाई तोरी जोनको रुपमा विकास गर्न थालेको हो । कार्यक्रमका सहभागीहरुलाई औद्योगिक बाली विकास शाखाका प्रमुख रमेशप्रसाद कोइरालाले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दिपक शर्माले गरेका थिए । दाङमा देउखुरीको लमही नगरपालिका र राप्तीगाउपालिकालाई मकै सुपरजोन,गढवा र राजपुर गाउपालिकाको केही भागलाई माछाको व्लक, घोराही उपमहानगरपालिकालाई तरकारी,तुलसीपुर उपमहानगरपालिकालाई माहुरीपालनमा परियोजनाले सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*