Home / Feature Breaking news / सुर्केडाँगी–राईटारीमा पानीको संकट खोलाको पानी पिउदै स्थानीय

सुर्केडाँगी–राईटारीमा पानीको संकट खोलाको पानी पिउदै स्थानीय

लिलाधर वली
दाङ,३० बैशाख । घोराही उपमहानगरपालिकाका–२ सुर्केडाँगीमा खानेपानीको अभाव छ । त्यो गाउँमा अधिकांस थारु समुदायको बसोबास छ । गाउँका स्थानीयवासीहरु बर्साैदेखि खानेपानीको समस्या झेल्दै आएका छन । गाउँका हुने खाने घरपरिवारहरुले घरमा इनार खनेर पानी पिउने गरेपनि कमजोर आर्थिक अवस्था भएका परिवारहरु खोलाको पानी पिउन बाध्य छन् ।

स्थानीय सुस्मीता चौधरीले गाउँमा खानेपानीको अभाव भएको वताइन । शनिवार विहान स्थानीय चेपे खोलाको जरुवामा गाग्री लगेर पानी भर्न पुगेकी चौधरीले बषौदेखि यो ठाउँवाट पानी लग्दै आएको बताइन । ‘खोलामा भल आएको बेला बाहेक अन्न समयमा आफनोघरसँगै गाउँका १५÷१६ घरपरिवारले खोलामा जरुवा बनाएर पानी खाने गरेका छन’ उनले भनिन ‘पछिल्लो समय केही हुने खाने व्यक्तिहरुले घरमा कुवा बनाएर खाने गरेका छन तर आर्थिक रुपमा कमजोर घरपरिवारका मानिसहरु जरुवाकै पानी पिउने गरेका छन ।’ उनका अनुसार आफुले थाहा पाउनेभएदेखि आफनो परिवारले त्यही खोलामा जरुवा बनाएर पानी खाने गरेको बताइन ।

khanepani muhan

‘मैले थाहा पाएदेखि यहि खोलाको पानी पिउनेदेखि नहुवाउने,कपडा धुने,भाडा माझने गरेका छौँ’,उनी भछिन,‘पानी खानलाई कुवा धारा भएको भए,किन खोला आउनु पथ्यो ।’ वडा नंं १ को राईटारीको दलित बस्तीमा पनि खानेपानीको समस्या उस्तै छ । करिव एक दशक पहिले आरआरएनले बनाइदिएको खानेपानी ट्याङकी विग्रिनुका साथै पानीको मुलसुकेपछि राईटारीका करिव २५ दलित घरपरिवारहरु खानेपानीको समस्या बर्सौदेखि झेल्दै आएका छन । ‘गाउँमा खानेपानीको धारा आएपछि केही सहज भएको थियो’,स्थानीयवासी सिर्जना नेपालीले भनिन्,‘तर त्यो सहज धेरै बर्ष टिक्न सकेन,पानीको मुल सुकेपछि धारामा पानी आउन छोड्ने ट्याङकी पनि विग्रिएको छ ।’ धारामा पानी आउन छोडेपनि खानेपानीका लागि गाग्री बोकेर छिमेकी गाउँसम्म पुग्ने गरेको उनले वताइन ।

गतबर्ष स्थानीयवासीहरुले पैसा उठाएर खोलामा कुवा खनेर विद्युतको माध्यमवाट एउटा धारा ल्याएका छन । त्यही कुवाको पानी पुरै गाउँवासीहरुले पानी खाने गरेका छौँ । ‘जे होस अघिपछि एउटा कुवाको पानीले गाउँहरुलाई जसो त सो खान पुगेको हुन्छ’,नेपालीले भनिन्,‘तर गर्मी मौषममा धौ धौ हुने गरेको छ ।’ विहान मोटर चलाएर गाग्रीमा भरिएको पानी सकिएपछि दिउँसो गाग्रो बोकेर पानीका लागि कहिले बाहुन डाडाँ तँ कहिले बुकागाउँका खोलाहरुमा पानी ल्याउन जाने गरेको उनको भनाइ छ । चुनावका समयमा उम्मेदवारहरुको एजेण्डा बनाउने गरेपनि चुनाव जितेपछि विर्सिने गरेको नेपालीको गुनासो छ ।

स्थानीय देवप्रसाद विश्वकमाले पनि गाउँमा पानीको संकट भएको वताए । झण्डै ५० काटेका विश्वकमाले आफुले थाहा पाउदादेखि नै राईटारीगाउवासीहरुले खानेपानीको समस्या भोग्दै आएको बताए । ‘ हाम्रो गाउँमा खानेपानीको समस्या आजको मात्र होइन बर्षौ बर्ष पहिलेको हो’, विश्वकर्माले भने,‘खानेपानीको व्यवस्था गरिदिन तत्कालिन गाविस कार्यालदेखि अहिलेका नेताहरुलाई पटक पटक भनेपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।’ खानेपानीको भरपर्दाे माध्यम नहुदा स्थानीयवासीहरु अहिले पनि खोलामा गएर जुरुवाको पानी ल्याउनुपर्ने बाध्य छन् । गाउँमा हुने खाने एक दुई घर परिवारहरुले खोलामा कुवा खनेर मोटरका माध्यमवाट पानी घरसम्म ल्याउने गरेपनि अधिकांस दलित बस्तीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
सुर्केडागी,राईटारीलगाएत वडा नं. १ र २ का अधिकांस गाउँमा खानेपानीको समस्या हुने गरेको छ । सुक्दै गएका पानीका मुहानसँगै भरपर्दाे खानेपानीको बैकल्पीक माध्यम नहुदा स्थानीयवासीहरुले खानेपानीको समस्या भोग्नु परेको छ । खानेपानीको समस्या समाधान गर्न निर्वाचित गरेका जनप्रतिनिधिहरुले पहल नगरेको स्थानीयवासीहरुको गुनासो छ । तर वडा न २ का अध्यक्ष केशव आचार्यले गाउँमा खानेपानीको लागि पहल भएको वताएका छन् । सुर्केडागीलगाएतका गाउँहरुमा खानेपानी समस्या समाधानका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपैया बिनियोजन गरेको उनले वताए ।

त्यो रकमले डिब बोरिङ स्थापना गर्ने योजना भएको समेत वडा अध्यक्ष आचार्यले वताए । स्थानीयवासीहरुका विवादका कारण निर्माणमा ढिला भएको छ’ आचार्यले भने ‘ विवाद मिलाउने काम भएकोले अव योजनाको काम अघि बढछ ।’ गाउँमा खानेपानीको समस्या समाधान गर्ने र निर्वाचनका क्रममा ‘मेयरसाप’ले गरेको बाचा अनुसार नै नगरस्तरिय योजनावाट डिपबारिङ निर्माणकालागि १५ लाख रुपैया बिनियोजन गरिएको वडा अध्यक्ष आचार्यले वताए । सुर्केडाँगी घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको गाउँ समेत हो । ‘डिपाबोरिङ निर्माणभएपछि गाउँमा खानेपानीको समस्या समाधान हुने छ’ वडा अध्यक्ष आचार्यले भने ‘ त्यसको लागि अव खानेपानीको काम हुन्छ ।’ उनका अनुसार १ सय ९० घर मध्ये ५० प्रतिशत घरहरुमा खानेपानीको समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*