Home / Feature Breaking news / सामुदायिकका शिक्षक अङग्रेजी सिक्दै

सामुदायिकका शिक्षक अङग्रेजी सिक्दै

तुलसीपुर, ३० वैशाख । तुलसीपुरका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि अँग्रेजी माध्यम शिक्षण तालिमको आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सनिवारदेखि तालिम सुरु गरेको हो । कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण वढाउनका लागि आफु प्रतिवद्ध रहेको बताए । सामुदायिक विद्यालयहरुले विद्यार्थी झिकाउन, झिकाएका विद्यार्थीहरुलाई टिकाउन र टिकेका विद्यार्थीहरुलाई विकाउनमा ध्यान दिनुपर्ने उनकोे भनाई थियो ।

सरकारले शिक्षामा गरेको लगानी वढाउन आवश्यक रहेको वताउँदै पाण्डेले तुलसीपुर उपमहानगरले शिक्षा सुधारका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि यसै शैक्षिक सत्रबाट अँग्रेजी माध्यमको पठनपाठनको सुरुवात गर्न लागेको छ । नेपाली माध्यममा अध्यापन गराइरहेका शिक्षकहरुलाई अँग्रेजी माध्यममा कसरी शिक्षण गर्ने भनेर तालिमको आयोजना गरिएको हो । विगतदेखि नै शिक्षण गर्दै आएका शिक्षकहरुलाई अँग्रेजी माध्यमबाट कसरी अध्यापन गराउने भनेर तालिमको आयोजना गरिएको स्रोत व्यक्ति मुकुन्द रिजालले बताए ।

अँग्रेजी माध्यमबाट अध्यापन गराउने तरिकाका वारेमा नयाँ कुरा जान्न पाउँदा शिक्षकहरुले पनि नयाँ अनुभुति गरेका छन् । प्राथमिक विद्यालय कुमालगाउँकी शिक्षिक चन्द्रिका ढकालले तालिम पश्चात अँग्रेजी माध्यममा अध्यापन गराउन आफु सक्षम हुने बताइन् । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउनका लागि नमुना कार्यक्रम स्वरुप तुलसीपुर उपमहानगरपालिकाले अँग्रेजी माध्यममा अध्यापन गराउने कामको सुरुवात गरेको शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले बताए ।

यसै शैक्षिक सत्रबाट उपमहानगरपालिकाका ३५ विद्यालयहरुले कक्षा १ बाट अँग्रेजी माध्यमको पठनपाठनको आरम्भ गर्दैछन् । अँग्रेजी माध्यमको शिक्षण कार्यलाई प्रभावकारी वनाउनका लागि तालिमको आयोजना गरिएको हो । तालिममा पुस्करनाथ अधिकारी, रिमवहादुर खड्का, लोकवहादुर वस्नेत, रामहरी रिजाल, बब्लु शर्मा, मुकुन्द रिजाल र विष्ण केसीले अँग्रेजी, गाणित र विज्ञान विषयका वारेमा प्रशिक्षण दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*