Home / Feature Breaking news / ५ सय ७१ सहकारी सस्था स्थानीय तहमा हस्तान्तरण

५ सय ७१ सहकारी सस्था स्थानीय तहमा हस्तान्तरण

लिलाधर वली
दाङ,२७ बैशाख । डिभिजन सहकारी कार्यालय दाङले ५ सय ७१ सहकारी सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । डिभिजन सहकारी कार्यालय ५ जिल्लाका ५ सय ७१ सहकारी सस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरेका हो ।

कार्यालयले सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान जिल्लाका स्थानीय तहलाई सहकारी अभिमुखीकरणसहितको कार्यक्रमको आयोजना गरि सहकारी सस्थाहरु हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । जसमा सल्यान जिल्लामा १ सय ५५, पूर्वी रुकुम जिल्लामा ३३, रुकुम पश्चिम जिल्लामा १ सय ७ , रोल्पा जिल्लामा १ सय ३२ र प्युठान जिल्लामा १ सय ४४ सहकारी सहकारी सस्था स्थानीय तहलाई डिभिजन सहकारी कार्यालयले जिम्मा लगाएको सूचना अधिकारी पौडेलले बताए ।

तर दाङमा भने आगामी जेठको पहिलो हप्तासम्म सहकारी सस्थाहरु हस्तान्तरण गर्ने भएको छ । ‘डिभिजन कार्यालय दाङअन्तर्गत रहेका सहकारी सस्थाहरु स्थानीयतहलाई हस्तान्तरण गर्न केन्द्रले परिपत्र गरेपछि हामीले दाङ बाहिरका जिल्लावाट हस्तान्तरणको काम सुरु गरेका थियौँ’,सूचना अधिकारी पौडेलले भने,‘दाङ बाहिरका जिल्लामा सहकारी हस्तान्तरणको काम सकिएको छ,अव दाङका स्थानीय तहलाई सहकारी हस्तान्तरणको लागि फाईल मिलाउने काम भैरहेको छ ।’ सम्पुर्ण काम सकिएपछि आगामी जेठको पहिलो हप्तासम्म दाङका स्थानीयतका लागि एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरि सहकारी सस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी कार्यालयले गरेको उनले बताए । त्यसपछि बचेका सहकारी सस्थाहरुलाई प्रदेश र केन्द्रमा कार्यालयले हस्तान्तरण गर्ने छ ।

नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधानअनुसार कार्यालयले सहकारी सस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरेको हो । राप्तीका छ जिल्ला मध्य ५ जिल्लाका एउटै स्थानीयतहमा कार्यक्षेत्र भएका सहकारी सस्थाहरु स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ । तर दुई स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी सस्थाहरु भने कार्यालयले प्रदेशमा र दुई जिल्लामा कार्यक्षेत्र भएका सहकारी सस्थाहरुलाई केन्द्रमा हस्तान्तरण गर्ने तयारी गरेको पौडेलले बताए ।

उनका अनुसार केन्द्र र प्रदेशमा हस्तान्तरण गर्नुपर्ने सहकारी सस्थाहरु करिव दुई सय रहेका छन । सूचना अधिकारी पौडेलका अनुसार यस्ता सहकारी सस्थाहरु सल्यानमा २५, पूर्वी रुकुममा ११, पश्चिमी रुकुममा ४९, रोल्पामा ३३ र प्यठानमा ५५ वटा गरि जम्मा १ सय ७३ वटा सहकारी सस्थाहरु रहेका छन । डिभिजन सहकारी कार्यालयले दाङसहित सल्यान, पूर्व रुकुम, पश्चिम रुकुम, रोल्पा र प्यठानका सहकारीहरु हेर्दै आएको थियो ।

कार्यालयका अनुसार दाङमा ६ सय ४७, रोल्पामा १ सय ६५, सल्यानमा १ सय ८०, पूर्वी रुकुममा ४४,पश्चिम रुकुममा १ सय ५६ र प्युठानमा १ सय ९९ गरि विभिन्न उद्देश्यका राप्तीका ६ जिल्लामा १ हजार ३ सय ९१ वटा सहकारी सस्थाहरु रहेका डिभिजन सहकारी कार्यालय दाङले जनाएको छ । सरकारले यहि आउने असार १५ गतेसम्म डिभिजन सहकारी कार्यालय अन्तर्गत रहेका सहकारी सस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गर्न परिपत्र गरेपछि कार्यालयले आफना मातहतमा रहेका सहकारी सस्थाहरु स्थानीयलाई हस्तान्तरणपछि प्रदेश र केन्द्र सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*