Home / मनोरञ्जन / हाउडे मायाँको ‘मिठो बोली’

हाउडे मायाँको ‘मिठो बोली’

दाङ, २४ वैशाख ।
संगितको पहिलो परिक्षा नजिकीदै थियो । प्रतिष्पर्धाले खारिएको यो क्षेत्रमा नतिजा कस्तो आउला ? मनमा अनेकन प्रश्नहरु उब्जिईरहेका थिए । परिक्षामा होमिनु त थियो नै ।

सिर्जना खत्री ‘हाउडे मायाँ’ को ‘बर्णन’ सहित परिक्षामा सामेल भईन् । गायन सोचे भन्दा राम्रो बन्यो । अब नतिजाको चिन्ता थियो । गायकीमा राम्रो मेहनत , बोल्ड भोकल पप प्याटर्नको ‘हाउडे मायाँ’ बोलको गीतबाट सिर्जना परिक्षामा सफल बनिन् ।

sirjana khatri

‘त्यो मेरो पहिलो परिक्षा थियो, रेस्पोस कस्तो आउला ? भन्ने मनमा खुलदुली भैरहेकै थियो,’उनले भनिन् ‘गीतले पाएको राम्रो रेस्पोन्सले यो क्षेत्रमा उर्जा मिल्यो ।’

दुइबर्ष अघि रेकर्ड भएको पहिलो गीत ‘हाउडे मायाँ’ले सिर्जनालाई संगित क्षेत्रमा राम्रै क्लिक गराईदियो । यहाँ सम्मकी संगित बजारमा सिर्जनाको उपनामै यहि गीत बनिदियो ‘सिर्जना खत्री उर्फ हाउडे मायाँ ।’ यो गीतबाट मिलेको उर्जावान सफलताले सिर्जनालाई थप सृजनशिल बन्न उत्प्रेरित गर्यो ।

s 3

पप गायकीबाटको संगित यात्रालाई सिर्जनाले आफ्नो गायन विधालाई केहि थोरै तोडमोड गर्ने प्रयास गरिन् । पप बाट ‘लोक बेस’को धार पकडेकी सिर्जनाले दोस्रो गीत बजारमा ल्याईन् ‘ सिरमा सिन्दुर ।’ संगित क्षेत्रमा जम्नु थियो, सिर्जना यो गीतमा पनि उत्तिकै फिट बनिन् । ‘दोस्रो गीतबाट पनि मैले धेरै मायाँ पाएँ,’उनले भनिन् ‘दोस्रो गीतले मलाई यो फिल्डमा थप परिचित गरायो ।

s 1

हाउडे मायाँबाट गायन यात्रा प्रारम्भ गरेकी सिर्जना उर्फ ‘हाउडे मायाँ’ ले तेस्रो गीत लाहुरे मायाँ बजारमा ल्याईन् । यो गीतले उनको संगित यात्रामा कायापलटनै ल्याईदियो । गीत सुपरडुपर मात्रै बनेन सिर्जनालाई पप गायिकाको सुचीमा उच्च स्थानमा पुर्याईदियो । ‘म पप गायिका भनेर चिनाएको मुख्य गीतनै यहि हो,’उनले भनिन् ‘लाहुरे मायाँले मलाई दिएको प्रेमले नै म अहिलेको यो स्थान सम्म पुगेँ ।’ यहि गीतको चर्चाकै कारण अहिले उनको क्रेज स्टेज कार्यक्रममा समेत उत्तिकै बढेको छ । उनि अहिले देश विदेशका स्टेज कार्यक्रममा आमन्त्रण भईरहेकी छिन् ।

s 4

दुईबर्ष देखि निरन्तर संगित यात्रामा रहेकी सिर्जना पछिल्लो गीत ‘मिठो बोलीको’ बोलको गीतबाट संगित बजारमा छाईरहेकी छिन् । छोटो समयमै गीतलाई प्राप्त स्रोताको मायाँले सिर्जनालाई झनै पुलक्कीत पारिरहेको छ । ‘छोटो समयमै यो गीतलाई धेरै मायाँ मिलिरहेको छ,’उनले भनिन् ‘दर्शक स्रोताबाट राम्रो प्रतिकृया पाईरहेकी छु ।’ पछिल्लो यो गीतमा शब्द सिर्जना आफ्नै रहेको छ भने संगित मनोजराज सिवाकोटीले भरेका छन् ।

सिन्धुपाल्चोककी सिर्जना सञ्चार क्षेत्रबाट संगितकर्ममा आएकी हुन् । उनि सगरमाथा टेलिभिजनमा कार्यरत छँदा संगित क्षेत्रमा फड्को मारेकी हुन् । संगित क्षेत्रमा मिललेको सफलताले उनलाई संगित क्षेत्रमा निरन्तर रहने उर्जा प्रदान गरेको छ । उनि भनिछन् ‘अब संगित क्षेत्रमा निरन्तर रहने छु ।’

भिडियो हेर्नकालागि यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*