Home / Feature Breaking news / हाँस्ने दिन, तर कसरी ?

हाँस्ने दिन, तर कसरी ?

kp subedi

के.पी. सुवेदी
सबैलाई हाँसेर जिउने इच्छा हुन्छ । हाँसो या खुशी त्यस बेलामा हुन्छ जुनबेला मानिस सबै प्रकारका पीडाहरुबाट छुटेको महशुस गर्न सक्छ । यद्यपि, त्यो क्षणिक हुनुसक्छ । तर दिल खोलेर अनायस हाँसो हाँस्नुलाई सच्चा हाँसो मानिन्छ । उल्लासपूर्ण हाँसो यदि नियोजित रुपमा हाँस्नु हाँसो होइन, त्इो कसैलाई तर्साउन या जिस्काउन पनि मानिसहरु नक्कली हाँसे हाँसने गर्छन्, त्यो एक प्रकारको घमण्डले मुखाकृतिमा उतारेको अस्लील प्रदर्शन हो । यस प्रकारको हाँसोले तन र मनलाई स्वस्थ एवं स्वच्छ राख्न कुनै सकारात्मक योगदान गर्दैन । हाँसो स्वास्थ्यको लागि अत्यावश्यक अभ्यास भनेर भनिएको छ ।

त्यसैले वर्षमा एक दिन मन खोलेर हाँसौं भन्ने आजको दिनको मुख्य आशय हो । सधैं मन अमिलो पारेर निन्याउरो अनुहार लगाउनेहरुप्रति लक्षित ‘विश्व हाँस्ने दिन’ आज सबै प्रकारका तनावहरुबाट एकछिन् मुक्त रहौं भनिरहँदा हाँसन कसरी सिक्नुपर्छ र हाँसोले शरीर र मनमा कसरी गुण्कारी रस उत्पादन गर्छ भनेर प्रेरणा स्रोत खोजी गर्ने दिन हो । हाँसने एउटा कला हो । विभिन्न विधामध्य हाँस्ने विधा पनि एकप्रकारका सर्जकद्वारा सिर्जना गर्न सकिने प्रतिभा हो ।

यस्तो प्रतिभा हाँस्य कलाकारहरुमा हुन्छ भन्ने सबैलाई ज्ञान छ र कतिपय कलाकारहरुको प्रस्तुतीले पेटै दुख्ने गरी हँसाएको अनुभव प्राय सबैसँग हुन्छ । मनोरञ्जनका लागि गरिने त्यस प्रकारका हास्य मञ्चनहरु सक्कली हाँसो होइनन्, कलाकारले हाँसेको अभिनयमा सामाजिक विकृतिहरुप्रति कला र अभिनयको माध्यमबाट देख्ने र सुन्नेलाई मनोरञ्जन दिँदै चतनामूलक सन्देश दिइरहेका हुन्छन्, त्यसैले उनीहरु आफ्नो पीडा लुकाउन पनि कलाको साधना गर्छन् । वास्तवमा व्यथाहरुबाट उम्किने आफ्नो प्रयासलाई अरुका सामूमा हाँसो पस्किन बाध्य भएका हुन्छन् । त्यसकारण जसले अरुलाई हँसाउँछ, मनोरञ्जन दिलाउँछ ऊ आफू हाँस्दैन, केवल हाँसेको अभिनय गर्छ ।

त्यसैले हाँस्ने कलाले आजको दिनको सान्दर्भिकता मेल खाँदैन, तर मनभित्रैबाट हाँसो उठेर खित्का छोडेर हाँस्नु स्वास्थ्यका लागि फाइदा जुन कुनै हुन्छ नत्र भने प्रशिद्ध नेपाली आधुनिक गायिका कुन्ति मोक्तानको गीत जस्तै –‘नहाँसु भने सरीबलाई पिर म हाँसु कसरी, रोउँल राति भनेर आँसु म साँचु कसरी’ भनेजस्तै दुनियालाई देखाउन मात्र हाँस्नु स्वास्थ्यको लागि लाभदायक हुँदैन । मानिस स्वभावका हिसाबले दुई प्रकारका हुन्छन् । एउटा सधैं उदास हुने, दुःखी छु भन्ने मनोदशामा पिल्सिने, अरुले गरेका राम्रा काम र त्यसमा प्राप्त गरेको यसप्रति इष्र्या गर्ने हुन्छ– केही मानिसहरु जो वास्तवमा मनोरोगी जस्ता हुन्छन् ।

आफू सधैं नकारात्मक चिन्तन मात्र गर्छन्, अरुले गरेका राम्रो काममा व्यवधान उत्पन्न गरेर आफ्नो सफलता निहित रहेको ठान्ने गर्छन् । उनीहरु कहिल्यै खुशी हुन सक्तैनन् । साथै त्यसमध्येका केही व्यक्ति धन, धान्यपूर्ण ऐश्वर्यका धनी भएर पनि असन्तोषी भएर अनावश्यक स्प्रधामा होमिन्छन् । उनीहरु सबै दुःखी हुन्छन् । यो संसारमा सबैभन्दा श्रेष्ठ मान्छे को हो न कसैलाई थाहा छ । न त थाहा पाउन कुनै मापदण्ड छ । मानिस यदि कसैसँग प्रतिस्पर्धा गरिरहेको महशुस ग¥यो भने स्वतः दुःख र पीडित हुन कसैले रोक्न सक्तैन ।

अब अर्को थरिको मानिस पनि छ, जसले कुनै विषयमा कसैसँग प्रतिस्पर्धा पनि देख्दैन । गरिराख्ने आवश्यक पनि सम्झन्न, निरन्तर केही गरिरहन्छ । बेफुर्सद रहेर आफ्नो कार्यमा सफलता हासिल गरेकै हुन्छ । त्यसलाई सधैं खुशी देखिन मन लाग्छ, हुन्छ पनि त्यस्तै । केही मानिसहरु अरुलाई (आफ्ना भन्नेहरु) खुशी राख्ने कोशिस गर्दागर्दै दुःखमा रमाउँछन् र अन्त्यतिर आफैले उनको ओंठको हाँसो सधैंका लागि निमोठेर फालिदिन्छन् । हो, त्यस्तैका लागि एक दिन भए पनि मन फुकाएर हाँस्ने दिनको कल्पना गरिएको होला । भावना भनेको निराकार हुन्छ । त्यसलाई जसरी सम्झ्यो त्यस्तै आकारमा कल्पना गर्न सकिन्छ ।

तर, यथार्थमा अरुको खुशीमा रमाउन सिकौं, हुन त यो संसारमा सुख त्यहाँ पनि छैन आफ्ना सन्तान खुशी भए सधैं सबै पुगेका ठान्ने बुबाआमा बृद्धावस्थामा बृद्धाश्रममा रोएर बित्ने गरेका घटनाले उक्तिलाई खण्डन गरेको देखिन्छ । सबै पुस्ताका लागि सबै पुस्तामा अरुलाई खुशी राखेर रमाउने संसकार बसाल्ने सुनौलो कल्पनाबाट आजको दिन मनाउन शुरु गरिएको होला । र, सबैलाई यस्तै चिन्तन गर्न प्रेरणादायी बनोेस् अप्रिल–५ अर्थात् आजको दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*