Home / Feature Breaking news / कृषि विकास वैकद्धारा ९ महिनामा करिव ५ अर्व लगानी

कृषि विकास वैकद्धारा ९ महिनामा करिव ५ अर्व लगानी

अमरराज आचार्य
दाङ, २२ बैशाख । कृषि विकास वैक क्षेत्रिय कार्यालय दाङले ९ महिनामा करिव ५ अर्व लगानी गरेको जनाएको छ । क्षेत्रिय कार्यालयले आर्थिक वर्ष २०७४÷ ०७५को चैत महिनामा सम्ममा ४ अर्व ८५ करोड ४३ लाख रुपैया लगानी गरेको जनाएको छ । यो लगानी राप्तीका ५ जिल्लामा गरीएको क्षेत्रिय कार्यालयका सुचना अधिकारी नरवदेश्वर चौधरीले जानकारी दिए । जुन कार्यालयले लिएको लक्षको १ सय १५ प्रतिशत रहेको जनाएको छ ।

उनका अनुसार क्षेत्रिय कार्यालयले चैत अन्त्य सम्म ४ अर्व ४१ करोड ४० लाख रुपैया असुली गरेको छ । जुन लक्ष्यको १ सय ९ प्रतिशत लक्ष्य पुरा भएको जनाएको छ । त्यसै गरेर क्षेत्रिय कार्यालयले ९ महिनामा ४१ करोड ६९ लाख रुपैया आम्दानी गरेको जनाएको छ । जुन १सय ४ प्रतिशल लक्ष्य पुरा भएको सुचना अधिकारी चौधरीले जानकारी दिए ।
क्षेत्रिय कार्यालयले कर्जा वृद्धि ११ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैकले कृषि क्षेत्रमा १ अर्व ३० करोड ६७ लाख रुपैया लगानी गरेको जनाएको छ ।

माछा व्यवसायलाइ २ करोड ६९ लाख रुपैया, उद्योग शिर्षकमा ३४ करोड ३० लाख रुपैया, निर्माण सामाग्री शिर्षकमा ७ करोड ५२ लाख रुपैया विद्युत, ग्यास, पानी शिर्षकमा १ करोड ९८ लाख रुपैया, कृषि औजार १ करोड ११ लाख रुपैया लगानी गरीएको छ । त्यसैगरेर यातायात तर्फ ३ करोड ७७ लाख रुपैया, व्यापार तर्फ १ अर्व २७ करोड ८२ लाख रुपैया, होटेल तथा पर्यटन क्षेत्रमा २३ करोड ४५ लाख रुपैया , घरायसी तथा उपभोग्य कर्जा १ अर्व ४ करोड ८१ लाख रुपैया, विविध सेवा अन्र्तगत २९ करोड १५ लाख रुपैया र संहकारी विक्तीय तर्फ ३२ लाख रुपैया लगानी गरेको सुचना अधिकृत चौधरीले बताए ।
क्षेत्रिय कार्यालय मार्फत ८ हजार ९ जना कर्जा लिएका छन् । भने राप्तीका ५ जिल्लामा ३३ हजार ९४ जना निक्षेप कर्ता रहेको बैकले जनाएको छ । कृषि विकास बैकको क्षेत्रिय कार्यालय सहित राप्तीमा १२ वटा शाखाहरु रहेका छन् । रुकुम पश्चिमा १, रोल्पामा १, सल्यानमा १, प्युठानमा २, र दाङमा क्षेत्रिय कार्यालय सहित ७ वटा शाखाहरु रहेका छन् । कृषि विकास वैकमा ऋण लिनेहरु मध्ये धेरैले व्यापार गर्नको लागि माग गर्ने गरेको क्षेत्रिय कार्यालयले जनाएको छ ।

वितीय साक्षरता शिक्षा प्रदान गदै कृषि विकास वैक क्षेत्रिय कार्यालय दाङले नागरीकलाई वितीय साक्षरता कार्यक्रम सुरु गरेको जनाएको छ । क्षेत्रिय कार्यालयले आफना शाखा रहेका राप्तिका ५ वटै जिल्लामा यस प्रकारको कार्यक्रम सञ्चालन सुरु गरेको जनाएको छ । क्षेत्रिय कार्यालयका सुचना अधिकृत चौधरीका अनुसार चालु आर्थिक वर्ष देखि यस प्रकारको कार्यक्रम सुरु गरीएको हो । यस कार्यक्रम अन्र्तगत नागरीकहरुलाई बैकका सेवा, सुविधा, डिपोजीटका वारेमा जानकारी गराइने सुचना अधिकृत चौधरीले जानकारी दिए ।

१५ करोड सहुलितय ऋण लगानी कृषि विकास बैक क्षेत्रिय कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड लगानी गरेको जनाएको छ । कार्यालयले विगत २ वर्ष देखि यस प्रकारको सहुलियत ऋण लगानी गर्न थालिएको जनाएको छ । हाल सम्म ९० जनाले यस प्रकारको ऋण लिएको क्षेत्रिय कार्यालयका कार्यान्वय शाखाका कार्यालय सहायक नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार व्यवसायिक कृषि तथा पशुपक्षी अनुदान कर्जा अन्र्तगत यस प्रकारको ऋण प्रदान गरीने गरेको सुवेदीले बताए । यस प्रकारको ऋण लिनका लागि सरकारी निकायमा दर्ता गरेर व्यवसाय गरी रहेको हुनु पर्ने हुन्छ । यसरी व्यवसाय गरीरहेकाले ५० हजार देखि २५ लाख सम्म ऋण लिएका छन् । यसमा साढे ११ प्रतिशत व्याज तिनु पर्ने हुन्छ । यसरी ऋण लिएकाले साढे ६ प्रतिशत र राज्यले ५ प्रतिशत व्यहोरीदिने गरेको क्षेत्रिय कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*