Home / समाचार / सैघामा घर्तीको श्रद्धाञ्जलीसभा

सैघामा घर्तीको श्रद्धाञ्जलीसभा

दाङ, २१ बैशाख । नेपाली कांग्रेसले साविक सैघा गाविस इकाइ समितिको आयोजनामा साविक नेपाली कांग्रेसका कियाशील सदस्य डम्वरवहादुर घर्तीको १३ दिनको पुण्य तिथीको अवसरमा शुक्रवार श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जलीसभा साविक सैघा गाविसका सभापति ज्ञानवहादुर रायमाझीको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सचिव कमल किशोर घिमिरे र नेपाली काग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सचिब बद्री कुमार खड्काको बिशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले घर्तीले पार्टीमा पु¥याएको योगदानका वारेमा चर्चा गरेका थिए । त्यस अवसरमा नेपाल जनजाती संघ सैघाका अध्यक्ष हिरा बहादुर घर्ती लगाएतकाले भनाइ राखेका थिए । भने कार्यक्रम सञ्चालन क्षेत्रीय सदस्य टंक ज्ञवालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*