Home / Feature Breaking news / रामचन्द्रलाई शशांकको सल्लाह : उत्तेजित नहुनुस्

रामचन्द्रलाई शशांकको सल्लाह : उत्तेजित नहुनुस्

काठमाडौं,१७ बैशाख । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन सल्लाह दिएका छन् ।

महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारे ।

सोमबार विहान पार्टी केन्द्रिय कार्यालय सानेपामा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको पनि खण्डन गरे ।

पार्टी केन्द्रिय कार्य समिति बैठक सर्वसम्मतिले सम्पन्न भएपनि वरिष्ठ नेता पौडेलले तत्सम्बन्धमा आवेगमा आएर प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको आरोप छ ।

उनले शुक्रबार बस्ने पार्टीको केन्द्रिय निर्वाचित सदस्यहरुको बैठकले पदाधिकारी मनोनयन गर्ने दावी पनि गरे ।

शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मवारी आफूको भएको पनि महामन्त्री कोइरालाले बताए ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको पनि बताए ।

उनले बामपन्थीहरु एक भएका बेला पार्टीलाई एकतावद्ध बनाएर लैजानु आफू अग्रसर भएको पनि स्मरण गराए ।

महामन्त्री कोइरालाले शीर्ष नेताहरुबीचको सहमतिमै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*