Home / Feature Breaking news / शैक्षिक वतावरण निर्माणमा ध्यान पु¥याउनु पर्ने पक्षहरु

शैक्षिक वतावरण निर्माणमा ध्यान पु¥याउनु पर्ने पक्षहरु

यादव गिरी
शिक्षा विनाको समाज हामीले परिकल्पना गर्नै सक्दैनौं । शिक्षा जिवनको सवै भन्दा महत्वपूर्ण पक्ष हो भन्ने तथ्य सवैलाई वोध छ । यहि वोधगम्य विषयले तपाई हामी सवैलाई सृजनसील, परिश्रमी तथा अनुसाशित बनाएको छ । आज सम्मको अनुभव, शिक्षक हेराई र विभिन्न विद्यालयहरुको अध्ययनवाट कक्षा व्यवस्थापन र विद्यालयमा प्रधानाअध्यापकवाट निर्वाह गरिने भुमिकाले विद्यालय र त्यस विद्यालयमा शैक्षिक गुणस्तर निर्धारण हुने देखिन्छ ।

कक्षा कोठाको व्यवस्थापन समुहगत शिक्षण र सिकाईकै धेरै योजनाहरु मध्य एउटा महत्वपूर्ण पक्ष हो जसले शैक्षिक वातावरणको निर्माण र शैक्षिक उपलव्धि हासिल गर्नमा महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ । सन १९७०को समयमा कक्षा कोठालाई वस्ने कोठाको रुपमा मात्र लिईने गरिन्थ्यो । त्यति बेला शिक्षकहरुको आत्म–र्निणय नै अन्तिम हुने गर्दथ्यो । शिक्षकहरुको व्यवहार र चरीत्रले त्यतिवेलाको शिक्षणको स्वरुप ग्रहण गर्नुका साथै शैक्षिक वातावरण निर्माण गरेको हुन्थ्यो ।

शिक्षकहरुको कक्षाकोठामा हुने प्रवेशसंगै गरिने निर्णयहरु त्यस कक्षा कोठाको व्यवस्थापनमा निर्देशनात्मक हुने गर्दथ्य, यद्यपी त्यहाँ कुनै वैज्ञानिक आधारहरु हुदैन थिए । यो व्रmम सन १९८० सम्म चलिरहेतापनि केही परिवर्तनका संकेतहरु देखिन थाले । विभिन्न छलफलहरु कक्षाकोठाको व्यवस्थापन र यसको प्रभावकारीताका संवन्धमा हुन थाले । यो व्रmम निरन्तररुपमा हालसम्म जारी भईरहेको छ । यद्यपी यसलाई त्यती ठुलो विषय मानिदैन । वास्तवमा भन्ने हो भने शिक्षण सिकाईको वातावरण निर्माणका धेरै पक्षहरु मध्य यो पनि यउटा पक्ष हो । जसको अभावमा शैक्षिक वातावरण निर्माण गर्नै सकिदैन । हिजोका दिनमा शिक्षकहरुवाट गरिने कक्षाकोठाको व्यवस्थापनले शिक्षकहरुको विश्वासमा शिक्षणका विषयहरु र सिकाइका प्रकृयाहरु अघि बढाइन्थ्यो ।

शिक्षकले कहिलै पनि ठुलो कक्षा मन पराउदैन । तर कक्षा ठुलो भयो भन्दैमा अनावश्यक कम्प्लेन शिक्षकवाट गरिनु शिक्षकको नैतिकता भित्र पर्दैन । एउटा असल शिक्षकले जहिलै पनि समस्या समाधानको खोजी गर्दै समस्यालाई समाधानतर्फ लैजानु पर्दछ । तर समस्यालाई समाधान भन्दा कम्प्लेनमुखी वनाउदै समस्यावाट आफु टाढीने वा पन्छिने व्यक्ति शिक्षक हुनै सक्दैन । हामीले विद्यालयमा सामना गरिरहेको समस्या मध्यको पहिलो समस्या कक्षा कोठामा धेरै विद्यार्थी भए भन्ने हो । सम्भवत अधिकाशं शिक्षकहरुलाई विषयगत उपलव्धिको न्यून नतिजाको कारण सोधेमा आउने जवाफ पनि यहि हो ।

तसर्थ कक्षा कोठाको वातावरण कस्तो रहने भन्ने आधार शिक्षकहरुको व्यवहार र ज्ञानमा निर्भर रहन्थ्यो । वास्तवमा कक्षाकोठा त्यो हो जहाँ शिक्षकको पूर्ण दायित्व रहन्छ विद्यार्थीहरुका लागि विभिन्न तरिकाले सिकाउन, उत्प्रेरणा प्रदान गर्न, विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, विद्यार्थीहरुलाई सृजनात्मक वनाउन र विद्यार्थीहरुमा दायित्वबोध संस्कृतीको विकास गराउन । यि सवै विद्यार्थीका लागि आवश्यक चरित्र हुन् भने यि चरित्रहरु विद्यार्थीहरुमा भर्ने कार्य शिक्षकहरुले गर्ने हो । शिक्षकहरुले यसैको परीधि भित्र रही शिक्षणका विषयवस्तुहरु चयन गर्नु पर्दछ साथै शिक्षण प्रकृया पनि अवलम्वन गरिनु पर्दछ । शिक्षण गरीने विषयहरु र शिक्षणको वातावरण विच तारतम्य नमिल्दा अहीले पनि विभिन्न समस्याहरु झेलीरहेका छौं, हाम्रो उपलव्धि जहिले पनि योजनामै सिमित रहेको छ ।

विद्यालयको प्रधानाध्यापकले सदैव समाधान सहितको कारणको अपेक्षा एउटा शिक्षकवाट गरेको हुन्छ । विडम्वना हामी कहाँ कहिल्यै समाधन सहितको समस्यालाई जाहेर गर्ने प्रवृतिको विकास हुन सकेन । यदि हामीले ठुलो कक्षा कोठाको वारेमा छलफल गरिरहेका छौं भने एउटा कक्षा ठुलो छ, शिक्षकको विषयगत नतिजा त्यहि कारणले विग्रेको छ भने, प्रत्ययक वर्ष कमजोर नतिजा दोहो¥याई रहनु भन्दा उक्त कक्षालाई समान्य कक्षामा रुपान्तरण गरी नतिजा वलियो वनाउन एउटा शिक्षक किन नलाग्ने ? भन्ने अहम सवाल हो । असम्भव केही पनि हुदैन । सवैलाई सम्भव वनाउन सक्नु पर्दछ । शिक्षक त्यस्तो व्यक्ति हो जसले समाजवाट समाजलाई शिक्षित वनाउने अभिभारा पाएको छ । तर अपवाद शिक्षक वाहेक अधिकाशं शिक्षकहरु आफुले पाएको अभिभारावाट पन्छिन खोजेको अनुभुती भईरहेको छ । शिक्षकले पहिलो गर्नुपने कार्य भनेको आफुले आफुलाई मोटिभेट गर्ने हो कि म शिक्षण पेशामा लागेको छु भनेर । दोस्रो भनेको यस पेशाप्रतिको समपर्ण । यि दुई पक्ष कुनै शिक्षकमा देखिन्छ भने उक्त शिक्षकले समस्या कहिल्यै देखेको हुदैन ।

सदैव समाधान देखेको हुन्छ । उसका हरेक शैक्षिक समाग्रिहरुमा समस्या समाधानको अनुभुति गर्न सकिन्छ । समस्या लाई समाधानमुखी वनाउन शिक्षकको समपर्ण आवश्यक रहन्छ । शिक्षकमा रहने समर्पणले समस्यालाई सामान्य वनाउने प्रतिवद्धता गर्नमा उत्प्रेरीत गर्दछ । शिक्षकमा रहेको उत्प्रेरणाले शिक्षक विद्यार्थी केन्द्रित विद्यार्थी मैत्री शिक्षण सिकाई कलाको प्रयोग गर्न थाल्दछ । सवै भन्दा ठुलो समाधान यहि हो । जव शिक्षक विद्यार्थी केन्द्रित शिक्षण कलाको प्रयोग गर्दछ, त्यति वेला समस्या एउटा शिक्षकको मात्र हुदैन, समस्या आम विद्यार्थीको पनि हुन जान्छ । समस्या जव विद्यार्थीले आफ्नै भएको अनुभुति गर्न थाल्छन, समस्याको कारक हामी रहेछौं भन्ने विद्यार्थीले बुझ्न थाल्छन, तव विद्यार्थी स्वयम समस्या समाधानको मियो वनेर प्रस्तुत हुन्छन । समस्या समाधानको लागि आफै आचार संहिताको निमार्ण गर्छन । आफुले वनाएको आचार संहिताको पालना आफै गर्छन । भयनत मजा । तसर्थ हामीले भन्ने गरेको विषय के हो भने पूर्णकालीन समस्याको समाधान भनेकै समस्याको कारकलाई बाहिर ल्याउनु र सम्वन्धित पक्षलाइ वुझाउन सक्नु हो ।

शिक्षक, शिक्षण र कक्षाकोठाको वातावरण नमिल्दा प्रायजसो हामीले समस्या व्यहोरीरहनु परेको हुन्छ । तसर्थ अव यसैको निरन्तरता दिईरहनु भन्दा पनि यसलाई फरक ढङ्गले सोच्नै पर्दछ । हाल सम्मको कक्षा व्यवस्थापनमा निर्णयहरु लिईदा शिक्षकहरुको मनोभावलाई वुझेर गरिन्थ्यो, अव यस वाट देखिएका कमजोरीहरुलाई आत्मसाथ गर्दै विद्यार्थीहरुको पक्षवाट हेरेर कक्षाकोठाको व्यवस्थापन गरिनु पर्दछ । अर्थात विद्यार्थीहरुको पक्षवाट हेर्दा अवको कक्षाकोठाको वातावरण त्यस्तो हुनु पर्दछ, जहा विषयवस्तुको ज्ञान संगै त्यस विषय वस्तुसंग सम्वन्धित व्यवहारीक कार्यहरु गर्ने वातावरण मिलाईनुका साथै विद्यार्थीहरुलाई सामाजिक सरोकारका विषयहरुमा अन्र्तकृयाको वातावरणको निर्माण गरेको हुनुपर्दछ । यस्तो वातावरणमा विद्यार्थीहरुले व्रmमश सिक्दै र सिकेको कुरालाई उपयुक्त र प्रभावकारी तवरले आफ्नो सिपको प्रयोग गर्दै जान्छन । यस कार्यमा शिक्षकको भुमिका खाली सहजकर्ताको मात्र रहेको हुन्छ । यस वातावरणवाट विद्यार्थीले आफुले चाहेको कुरा सिक्न सक्दछन । आफ्नो सिकाईकै व्रmममा आफुलाई व्यवस्थापन पनि गर्दै गईरहेको हुन्छन । यसले दुईवटा फाईदा दिन्छ ।

पहिलो विद्यार्थीहरुलाई विषवस्तुको वोध राम्रो संग गराउदछ भने दोस्रो आफुले हासील गरेको ज्ञानलाई व्यवहारमा उतार्दै समाजको वास्तविक संरचनाको अध्ययन र विश्लेशण गर्दै त्यस समाजको आवश्यक्ता अनुसारको योजना तर्जुमा गर्ने सिपको विकास हुन्छ । तर एउटा कुरा के हो भने, यति गर्दैमा सवै समस्याको समाधान भने हुदैन । सवै प्रभावकारी हुदैन, प्रभावकारी त्यति वेला हुन्छ, जति वेला शिक्षाको भुमिका सक्रिय सहजकर्ताकोरुपमा रहन्छ । शिक्षकहरु कक्षाकोठा व्यवस्थापनकै सवालमा विद्यार्थीहरुको व्यवहार परिवर्तन गर्नेखालका गतीविधिहरुमा सक्रिय आवश्यक रहेको छ । त्यससगैं शिक्षकहरु कृयाकलाप सिकाई वातावरण तयार पार्न, अवलम्वन गर्नमा प्रभावकारी रहन आवश्यक रहन्छ । माथि नै उल्लेख गरिसकेको तथ्य के हो भने शिक्षक आफुलाई संपूर्ण निर्देशनात्मक भन्दा पनि सहजकर्ताकोरुपमा वनाउन आवश्यक रहेको छ । वास्तवमा शिक्षक सवै हो, शिक्षकले सवै गर्नुपर्दछ । सहजकर्ताको रुपमा कक्षाकोठाको सजावट, कक्षा कोठामा प्रयोग गरिने डेस्क वेन्चको स्थान छनौट, विद्यार्थीहरुसंग वोल्ने भाषा र शैलीको छनौट र प्रयोग, दैनिकीको व्यवस्था, नियमहरुको निर्माण र कार्यान्वयन यि सवै कक्षाकोठा व्यवस्थापन अन्र्तगत पर्दछन । यि कुराहरुको उचित तथा प्रभावकारी व्यवस्थापन शिक्षकहरु सहजकर्ताभएर गर्न सक्नुपर्दछ ।

अर्को महत्पुर्ण पक्ष भनेको सिकाईको वातावरण तयार पार्नु हो । यो दैनिकी पनि हुन सक्छ भने वाषर््िाकरुपमा पनि तयार पार्न सकिन्छ । तर विद्यालयकोहकमा वार्षिकरुपमा तयार पारिनु पर्दछ । यो तयार पार्दा भौतिक र मानसिक दुवै खालको स्थानलार्ई समेटेर तयार पार्नु पर्दछ । भौतिक अन्र्तगत शिक्षकहरुवाट विद्यार्थीहरुका लागि गरिने तयारीलाई वुझाउदछ । कक्षाको वातावरण सिकाई अनकुलको तयार पार्नु, शिक्षकको सिकाईको विषयवस्तु र कक्षाकोठाको व्यवस्थापन मिलाउनु, विद्यार्थीहरुसंग प्रर्याप्त आवश्यक सिकाई सन्दर्भ सामाग्रीहरुको व्यवस्थापन गर्नु र गर्न लगाउन लगायत अन्य विषयहरु भौतिक अन्र्तगत पर्दछन । यि सवैको व्यवस्थापनको जिम्मेवारी विद्यालय प्राचार्यको हुन्छ नै । कुनै पनि हालतमा यस कार्यवाट प्रधानाध्यापक पन्छिन मिल्दैन ।

वैकल्पिक स्रोतको खोजी गदै विद्यालयलाई भौतिक रुपमा सम्पन्न पादै लैजाने दायित्व प्राचार्यको हुन्छ । अर्को पक्ष भनेको प्रधानाध्यापकको कार्यसन्तुलन पनि हो । विद्यालयमा प्रधानाध्यापकवाट गरिने कार्य सन्तुलनले विद्यालयमा कार्यरत शिक्षक–शिक्षका तथा कर्मचारीहरु सन्तुष्ट हुने हुन । सन्तुष्टिनै कार्य सिद्धीको अचुक औषधि हो । यस पक्षमा प्रधानाध्यापक संवेदनशील हुन आवश्यक छ ।
गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*