Home / Feature Breaking news / वडा र गाउँ जोड्न १२ झोलुङगे पुल बन्दै

वडा र गाउँ जोड्न १२ झोलुङगे पुल बन्दै

लिलाधर ओली

दाङ,१४ बैशाख । स्थानीयको जीवनमा सहज ल्याउन र गाउँ र वडालाई एक आपसमा जोडन जिल्लाका चार स्थानीय तहमा १२ वटा झोलुङगे पुलहरु बन्दैछन् । अव बन्ने पुलले गाउँसँगै दुइ वटा वडालाई जोडने छन भने यातायातलाई सहज बनाउने छन । सरकारको आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति अन्तर्गत प्राविधिक कार्यालयको दुई करोड ५० लाखको लागतमा दश वटा नयाँ र दुई वटा क्रमागत योजनाअन्तर्गत पुलहरु निर्माण हुन लागेका हुन ।

पुल निर्माणसँगै वर्षायाममा स्थानीयकलाई यातायातमा सहज हुने छ भने एक गाउँदेखि अर्को गाउँलाई पुलले जोडने भएको छ । जिल्ला प्राविधि कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारीका अनुसार घोराही उपमहानगरपालिकामा दुई, तुलसीपुर उपमहानगरपालिकामा ७, राप्ती गाउपालिकामा ३ र बबई गाउपालिकामा १ वटा छन् । ‘जनताहरुलाई सहज रुपमा यातायाता सेवा पु¥याउने उद्देश्य अनुरुप जिल्लामा पुलनिर्माण हुन थालेका हुन’कार्यालय प्रमुख भण्डारीले भने । निर्माण हुन थालेका पुलहरु मध्ये घोराही उपमहानगरपालिका वडा नं. ९ बाँसकोटेघाट ७५ मिटर, बबई गाउपालिकामा ओदालेघाट झोलुङगे पुल १ सय २० मिटर लम्वाईको पुल निर्माणको काम भैईरहेको जिल्ला प्राविधिक कार्यालय दाङका सुचना अधिकारी बाशुदेव भण्डारीले वताए ।

उनका अनुसार तुलसीपुर–९मा गहतेखोला झोलुङगे पुल २८मिटर लम्वाई , तुलसीपुर–११ क्वाङखोला झोलुङगे पुल २८ मिटर, तुलसीपुर–४ डाङडुङे घाट झोलुङगे पुल ५४मिटर , तुलसीपुर– वडा नं. ३ र सल्यानको कपुरको– ४लाई जोड्ने गरि बाख्रेघाट झोगुङगे पुल ३२ मिटरका छन् । त्यसैगरेर तुलसीपुर–५ र ९लाई जोड्ने गरि पशुपति नगरघाट झोलुङगे पुल ३२ मिटर, राप्ती गाउपालिका वडा नं. ९ र बंगलाचुली गाउपालिका ७ लाई जोड्ने गरि घोसखोला झोलुङगे पुल ८६ मिटर, राप्ती गाउपालिका ५ जलुके झोलुङगे पुल ३२ मिटर , राप्ती गाउपालिकाकै वडा नं. १ र २ लाई जोड्ने गरि कटेशघाट झोलुङगे पुल २४ मिटर , घोराही उपमहानगरपालिका–१९ मा झाक्रीखोला झोलुङगे पुल २४ मिटर, घोराही उपमहानगरपालिका वडा १३ र १९ लाई जोड्ने गरि सेवारखोला झोलुङगे पुल ३२ मिटर लम्वाई रहेको सूचनाअधिकारी भण्डारीले बताए । कुनै पुलले एक वडाका गाउँलाई जोडछन भने कुनै पुलले दुइ वडा नै जोडने अवस्थाका छन’ सुचना अधिकारी भण्डारीले भने ।

उनका अनुसार पुलको लागत २० लाखदेखि ९० लाख रुपैयासम्मका छन् । आर्थिक बर्षभित्र निर्माण हुने सम्पुर्ण पुलहरुको करिव ७० प्रति काम सम्पन्न भइैसकेको कार्यालयले जनाएको छ । ‘झोलुङगे पुलहरुको प्रारम्भीक सम्पुर्ण काम पुरा भैसकेको छ,अव अन्तीम भागको काम गर्न मात्र बाँकी रहेको छ’,सूचना अधिकारी भण्डारीले भने,‘ एक महिना मै पुलहरुको काम पुरा हुन्छ । झोलुङगे पुल निर्माणकालागि सामाग्रीहरु बुटवलवाट ल्याउनुपर्ने र सामनहरु ऋाउन केही ढिलाई भएका कारण पुल निर्माण केही ढिलाई भएको उनले बताए । पुल निर्माणको अनुगमणको काम जिल्ला प्राविधिक कार्यालयले गर्दै आएको छ ।

जिल्लामा ५३ झोलुङे पुल

दाङ जिल्लाका दश वटा स्थानी तहमा हालसम्म ५३ वटा झोलुङगे पुलहरु निर्माण भएका छन । विगत केही बर्षयता दाङ तथा देउखुरी उपत्यकाका विभिन्न नदि तथा खोलाहरुमा गरि ५३ वटा झोलुङगे पुलहरु निर्माण भएका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५३ वटा पुलहरको संरक्षण तथा संम्वद्धका लागि सरकारले ५३ जना हेरालुहरुको जिल्लामा व्यवस्था गरेको सूचना अधिकारी भण्डारीले बताए । हेरालुहरुलाई बार्षिक ६ हजारका दरले रकम उपलव्ध गराउने काम भएको कार्यालयले जनाएको छ ।

४ पक्की पुल

यस्तै जिल्ला प्राविधि कार्यालय अन्तर्गत चार पक्की पुलहरु निर्माण भैरहेका छन । गतबर्षका क्रममागत योजना अनुसार दाङ तथा देउखुरी उपत्यकाका चार स्थानमा पक्की पुलहरुको निर्माण कार्य भईरहेको कार्यालयले जनाएको छ । जसअन्तर्गत गढवा गाउपालिकाको सिक्रहवामा ५० मिटर लम्वाई रहेको पक्की पुल निर्माण भईरहेको भण्डारी बताए । त्यसैगरेर गढवा गाउपालिकाकै भालुद्रन्दे,घोराही उपमहानगरपालिकाको बबई नदि र दंगीशरण गाउपालिकाको चिराघाटमा पक्कीपुल निर्माण भईरहेको कार्यालयले जनाएको छ ।

सुनसान कार्यालय

विकास निर्माणका कामहरु स्थानीय तहमा गएसँगै प्राविधिक कार्यालय पनि सुनासन भएको छ । गतबर्षसम्म पक्कीपुल, झोलुङगे पुल, सडक, भवन निर्माण,सिचाईलगायतका क्षेत्र काम गर्दै आएको कार्यालयले यसबर्ष गतबर्षका क्रमागत योजना अन्तर्गतका चार पक्की पुल र दश वटा नयाँ झोलुङगे पुलहरु मात्र कार्यक्रममा रहेको कार्यालयले जनाएको छ । ‘जिल्लावाट सञ्चालित विकास निर्माणका योजनाहरु स्थानीय तहमा गएसँगै कार्यालय सुनसान भएको छ’,सूचना अधिकारी भण्डारीले भने,‘पुल निर्माणको काम सकिएपछि हामी पनि कहाँ जानुपर्ने थाहा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*