Home / Feature Breaking news / शुल्क रोक्न माग गर्दै विद्यार्थीको धर्ना

शुल्क रोक्न माग गर्दै विद्यार्थीको धर्ना

दाङ,१४ बैशाख । संयुक्त विद्यार्थी संगठनद्धारा सामुदायिक विद्यालयमा निशुल्क शिक्षा र निजी विद्यालयहरुले बढाएको शैक्षिक शुल्क खारेजीको माग गर्दै स्थानीय तहमा एक घण्टा धर्ना दिएका छन ।
विद्यार्थी संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत दाङमा क्रियाशिल नेपाल विद्यार्थी संघ,अनेरास्वीयू र अखिल क्रान्तिकारीले सयुक्त रुपमा शुक्रवार घोराही उपमहानगरपालिका,तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा १२ बजेदेखि १ बजेसम्म धर्ना दिएका हुन ।
धर्नापछि भएको कार्यक्रमलाई सम्वोधन गर्ने बक्ताहरुले सामाुदियक विद्यालयमा आधारभुत शिक्षा निशुल्क हुनुपर्ने,सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका२०७२ को मापदण्ड विपरित गरिएको शुल्क बृद्धि तत्काल खारेजी गर्नुपर्ने माग गरेका थिए । विद्यार्थी संगठनको मागलाई स्थानीय तथा विद्यालयहयरुले बेवास्थ ागर्ने काम गरे विद्यार्थी संगठनहरुले कडा प्रतिकारमा उत्रने बताएका थिए । गरेका छन ।
गर्न आग्रह गर्दै नगर्नेलाई कडा कारवार्हीे गर्ने चेतावनी समेत दिएका छन । त्यसका सयुक्त विद्यार्थी संगठनले जिल्लाका दश वटै स्थानीय तहको अनुगमण गर्ने जनाएको छ । बैठकले विद्यालय तहको शिक्षा अनिवार्य रुपमा निशुल्क हुनुपर्ने माग गर्दै कुनै पनि बाहनामा विद्यार्थी शुल्क नउठान समेत विद्यालयहरुलाई आग्रह गरेको छ ।
उक्त विरोधसभालाई नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, अनेरास्वीयू दाङका अध्यक्ष बिरबल खड्काले शिक्षाको क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन र विद्यार्थीहरुलाई सर्टिफिकेटका आधारमा शैक्षिक कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला संयोजक जंग रोकाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*