Home / Feature Breaking news / सयुक्त विद्यार्थी संगठनद्धारा शुल्क वृद्धि खारेजीको माग

सयुक्त विद्यार्थी संगठनद्धारा शुल्क वृद्धि खारेजीको माग

दाङ,१३ बैशाख । सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका२०७२को मापदण्ड विपरित गरिएको शुल्क बृद्धि तत्काल खारेजी गर्नुपर्ने सयुक्त विद्यार्थी संगठनले माग गरेका छन ।
नेपाल विद्यार्थी संघ,अनेरास्वीयू र अखिल क्रान्तिकारीको विहिवार घोराहीमा बसेको सयुक्त बैठकले निजी विद्यालयले गरेको शुल्क बृद्धि फिर्ता गर्न आग्रह गर्दै नगर्नेलाई कडा कारवार्हीे गर्ने चेतावनी समेत दिएका छन । त्यसका सयुक्त विद्यार्थी संगठनले जिल्लाका दश वटै स्थानीय तहको अनुगमण गर्ने जनाएका छन ।

नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, अखिल क्रान्तिकारीका जिल्ला संयोजक जंग रोका र अनेरास्वीयूका जिल्ला सदस्य रविन केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षाको क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन समेत माग गरेका छन । सर्टिफिकेटका आधारमा शैक्षिक कर्जाको व्यवस्था गर्न समेत स्थानीय सरकारसँग सयुक्त विद्यार्थी गठबन्धनले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*