Home / Feature Breaking news / सडक विस्तारको कामले लज्जाबोध भएको छ प्रमुख शर्मा

सडक विस्तारको कामले लज्जाबोध भएको छ प्रमुख शर्मा

घोराही—तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही र तुलसीपुर क्षेत्रमा निर्माणाधिन फोर लेनको सडक विस्तारको काम अस्तव्यस्त । त्यसैगरेर कटुवा र पत्रे खोलाका पुलको अवस्थापनि त्यस्तै छ । लामो समय भैसक्यो कामको लागि ठेक्का लगाएको तर काम पुरा भएको छैन । काम पुरा नहुदा नागरिक धुलो र हिलोको सास्ती भोग्दै आएका छन् । सडक डिभजन कार्यालयमा नागरिकको गुनासोको चाङनै छ । तर कार्यालयपनि पनि नाजाफ नै छ ।आर्थिक वर्ष ७०÷०७१ मा ठेक्का दिएको काम भने ६० प्रतिशत नै छ । अझै ४० प्रतिशत काम बाँकि नै छ । राम्रोसँग ठेक्कदारले काम गरेको भए अहिले नागरिकले यो सास्ती भोग्नु पर्ने थिएन तर ठेक्कदारले काम नगर्दा यो सवै समस्या आएको मध्यपश्चि सडक डिभजन कार्यालय दाङका प्रमुख बद्रिप्रसाद शर्माले वताए । ठेकदारले जिम्मेवारी बोध गर्न नसक्दा समस्या भएको र राम्रोसँग काम गरेको खण्डमा यो आर्थिक वर्षभित्र सडक पिच सकिन्छ । तर अझै त्यो आधार तय भएको छैन । त्यसकारण यो अवस्थामा कहिले काम सकिन्छ भन्ने अवस्था छैन ? यही विषयमा डिभिजन प्रमुख शर्मासँग पत्रकार इन्द्र डिसीले गरेको कुराकानीको सार सक्षेप ।

प्रश्नः घोराही क्षेत्र र तुलसीपुर क्षेत्रका फोर लेन सडकले नागरिकलाई धेरै सास्ती दिए, यो सास्तीवाट नागरिकले कहीले मुक्ती पाउँछन?
उत्तरः नागरिकको गुनासो धेरै आएको छ । यो स्वभाविक पनि छ । लामो समय भैसक्यो कामको लागि ठेक्का लगाएको तर अझै सम्मपनि काम पुरा भएको छैन । काम पुरा नहुदा नागरिक अन्य क्षेत्रवाट धेरै गुनासो आएको छ । हामी पनि नाजाफ नै भएका छौ । आर्थिक वर्ष ७०÷०७१ मा ठेक्का दिएका हौ तर काम पुरा भएको छैन । राम्रोसँग ठेक्कदारले काम गरेको भए अहिले नागरिकले यो सास्ती भोग्नु पर्ने थिएन तर ठेक्कदारले काम नगर्दा यो सवै समस्या आएको हो । अझैपनि काम अहिले सकिन्छ भन्ने आधार बनिसकेको छैन । हामीले मात्र चाहेर पनि हुदो रहेन छ । हामीले चाहेर मात्र हुने भएको भए विगतमा नै यहाँको सडक विस्तार र पुलको काम भै सक्ने थियो । मुख्य त ठेकदारले नै चाहनु पर्ने रहेछ । ठेक्कदारलाई राम्रोसँग काम गरेको खण्डमा यो आर्थिक वर्षभित्र काम सकिन्छ । तर अझै त्यो बलियो आधार तय भएको छैन । त्यसकारण यो अवस्थामा भन्दा अहिले नै काम सकिन्छ भन्ने अवस्था छैन?।

 

प्रश्नः तपाइको कुरा सुन्दा त यो वर्षापनि यस्तै अवस्थामा जाने देखियो हैन?
उत्तरः अवस्था त्यस्तै छ । तर ठेकदारले काम गरेमा भने वर्षा अघि नै काम सक्ने अवस्था छ । तर काम भने सुस्त छ । यहि तालमा काम भयो भने एकिन भने अवस्था छैन ।
प्रश्नः सडक विस्तार र पुल निर्माणमा देखिएको खास समस्या के हो ? जुन समस्याले गर्दा अझैसम्म काम हुन सकेको छैन?
उत्तरः मुख्य समस्या भनेको नै ठेकदारको नै । ठेकदारले काम नगर्दा नै यो अवस्था आएको हो । हामीले पटक पटक स्पष्टीकरण सोध्ने देखि सवै काम गयौ तर पनि रिजल्ट आउन सकेको छैन ।अव कालो सुचिमा राख्नेमात्र बाँकि छ । त्यो भनेको अन्तिम विकल्प हो । भोलीका दिनमा त्यो नआउल्ला भन्न सकिन । ठेक्का भैसकेपछि काम शुरु हुन्छ । तर यहाँ अपेक्षाकृत रुपमा काम हुन सकेन र भएको पनि छैन । केही सयम खानेपानीका पाइप र विद्युतका पोल हटाउन समय लाग्यो तर त्यो नै समस्या होइन । समस्या भनेको नै ठेकदारले काम नगरेको नै हो । पत्र काट्नेदेखि स्पष्टिकरण सोध्ने कति काम भए त्यसको पनि अर्थ भएन । पत्र काट्यो काम गर्छु भन्छ , अलि अलि गरेको जस्तो गर्छ र तर अपेक्षाकृत रुपमा काम गरेको छैन ।
प्रश्नः ठेकदारको नै मुख्य समस्या हो भने ठेक्का तोडन मिल्दैन?
उत्तरः समस्या भनेकै ठेकदारले काम नगर्दा उत्पन्न भएको हो । अव तपाइले भने जस्तै ठेक्का तोडने विषय । ठेक्का तोडन मिल्छ तर यहाँ विगतमा यो सडक र पुलको लागि जुन शिर्षकमा बजेट आउने गरेको थियो, त्यो अहिले छैन । ठेक्का तोडेर नयाँ पाटीसँग काम गर्दा कुन शिर्षको बजेट हालेर काम गर्ने त्यो नै मुख्य समस्या हो । त्यसकारण अहिले गारो अवस्था देखा परेको छ । एकातिर काम भएको छैन , नागरिकले सास्ती भोगेका छन् । चारतैर्फवाट गुनासो मात्र छ । ४ वर्षसम्मपनि काम पुरा भएको छैन । त्यसकारण अन्यौल जस्तै भएको छ । काम गरेको पैशा समेत दिन सकेका छैनौ । यो अवस्थामा नयाँ प्रक्रियामा जादा सयम पनि लाग्ने र बजेट पनि नभएको अवस्थाले हामी नै अन्यौलमा छौ । सकभर हाम्रो प्रयास यो कार्यलाई हालकै ठेकदारवाट पुरा गर्ने नै हो । त्यो दिशामा नै छौ । यदि त्यसो हुन सकेन भने विभागसँग समन्वय गरेर अघि बढछौ । त्यो भन्दा अरुविकल्प हामीसँगपनि छैन ।
प्रश्नः तुलसीपुर र घोराही क्षेत्रमा विस्तार हुन लागेको फोर लेड सडकको विस्तारको काम कति प्रशित भएको छ?
उत्तरः तुलसीपुर र घोराही क्षेत्रमा विस्तार हुन लागेको सडकको चौडाई ३० मिटर हो । निर्माणधिन सडको लवाई २ हजार १ सय मिटर छ । सडकको विचभागदेखि दायाँ र बायाँ १५÷ १५ मिटरको छ । अहिले सम्मको अवस्था केही ठाउँमा ठिकै काम भएको छ । विशेष गरेर टाफिकचोकदेखि, कटुवा खोलामा काम भएको छ । सिटी प्लाजादेखि ट्राफिकचोकसम्मको काम सवैभन्दा सुस्त छ । सिटी प्लाजादेखि तसलीपुरचोकसम्म पनि काम भएको छ । तुलसीपुरको अवस्थापनि त्यस्तै छ । समग्रमा प्रतिशतको आधारमा भन्दा ६० प्रतिशत काम भएको छ । अझैपनि४० प्रतिशत काम बाँकि नै छ ।
प्रश्नः विस्तारित सडकको विचमा ‘मेडियन’ राख्ने कुरा थियो तर त्यो के भएको छ?
उत्तरः हो तपाइले भनेको ठिक हो । त्यो काम भएको छ । विचमा यो नराखौ भन्ने कुरा पनि उठेको थियो । यो मात्र राख्न मात्र दुइ महिना लाग्छ । एकातिर काम भएको छैन , अर्कोतिर राख्दा अझ समय लाग्ने अवस्था हुदा नराख्ने कि भन्ने कुरा उठेका थिए तर सवै क्षेत्रवाट यो राख्नु पर्छ भन्ने कुरा आएपछि त्यो राख्ने काम भएको छ । केही ठाउँमा बनेका छन् केही ठाउँमा बन्दै समेत छन् ।
प्रश्नः यो त सडक विस्तारमा भएको कामको प्रगति भयो , अव कटुवा खोला र पत्रे खोलामा निर्माणधिन पुलको अवस्था के छ?
उत्तरः कटुवा खोला र पत्रे खोलाको पुल निर्माणको कामको अवस्थापनि त्यस्तै छ । कटुवाखोलामा पुलको काम केही भएपनि पत्रे खोलाको पुलको कामको प्रगति अझै कमजोर छ । कटुवा खोलापुलमा ५० प्रतिशत काम भएको छ भने पत्रे खोलामा पुलको काम ३० प्रतिशत छ । कामको लागि भनेर ठेकदारलाई धेरै पटक सुचना जारी गर्ने काम भएको छ । पटक पटक ठेकदारले पनि लिखित प्रतिवद्धता गरेको छ । फागुनसम्म काम सक्ने लिखित प्रतिवद्धता ठेकदारले गरेको थियो ।अन्तिम पटक वैशाख १० गतेदेखि काम गर्छु भनेको थियो । ठेकदारले काम थाल्यो भन्यो वर्षा अघि नै पुलको माथिवाट गाडी गुडन सक्ने अवस्था मैले देखेको छु तर ढुक्क हुने अवस्था अझै भैसकेको छैन ।
प्रश्नः विकास निर्माणमा विलो टेण्डरको पनि सहस्या हो  ?
उत्तरः तपाईले भने झै निर्माणका काममा लो टेण्डरको पनि समस्या छ । त्यो सत्य हो । विलो टेण्डरले एकातिर भनेको समयमा काम पुरा गर्न समस्या छ भने अर्कोतिर गुणस्तरमा समेत प्रश्न उठने गरेको छ । तर राज्यकै निती र नियम त्यस्तै छ । सवैभन्दा विलो मुल्य जुन ठेकदारले कोर्ड गर्छ त्यहीले ठेक्का पाउने अवस्था छ । त्यसकारण यसले समस्या श्रृजना चाहि गरेकै छ ।

 
प्रश्नः घोराही तुलसीपुर सडक खण्डको मोतीपुरमा बाढिले भत्काएको कल्भर्ट कहिले बन्छ?
उत्तरः गत वर्षको साउन २८ गते बाढिले कल्भर्ट भत्काएको हो । त्यो काम पनि भएको छैन । हामीले त्यहाँ काम गर्नको लागि पटक पटक विभागमा पत्रचार गयौ तर पैशा आउन सकेको छैन । पैशाको अभावमा हामीले काम गर्न सकेका छैनौ । फेरि वर्षा शुरु हुने समय आउन लागि सक्यो तर काम भने भएको छैन । त्यो मात्र होइन दैविप्रकोपवाट समेत माग गरेका छौ तर आएको छैन । पैशाको अभावले त्यो काम नभएको अवस्था हो । पैशा आएको अवस्थामा हामी तत्तकाल काम गर्न सक्छौ ।
प्रश्नः विकास निर्माणका काममा धेरै समस्या छन अव सुधारको लागि के गर्न आवश्यक छ?
उत्तरः विकास निर्माणका काममा केही निती गत समस्या छन । ति समस्यालाई संसोधन गर्न आवश्यक छ । ऐन नियममा सुधार गर्न आवश्यक छ । ठेकदारको क्षमता हेरेर ठेक्का दिनु पर्छ तर यहाँ त्यसो भएको छैन । विलो टेण्डरमा पनि सुधार गर्न आवश्यक छ । अर्कोतिर मुख्य काम भनेको नै जुन ठेकदारले ठेक्का लिन्छ त्यसले जिम्मेवारी बोध गर्न आवश्यक छ । तर यहाँ त्यो पनि समस्या भएको छ । यो पनि सुधार गरेर जान आवश्यक छ ।
प्रश्नः अव नयाँ संरचनामा सडक डिभजनको क्षेत्र कस्तो हुन्छ?
उत्तरः अझैसम्म एकिन भएको अवस्था छैन । तर सम्भवत अव नयाँ संरचनामा सडक डिभजनले राष्ट्रिय राजमार्ग अन्तर्गत महेन्द्र राजमार्ग र राप्ती राजमार्गमा काम गर्ने छ ।
प्रश्नः अन्त्यमा केही भन्नु छ?
उत्तरः धन्यवाद यहाँलाई विचार राख्ने अवसर दिएकोमा । सडक विस्तार र पुल निर्माणको काम अझै अपुरो, अधुरो छ । यहाँको कामले यो क्षेत्रका सवै निराशा भएका छन् । यो कार्यलाई कसरी पुरा गर्न सकिन्छ । त्यो क्षेत्रमा सवै मिलेर काम गरौ । मुख्य सडक विस्तार र पुल निर्माणमा भैराखेको कामले सवैलाई लज्जाबोध गराएको छ । अव यसलाई पुरा गर्ने दिशामा सवै लाग्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*